NE/Prabhupada 0481 - कृष्ण सर्व-आकर्षक हुनुहुन्छ, कृष्ण सुन्दर हुनुहुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0481 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0480 - भगवान् निराकार हुनुहुन्न, किनकि हामी सबै साकार छौं|0480|NE/Prabhupada 0482 - मन आसक्तिको वाहन हो|0482}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|sciEZOxNDaI|कृष्ण सर्व-आकर्षक हुनुहुन्छ, कृष्ण सुन्दर हुनुहुन्छ<br />- Prabhupāda 0481}}
{{youtube_right|zJL-D8_7Syw|कृष्ण सर्व-आकर्षक हुनुहुन्छ, कृष्ण सुन्दर हुनुहुन्छ<br />- Prabhupāda 0481}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681018LE.SEA_clip4.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681018LE.SEA_clip4.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:43, 29 January 2021



Lecture -- Seattle, October 18, 1968


त्यसैले यो तर्क, कि रातो रक्तकोष मरेको कारण जीवन मर्छ- होइन | धेरै तर्क-वितर्कहरु छन् | वास्तवमा, यो तथ्य हो, किनकि हामी शास्त्र, सन्त पुरुष र अध्यात्मिक गुरुको बलमा बोल्दैछौं | यो बुझ्ने तरिका हो | तपाईले आफ्नो सुक्ष्म दिमाग, अपूर्ण इन्द्रियहरुले उत्पादन गर्न सक्नुहुँदैन | मानवहरु सधैं अपूर्ण छन् | जस्तै उदाहरणको लागि, एउटा बालकले सुर्य देख्दैछ, र वैज्ञानिकले सुर्य देख्दैछ | प्राकृतिक रुपमा बच्चाको सुर्य सम्बन्धि ज्ञान अपूर्ण हुन्छ | उही बच्चाले जब वैज्ञानिकसँग ज्ञान लिन्छ, उसले सुर्यको महानता बुझ्न सक्छ | तसर्थ हाम्रो इन्द्रियद्वारा पाइने ज्ञानको प्रत्यक्ष अनुभव सधैं अपूर्ण हुन्छ | तपाई आफ्नो जीवनको हरेक क्षेत्रमा अधिकारी समक्ष जानुपर्छ | त्यसैगरी, यदि तपाईले भगवान के हुनुहुन्छ बुझ्न सक्नुहुन्छ, तब तपाईले यस भगवद गीताको आश्रय लिनुपर्छ | अरु कुनै विकल्प छैन | तपाईले कल्पना गर्न सक्नुहुँदैन कि "भगवान यस्तो हुनुहुन्छ, भगवान त्यस्तो हुनुहुन्छ," "भगवान हुनुहुँदैन," "भगवान मृत हुनुहुन्छ," "भगवान मृत हुनुहुँदैन |" यो केवल कल्पना हो | यहाँ कृष्णले भन्नुहुन्छ, मय्य् आसक्त​-मनाः पार्थ योगं युञ्जन् मद्-आश्रयः असंशयं समग्रं मां यथा ज्ञास्यसि तच् छृणु (भ गी ७|१) यदि तपाईले विश्वास गर्नुहुन्छ कि सर्वोच्च पुरुषोत्तम भगवान कृष्णले व्यक्तिगत रुपमा बिल्दै हुनुहुन्छ, जसरी कृष्णले विश्वास गरे, तपाईले बुझ्न सक्नुहुन्छ कि भगवान के हुनुहुन्छ | अन्यथा यो सम्भव छैन | असंशयम् | त्यसैले प्रथम विधि भनेको मय्य् आसक्त​-मनाः | तपाईले आफ्नो मनलाई निरन्तर कृष्णमा संग्लग्न गराउनुपर्छ | त्यो योग विधि हो, जुन हामीले कृष्ण भावनाको रुपमा प्रस्तुत गर्दैछौं | कृष्ण भावना...... जस्तै यदि तपाईले आफुलाई निरन्तर बिजुलिघरसँग जोड्नुहुन्छ, त्यहाँ बिजुली शक्तिको निरन्तर आपूर्ति हुन्छ | त्यसैगरी, यदि तपाईले आफ्नो मन निरन्तर कृष्णमा संग्लग्न गराउनुहुन्छ, त्यो पनि त्यति कठिन छैन | कृष्ण सर्व-आकर्षक हुनुहुन्छ | कृष्ण सुन्दर हुनुहुन्छ | कृष्णका धेरै गतिविधिहरु छन् | सम्पूर्ण वैदिक साहित्य कृष्णका गतिविधिहरुले पूर्ण छन् | यो भगवद गीता कृष्णका गतिविधिहरुले पूर्ण छ | केवल यो बुझेर कि भगवान महान हुनुहुन्छ, यो बुझाईको तटस्थ स्तर हो | तर तपाईले उहाँ कति महान हुनुहुन्छ भन्ने बुझेर आफुलाई अझै बढी उठाउनुपर्छ | उहाँ कति महान हुनुहुन्छ, यो बुझ्न सम्भव छैन, किनकि हाम्रा इन्द्रियहरु सधैं अपूर्ण हुन्छन् | तर तपाईले सम्भव भएसम्म भगवानका गतिविधिहरुको बारेमा सुन्नुहोस, भगवानको स्थान बारे सुन्नुहोस र तपाईले सोच्न सक्नुहुनेछ र तपाईले आफ्नो निर्णय दिन सक्नुहुनेछ, तपाईले आफ्नो तर्क लगाउन सक्नुहुनेछ | तब तपाईले निशंकोच रुपमा भगवान के हुनुहुन्छ बुझ्नुहुनेछ | सुरुवात भनेको मय्य् आसक्त​-मनाः | अन्तिम अध्यायमा कृष्णले वर्णन गर्नुभएको छ कि जो कृष्णको सोच्नमा निरन्तर हुन्छ, ऊ प्रथम श्रेणीको योगी हो | तपाईको देशमा योद विधि धेरै प्रसिद्ध छ, तर तपाईलाई थाहा छैन प्रथम श्रेणीको योगी को हो | प्रथम श्रेणीको योगीको वर्णन भगवद गीतामा दिइएको छ: योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तरात्मना (भ गी ६|४७), कि हजारौं योगीहरु मध्ये, जुन योगी वा भक्त-योगीले निरन्तर आफ्नो हृदयमा भगवानलाई देख्छ, कृष्णको रुप देख्छ, ऊ प्रथम श्रेणीको योगी हो | त्यसैले तपाईले त्यस प्रथम श्रेणीको योग विधिलाई निरन्तरता दिनुपर्छ र त्यो यहाँ वर्णित छ, मय्य् आसक्त​-मनाः, आसक्त हुनु |