NE/Prabhupada 0057 - हृदयको सफाइ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0057 - in all Languages Category:NE-Quotes - 1970 Category:NE-Quotes - Le...") |
(Vanibot #0005 edit: add new navigation bars (prev/next)) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India]] | [[Category:NE-Quotes - in India]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0056 - शास्त्रमा बाह्र अधिकारीहरुको उल्लेख गरिएको छ|0056|NE/Prabhupada 0058 - आध्यात्मिक शरीरको अर्थ शाश्वत जीवन|0058}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 19: | Line 22: | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/701219SB-SUR_clip.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 07:22, 21 September 2017
Lecture on SB 6.1.34-39 -- Surat, December 19, 1970
रेवतीनन्दन: हामी सधैं हरे कृष्ण जप गर्ने प्रोत्साहन दिन्छौं, के यस्तो हो ?
प्रभुपाद: हो | यस युगमा त्यो नै एक विधि हो | हरे कृष्ण जप गरेर, एकको.... बुझाइको तलाउ शुद्ध हुन्छ | तब उसले प्राप्त गर्न सक्छ, उसले अध्यात्मिक ज्ञान प्राप्त गर्न सक्छ | मन शुद्ध नगरी अध्यात्मिक ज्ञान बुझ्न र प्राप्त गर्न निकै गाह्रो छ | यी सबै सुधारात्मक उपाय- ब्रह्मचारी, गृहस्थ, वानप्रस्थ- तिनीहरु केवल शुद्धताका विधि हुन् | र भक्ति पनि शुद्धताको विधि हो, विधि-भक्ति | आफुलाई अर्च-विग्रहको पुजामा संग्लग्न गराएर, ऊ पनि शुद्ध हुन्छ | तत् परत्वे..... सर्वोपाधि....... जब ऊ कृष्णको नित्य दास हो भन्ने बुझ्न प्रबुद्ध वा उन्नत हुन्छ, तब ऊ शुद्ध हुन्छ | ऊ शुद्ध हुन्छ | सर्वोपाधि भनेको उसले गर्दैन....
सर्वोपाधि | उसले आफ्नो उपाधि समाप्त गर्न खोज्छ, कि "म अमेरिकी हुँ", म भारतीय हुँ", "म यो हुँ", "म त्यो हुँ" | यसरी, जब तिमी यो शारीरिक अवधारणा सम्बन्धि पूर्णतः प्रबुद्ध हुन्छौ, तब निर्मलम् | तिमी निर्मल बन्छौ, स्वच्छ | र जबसम्म यो अवधारणा चलिरहन्छ कि "म यो हुँ", "म त्यो हुँ", मानिस अझ पनि... स भक्त: प्रकृत: स्मृत: (श्री भा ११।२।४७ ) (सँगै:) राम्ररी बस, त्यसरी होइन | स भक्त: प्रकृत: स्मृत: | अर्चायाम् एव हरये (श्री भा ११।२।४७ )..... यस विधिमा पनि, जब तिनीहरु अर्च विग्रहको पुजामा संग्लग्न हुन्छन्, अर्चायां हरये यत-पूजां श्रद्धायेहते (श्री भा ११।२।४७ ), धेरै भक्तिका साथ, तर न तद भक्तेषु चान्येषु (श्री भा ११।२।४७ ), तर उसलाई अरुप्रति दया छैन, वा उसलाई भक्तको स्थान बारेमा थाहा छैन, तब स भक्त: प्रकृत: स्मृत: "उसलाई भौतिक भक्त भनिन्छ, भौतिक भक्त |"
त्यसैले हामीले आफुलाई भौतिक भक्तिबाट माथी उठाउनुपर्छ, दोस्रो तहसम्म जब हामी बुझ्छौं कि भक्त के हो, अभक्त के हो, भगवान् के हुनुहुन्छ, नास्तिक के हो | यी भेदहरु हुन्छन् |
तर परमहंस स्तरमा त्यस्तो भेद हुँदैन | उनले सबैलाई भगवानको सेवामा लागिरहेको देख्छन् | उनले कसैको द्वेस गर्दैनन्, उनले केहि देख्दैनन् | तर त्यो अर्को स्तर हो | हामीले अनुकरण गर्ने प्रयास गर्नुहुँदैन, तर हामीलाई थाहा हुन्छ कि परमहंस पूर्णताको उच्च स्तर हो | प्रचारकको रुपमा हामीले भन्नुपर्छ.... जस्तै मैले यी युवकलाई भनें, " तिमी यसरी बस |" तर एक परमहंसले भन्दैनन् | एक परमहंस, उनले देख्छन् | "ऊ ठिकै छ |" उनले देख्छन् | तर हामीले परमहंसको अनुकरण गर्नुहुँदैन | किनकि हामी प्रचारक हौँ, हामी शिक्षक हौँ, हामीले परमहंसको अनुकरण गर्नुहुँदैन | हामीले सहि स्रोत, सहि बाटो बताउनुपर्छ |
रेवतीनन्दन: हजुर परमहंसभन्दा उच्च तहमा हुनुहुन्छ होला प्रभुपाद |
प्रभुपाद: म तिमीभन्दा तल्लो तहमा छु | म तिमीभन्दा तल्लो तहमा छु |
रेवतीनन्दन: हजुर कति राम्रो हुनुहुन्छ | हजुर परमहंस हुनुहुन्छ, तर पनि हजुर हामीलाई प्रचार गर्नुहुन्छ |
प्रभुपाद: होइन म तिमीभन्दा तल्लो तहमा छु | म सबैभन्दा तल्लो तहमा छु | म केवल मेरो गुरु महाराजको आज्ञाको पालना गर्ने प्रयास गर्दैछु | त्यति हो | त्यो सबैको कर्तव्य हुनुपर्छ | सक्दो प्रयास गर | उच्च आदेश पालन गर्ने सक्दो प्रयास गर | त्यो प्रगतिको सबभन्दा सुरक्षित तरिका हो | एक मानिस सबभन्दा तल्लो तहमा हुनसक्छ, तर यदि उसले आफुलाई सुम्पिएको कर्तव्य निर्वाह गर्ने प्रयास गर्छ भने ऊ पूर्ण हुन्छ | ऊ सबभन्दा तल्लो तहमा हुन सक्छ, तर उसले आफुलाई सुम्पिएको कर्तव्य निर्वाह गर्ने प्रयास गरिरहेको कारण ऊ पूर्ण हुन्छ | यहि विचार हो |