NE/Prabhupada 0826 - हाम्रो अभियानले त्यो कडा परिश्रमलाई कृष्णको सेवामा रुपान्तरण गरेको छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0826 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Vrndavana]]
[[Category:NE-Quotes - in India, Vrndavana]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0825 - मनुष्य जीवनमा हामीले केवल कृष्णको चरणकमलको प्राप्तिका लागि प्रयास गर्नुपर्दछ|0825|NE/Prabhupada 0827 - आचार्यले केवल शास्त्रको निर्देशन बताउँछन्|0827}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|sJu_gT30hrw|हाम्रो अभियानले त्यो कडा परिश्रमलाई कृष्णको सेवामा रुपान्तरण गरेको छ <br/>- Prabhupāda 0826}}
{{youtube_right|UzZZoW_zDes|हाम्रो अभियानले त्यो कडा परिश्रमलाई कृष्णको सेवामा रुपान्तरण गरेको छ <br/>- Prabhupāda 0826}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:721104ND-VRNDAVANA_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/721104ND-VRNDAVANA_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:36, 29 January 2021



The Nectar of Devotion -- Vrndavana, November 4, 1972


शास्त्रमा बताइएको छ, “साधारणतया, यो भौतिक संसारका मानिसहरू, रजोगुणमा हुन्छन् ।” त्यसकारण, कडा परिश्रमलाई नै उनीहरू आनन्द मान्दछन् । यदि कोही सन्त पुरुषहरू कर्म गर्दैनन् भने उनीहरू भक्तिमय सेवामा अथवा ध्यानमा अथवा जप गर्नमा व्यस्त हुन्छन् । कहिलेकाहीँ मानिसहरू यसको गलत अर्थ लगाउँदछन् र भन्दछन् कि यी मानिसहरू आफ्नो दायित्वबाट भागिरहेका छन् — किनभने तिनीहरू कडा परिश्रम गर्नुलाई अत्यन्त राम्रो मान्दछन् । जबसम्म तपाईं अत्यन्त कडा परिश्रम गर्नुहुन्न, तबसम्म उनीहरू भक्तिलाई कामबाट भाग्ने एउटा उपायका रुपमा लिन्छन् । “तिनीहरू सामाजिक दायित्व तथा अन्य दायित्वहरूबाट भागिरहेका छन् साधु जीवन अपनाएर अरुको मानिसको सम्पत्तिमा बाँचिरहेका छन् ।” उनीहरू अनेक कुराहरू भन्दछन् । तिनीहरू अत्यन्त कडा परिश्रम गर्न मन पराउँछन् । तर हाम्रो कृष्णभावनामृत अभियानले त्यो कडा परिश्रमलाई कृष्णको सेवामा रुपान्तरण गरिरहेको छ । कडा परिश्रम गर्ने प्रवृत्तिलाई सदुपयोग गर्न सकिन्छ । मायावादी दार्शनिकहरूजस्तै, तिनीहरू विचार गर्दछन् कि काम र क्रोध, यी हाम्रा शत्रु हुन् । काम–क्रोध–लोभ–मोह–मात्सर्य । तर नरोत्तमदास ठाकुर भन्नुहुन्छ कि कामलाई पनि कृष्णको सेवामा सदुपयोग गर्न सकिन्छ । कामं कृष्ण–कर्मार्पणे । यदि कोही कृष्णका लागि कर्म गर्न अत्यन्त आसक्त छ भने, कर्मीहरूले इन्द्रियतृप्तिका लागि गर्ने अत्यन्त कडा परिश्रमलाई पनि सदुपयोग गर्न सकिन्छ । गर्न सकिन्छ....त्यसैगरी, “क्रोध” भक्त–द्वेषीगणे । क्रोध राम्रो होइन तर क्रोधलाई पनि कृष्णको सेवामा लगाउन सकिन्छ । ठीक हनुमानजस्तै, उहाँ भगवान् रामचन्द्रका लागि रावणसँग क्रोधित हुनुभयो, र उहाँले रावणको सुनौलो लंका नगरीमा आगो लगाइदिनुभयो । हनुमानको त्यो क्रोधलाई यसरी भगवान् रामचन्द्रको सेवामा सदुपयोग गरिएको थियो । हनुमानले कहिल्यै पनि आफ्नो क्रोधलाई व्यक्तिगत इन्द्रियतृप्तिका लागि प्रयोग गर्नुभएन । यसप्रकार, हरेक वस्तुलाई भगवान्को सेवामा परिवर्तन गर्न सकिन्छ । र म अरुलाई बताइरहेको थिएँ, छओटा वस्तुहरू हुन्छन्, कसरी भक्तिमय सेवा, शुद्ध भक्तिमय सेवा नै कृष्णलाई आकर्षित गर्ने एक मात्र उपाय हो । कृष्णलाई आकर्षित गर्न तपाईंले कर्मीहरू, ज्ञानीहरू अथवा योगीहरूको प्रवृत्तिलाई प्रयोग गर्न सक्नुहुन्न । तपाईंले कृष्णलाई केवल भक्तिमय सेवाद्वारा मात्र आकर्षित गर्न सक्नुहुन्छ । भक्त्या मां अभिजानाति (भगवद्गीता १८।५५) । कृष्ण स्पष्ट भन्नुहुन्छ कि “केवल मेरो भक्तिमय सेवाद्वारा मानिसले मलाई बुझ्न सक्दछ ।” भक्त्या मां अभिजानाति । त्यसकारण, जब कर्मीहरूको क्रियाकलापहरूलाई कृष्णको सेवामा परिवर्तन गरिन्छ, अत्यन्त कडा परिश्रम गरेर समेत हाम्रो प्रवृत्तिलाई हामी भगवान्को सेवामा लगाउन सक्दछौँ... वास्तवमा कृष्णको भक्तिमय सेवा मूल सिद्धान्तमा निर्भर हुन्छ, श्रवणं कीर्तनं विष्णोः स्मरणं पादसेवनं, अर्चनं वन्दनं दास्यम् (श्रीमद्भागवतम् ७।५।२३) । तर दास्यं को श्रेणीभित्र... हनुमानजस्तै, हनुमानजीः उहाँ दास्यम् को स्तरबाट रामचन्द्रको सेवा गरिरहनुभएको थियो । अर्जुन सख्यम् को स्तरबाट कृष्णको सेवा गरिरहनुभएको थियो । उहाँहरू समेत अत्यन्त कडा परिश्रम गरिरहनुभएको थियो । कुरुक्षेत्रको युद्धभूमि कुनै आरामसँग चूपचाप बस्ने स्थान थिएन । जब अर्जुन युद्ध गरिरहनुभएको थियो, उहाँ एउटा योद्धाजस्तै भएर युद्ध गरिरहनुभएको थियो । तर यो युद्ध कृष्णका लागि गरिँदै थियो । यही नै आकर्षण हो । यही नै शुद्ध भक्तिमय सेवा हो । कृष्णले अर्जुनलाई प्रमाणपत्र पनि दिनुभयोः भक्तोऽसि प्रियोऽसि (भगवद्गीता ४।३) । “प्रिय अर्जुन, तिमी मेरा प्रिय मित्र तथा भक्त हौ ।” त्यसकारण, कुनै पनि कर्मद्वारा, यदि यो कृष्णको सन्तुष्टिका लागि परिवर्तन गरिन्छ भने, त्यो भक्तिमय सेवा हो, र मानिसले कृष्णलाई आकर्षित गर्न सक्दछ, कृष्णको ध्यान आफूतिर आकृष्ट गर्न सक्दछ । कुनै पनि व्यक्तिगत स्वार्थबिना शुद्ध भक्तिमय सेवा गरेर कृष्णको ध्यानलाई आफूतिर आकर्षित गर्न सकिन्छ यदि...र त्यो प्रवृत्ति, त्यो भाव तब प्राप्त हुन्छ गुरु–शिष्य परम्पराबाट त्यो प्रवृत्ति प्राप्त हुन्छ, कृष्ण कसरी प्रसन्न हुनुहुनेछ ।