NE/Prabhupada 0664 - शून्यवादी दर्शन अर्को भ्रम हो । शून्य हुन सक्दैन: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0664 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Pages - Yoga System]]
[[Category:Nepali Pages - Yoga System]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0663 - कृष्णसँगको सम्बन्ध पुनर्स्थापित गर्ने । यो योग अभ्यास हो|0663|NE/Prabhupada 0665 - कृष्णको लोक, गोलोक वृन्दावन स्व-प्रकाशित हुन्छ|0665}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|lPUD8eYZ2CE|शून्यवादी दर्शन अर्को भ्रम हो । शून्य हुन सक्दैन<br />- Prabhupāda 0664}}
{{youtube_right|4zTmvTLSb_8|शून्यवादी दर्शन अर्को भ्रम हो । शून्य हुन सक्दैन<br />- Prabhupāda 0664}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/690216BG-LA_Clip7.MP3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690216BG-LA_Clip7.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:09, 29 January 2021



Lecture on BG 6.13-15 -- Los Angeles, February 16, 1969


तमाल कृष्ण: भगवद....... "भौतिक अस्तित्वको अस्तित्व मतलब यो होइन कि शुन्यको अस्तित्वमा प्रवेश गर्नु होइन, जुन केवल कथामात्र हो |"

प्रभुपाद: हो | भौतिक अस्तित्वको समाप्तिको मतलब शुन्य होइन | किनकि म शुन्य होइन | म आत्मा हुँ | यदि म शुन्य थिएँ, मेरो शरीरको कसरी विकास भयो ? म शुन्य होइन | म बिउ हुँ | जस्तै तपाईले जमिनमा बिउ रोप्नुहुन्छ, यो ठुलो वृक्ष वा रुखमा हुर्कन्छ | त्यसैगरी बिउ आमाको गर्भमा पिताद्वारा दिइन्छ र यो रुख जसरी हुर्कन्छ | र शरीर त्यहाँ छ | शुन्यता कहाँ छ ? अहं बीज​-प्रदः पिता (भ गी १४|४) | चौधौं अध्यायमा तपाईले देख्नुहुनेछ, कि मूल रुपमा बिउ कृष्णद्वारा दिइएको हो भौतिक प्रकृतिको गर्भमा, र यति धेरै जीवहरु आउँदैछन् | तपाईले यसको विरुद्ध तर्क गर्न सक्नुहुन्न, किनकि वास्तवमा उत्पादनको प्रक्रिया हाम्रो व्यवहारिक जीवनको जस्तै हो | हामीले देख्छौं कि पिताले आमाको गर्भमा बिउ दिनुहुन्छ, र आमा, मेरो मतलब बच्चाको शरीर हुर्काउन पोषण दिनुहुन्छ | त्यसैले शुन्यताको कुनै प्रश्न छैन | यदि बिउ शुन्य हुने थिय, कसरी यो राम्रो शरीरको विकास भयो ? त्यसैले निर्वाण भनेको कुनै भौतिक स्वीकार नगर्नु | यसलाई शुन्य बनाउने प्रयास नगर्नुहोस् | त्यो अर्को नचाहिने कुरा हो | शुन्य, तपाई शुन्य हुनुहुन्न | शुन्य भनेको यो भौतिक शरीरलाई शुन्य बनाउने | यो पिडाले भरिपूर्ण बद्ध शरीर | केवल आफ्नो अध्यात्मिक शरीर विकास गर्ने प्रयास गर्नुहोस् | त्यो सम्भव छ | यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम (भ गी १५|६) | यी कुराहरु त्यहाँ छन् | त्यसैले हामी बुझ्नको लागि धेरै बुद्धिमान हुनुपर्छ, जीवनको समस्या के हो, हामीले यो अमुल्य मानव जीवन कसरी उपयोग गर्ने | दुर्भाग्यवश यो शिक्षा सम्पूर्ण संसारभरि व्यवहारिक रुपमा शुन्य छ | सायद यो मात्र एक संस्था हो, जसले जीवनको वास्तविक समस्या प्रस्तुत गरेको छ, र जीवनको वास्तविक मूल्य | यस कृष्ण भावनामृत अभियान | अघि बढ |

तमाल कृष्ण: "भगवानको सृष्टिमा कहिँपनि शुन्य छैन | बरु भौतिक....."

प्रभुपाद: शुन्य, तपाईले कहीं पनि देख्न सक्नुहुन्छ, जमिनमा पनि, पृथ्वी भित्र, तपाईले कुनै शुन्य देख्नुहुनेछैन | पृथ्वीमा, कुनै शुन्य छैन; आकाशमा, कुनै शुन्य छैन; हावामा, कुनै शुन्य छैन; पानीमा, कुनै शुन्य छैन; आगोमा, कुनै शुन्य छैन- तब तपाईले शुन्य कहाँ प्राप्त गर्नुहुन्छ ? कहाँ शुन्य प्राप्त गर्नुहुन्छ ? यो शुन्य दर्शन अर्को भ्रम हो | कुनै शुन्य हुन सक्दैन |