NE/Prabhupada 0013 - चौबिस घण्टाको संग्लग्नता

Revision as of 14:32, 24 July 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0013 - in all Languages Category:NE-Quotes - 1966 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 2.49-51 -- New York, April 5, 1966

योगः कर्मसु कौशलम् (भ गी २।५०)| कौशलम् अर्थात् दक्ष चाल |

जस्तै दुईजना मानिस काम गरिरहेका छन् | एउटा मानिस धेरै दक्ष छ, अर्को मानिस त्यति धेरै दक्ष छैन। यन्त्रमा पनि | यन्त्रमा केहि खराबी छ | जुन मानिस त्यति धेरै दक्ष छैन, उसले रात-दिन प्रयास गर्छ, त्यसलाई कसरी समायोजित गर्ने, तर जब दक्ष मानिस आउँछ एकपटकमा नै उसले खराबी देख्न सक्छ, र उसले एउटा तार यसरी वा त्यसरी जोड्छ, अनि उपकरण सुरु हुन्छ | हर्ज़ुम,हर्ज़ुम,हर्ज़ुम,हर्ज़ुम,हर्ज़ुम | बुझ्नुहुन्छ ? जस्तै कहिलेकाहिं हामीलाई टेप रेकर्डर चलाउन गाह्रो पर्छ र श्रीमान् कार्ल अथवा अरु कोही आएर यसलाई ठीक पार्छन् |

त्यसकारण हरेक वास्तुका लागि दक्ष ज्ञान चाहिन्छ | कर्म अर्थात् कार्य | हामीले कार्य गर्नु पर्छ | कार्य नागरिकन हाम्रो शरीर र आत्मा पनि चल्न सक्दैन | यो एउटा गलत धारणा छ की कोहि मानिस आध्यात्मिक अनुभूतिको मार्गमा छ भने उसले काम गर्नु पर्दैन | होइन, उसले त अझ धेरै काम गर्नुपर्छ | जो आध्यात्मिक अनुभूतिको मार्गमा छैन, ऊ व्यस्त हुन सक्छ, दैनिक आठ घण्टा मात्र, तर जो आध्यात्मिक अनुभूतिको मार्गमा व्यस्त हुन्छ, ऊ त चौबीस घण्टा नै व्यस्त हुन्छ | यो नै भिन्नता हो | र यो भिन्नता नै ...

तपाईले देख्न सक्नुहुन्छ की भौतिक स्तरमा, जीवनको शारीरिक अवधारणामा, यदि तपाईले आठ घण्टा मात्र काम गर्नुभयो भने, तपाई थकित महसूस गर्नुहुन्छ | तर यदि तपाईले आध्यात्मिक उद्देश्य लिएर चौबीस घण्टाभन्दा बढी काम गर्नुहुन्छ भने ... दुर्भाग्यवस, तपाईसँग चौबीस घण्टाभन्दा बढी छैन | तपाईले थकान अनुभव गर्नुहुन्न | म यो आश्वासन दिन्छु | यो मेरो व्यावहारिक अनुभव हो । म यहाँ छु, सधैं काम गर्दै, केहि पढ्दै वा लेख्दै, चौबिस घण्टा नै केहि पढ्दै वा लेख्दै | जब मलाई भोक लाग्छ, म केहि भोजन ग्रहण गर्छु | र जब मलाई निद्रा लाग छ, म सुत्न जान्छु | अन्यथा, सधैं मलाई थकान अनुभव हुँदैन | तपाईले श्रीमान् पललाई सोध्न सक्नुहुन्छ |

म त्यो काममा आनन्द लिन्छु । मलाई थकान अनुभव हुँदैन | त्यसैगरी, जब मानिसमा आध्यात्मिक अनुभूति हुन्छ, उसले अनुभव नगर्ला... बरु उसलाई सुत्न दिक्क अनुभव होला, "ओहो! निंद्राले केवल हैरान मात्र पार्छ |" हेर्नुहोस् ? उसले सुत्ने समय पनि कम गर्न चाहन्छ ।

हामी प्रार्थना गर्छौं , वन्दे रुप-सनातनौ रघु-युगौ श्री-जीव-गोपालकौ | यी षड् गोस्वामीहरु, उहाँहरुलाई चैतन्य महाप्रभुले विज्ञानका विषयमा चर्चा गर्न नियुक्त गर्नुभएको थियो | उहाँहरूले यसबारे विशाल साहित्य लेख्नुभएको छ । तपाईलाई थाहा छ ? तपाई अचम्मित हुनुहोला की उहाँहरू दैनिक केवल डेढ घण्टामात्र सुत्नुहुन्थ्यो, त्यो भन्दा बढी होइन | त्यो पनि कहिलेकाहिं बिर्सनुहुन्थ्यो |