NE/Prabhupada 0666 - यदि सूर्य तपाईको कोठाभित्र पस्न सक्छन् भने कृष्ण तपाईको हृदयभित्र पस्न सक्नुहुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0666 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Pages - Yoga System]]
[[Category:Nepali Pages - Yoga System]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0665 - कृष्णको लोक, गोलोक वृन्दावन स्व-प्रकाशित हुन्छ|0665|NE/Prabhupada 0667 - गलत चेतना यो शरीरको कारण विद्यमान छ|0667}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|cNhLjzQYyDc|यदि सूर्य तपाईको कोठाभित्र पस्न सक्छ भने कृष्ण तपाईको हृदयभित्र पस्न सक्नुहुन्छ<br />- Prabhupāda 0666}}
{{youtube_right|m_8i9VhRg9I|यदि सूर्य तपाईको कोठाभित्र पस्न सक्छ भने कृष्ण तपाईको हृदयभित्र पस्न सक्नुहुन्छ<br />- Prabhupāda 0666}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/690216BG-LA_Clip9.MP3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690216BG-LA_Clip9.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:09, 29 January 2021



Lecture on BG 6.13-15 -- Los Angeles, February 16, 1969


तमाल कृष्ण: "भगवानको राज्य सर्वत्र छ तर अध्यात्मिक आकाश र त्यहाँको ग्रहहरुलाई परम् धाम वा वरिष्ठ लोक भनिन्छ....."

प्रभुपाद: हो | यो भौतिक जगत पनि भगवानको सृष्टि हो | यो पनि भगवानको राज्य हो, तर किनकि हामीले भगवानलाई बिर्सेका छौं, हामीले "भगवान मृत हुनुहुन्छ" भन्छौं, तसर्थ यो नर्क बनेको छ | तर यदि हामी भगवानलाई स्वीकार्छौं, यो अध्यात्मिक जगत बन्छ | स्वत: | तसर्थ यो मन्दिर अध्यात्मिक जगत हो, यो भौतिक जगत होइन | यो भौतिक जगतभन्दा माथि छ | अघि बढ |

तमाल कृष्ण: "एउटा परिपूर्ण योगी जो कृष्ण भावनाको बुझाईमा पूर्ण छ जसरी यहाँ भगवान स्वयंबाट वर्णित छ, उसले वास्तवमा शान्ति प्राप्त गर्न सक्छ र अन्त्यमा परम लोक, कृष्णलोक पुग्न सक्छ जसलाई गोलोक वृन्दावन भनिन्छ | ब्रह्म-संहितामा यो स्पष्टसँग भनिएको छ कि भगवान, सधैं गोलोक भनिने आफ्नो लोकमा बस्नुभए तापनि, उहाँ सर्वव्यापी ब्रह्म र केन्द्रित परमात्मा पनि हुनुहुन्छ |"

प्रभुपाद: हो | यदि तपाई सोच्नुहुन्छ कि कृष्ण आफ्नो लोक, गोलोक वृन्दावनमा हुनुहुन्छ, तब तपाई कसरी सोच्नुहुन्छ कि तपाईको मन्दिरमा कृष्ण हुनुहुन्छ ? होइन | ब्रह्म संहितामा भनिएको छ....... तसर्थ हामीले आधिकारिक आमाबाट सुन्नुपर्छ | ब्रह्म संहितामा भनिएको छ: गोलोक एव निवसत्य् अखिलात्म​-भूतः (ब्र स ५|३७) | उहाँ आफ्नो लोक, गोलोक वृन्दावनमा बस्नुभए तापनि, उहाँ सर्वत्र हुनुहुन्छ | उहाँ सर्वार्ट हुनुहुन्छ | उही उदाहरण प्रयोग गर्न सकिन्छ | कि सुर्य हामीबाट नौ करोड मील वा त्यस्तै पर छ | तर यो तपाईको कोठाभित्र छ | अन्यथा तपाईले कसरी भन्नुहुन्छ,"ओहो, सुर्यको प्रकास यहाँ छ" ? त्यसैले यदि तपाईको कोठामा छिर्न सक्छ, के कृष्ण तपाईको हृदयमा र कोठामा र हरेक कुनामा छिर्न सक्नुहुन्न ? उहाँ त्यस्तो बेकार हुनुहुन्छ ? उहाँ सर्वत्र हुनुहुन्छ, तर तपाईले अनुभव गर्नुपर्छ, कसरी उहाँ सर्वत्र हुनुहुन्छ | अघि बढ | तमाल कृष्ण: "कोहि पनि अध्यात्मिक आकाशमा पुग्न वा भगवानको शाश्वत धाममा प्रवेश गर्न सक्दैन, कृष्ण र उहाँको स्वांश, विष्णुको उचित बुझाई बिना | तसर्थ कृष्ण भावनामा कार्यरत व्यक्ति पूर्ण योगी हो किनकि उसको मन सधैं कृष्णका गतिविधिहरुमा संग्लग्न हुन्छ | वेदहरुमा पनि हामीले सिक्छौं, 'एक मानिसले जन्म र मृत्युको चक्र केवल सर्वोच्च पुरुषोत्तम भगवानलाई बुझेर पार गर्न सक्छ |' अर्को शब्दमा, योग विधिको पूर्णता भनेको भौतिक अस्तित्वबाट स्वतन्त्रताको प्राप्ति हो र निर्दोष मानिसलाई ठग्ने कुनै जादु वा व्यायाम होइन |"

प्रभुपाद: धन्यवाद, त्यति हो | (अन्त्य)