NE/Prabhupada 0201 - मृत्यु कसरी रोक्ने
Lecture on CC Madhya-lila 20.102 -- Baltimore, July 7, 1976
हामी ज्ञानको पछि छौ, तर हामीलाई धेरै कुरा थाहा छैन । त्यसैले सनातन गोस्वामीले आफ्नो व्यवहारबाट हामीलाई गुरु समक्ष जाने शिक्षा दिनुहुन्छ । अनि आफ्नो स्थिति प्रकट गर्नुहुन्छ "म यसरी दु:ख पाइरहेको छु"। उहाँ मन्त्री हुनुहुन्थ्यो, दु:खको कुनै कुरै थिएन। उहाँको स्थिति एकदमै राम्रो थियो। उहाँले बताइसक्नुभएको थियो "ग्राम्य व्यवहारे पंडित, ताइ सत्य करी मानि"। "मसंग धेरै प्रश्नका उत्तर छैनन्, कुनै उपाय छैनन्, त्यहिपनि मानिस मलाई विद्वान सोच्छन्- म मुर्खतापुर्वक यसलाई स्वीकार गर्छु"। कोहि पनि विद्वान हुदैन जबसम्म ऊ गुरुकोमा जादैन। तद् विज्ञानार्थम् स गुरूं एवाभिगच्छेत (मुन्डक उपनिषद् १.२.१२) त्यसैले वैदिक आदेश अनुसार ज्ञानको लागि गुरुकोमा जानुपर्छ। प्रमाणिक गुरु, तथाकथित गुरु होइन ।
तद् विद्धि प्रणीपातेन परिप्रश्नेन सेवाया उपदेक्षन्ति ते ज्ञानं ज्ञानिनस् तत्व-दर्शिन: (भगी ४।३४)
गुरु भनेको जस्ले परमसत्यलाई देखेका छन् । तत्व-दर्शिन:, तत्व भनेको परमसत्य, र दर्शिन: भनेको जस्ले देखेको छ । त्यसैले यो आन्दोलन, हाम्रो कृष्ण भावनाम्रित आन्दोलन, परम्सत्यलाई देख्नको लागि हो । परमसत्यलाई भुझ्नको लागि, जीवनको समस्या जान्नको लागि अनि यसको समाधानको लागि । यी हाम्रा विषयहरु हुन् । हाम्रा विषय भौतिक वस्तु छैनन् । कि केहि तरिकाले एउटा गाडी, घर र एउटी राम्री श्रीमती पाए सब समस्या टर्यो। होइन । यी समस्याक समाधान होइनन्। वास्तविक समस्त त "मृत्यु कसरी रोक्ने" हो । तर यो अति कठिन विषय भएकोले कसैले यसलाई छुदैन । "ए मृत्यु! हामि शान्तिसंग मर्छौ". तर कोहिपनि शान्तिसंग मर्दैन । मैले एउटा कोर्रा लिएर "ल शान्तिसंग मर " भनें भने सबै शान्ति तत्काल सकिन्छ। ऊ रुन थाल्छ । त्यसैले यो वाहियात हो।जब कोहि भन्छ "म शान्तिसंग मर्छु"। कोहिपनि शान्तिसंग मर्दैन। यो सम्भव छैन । त्यसैले मृत्यु एउटा समस्या हो। जन्म पनि समस्या हो । आमाको गर्वमा कोहि पनि शान्तिमा हुदैन । पूर्ण रुपले ढाकिएर बस्नुपर्छ। अनि आजकल त मारिने डर पनि छ। त्यसैले शान्तिको त कुरै छैन-जन्म र मृत्यु । अनि फेरी बुढ्यौली। जस्तै म एउटा बुढो मान्छे छु। मलाई धेरै समस्या छ । त्यसैले बुढ्यौली, अनि रोग। सबको अनुभव छ, टाउको दुख्दा नै काफी छ समस्याको लागि । वास्तविक समस्या भनेको: जन्म, मृत्यु, बुढ्यौली र रोग हुन् । यो कृष्णले णी भन्नुहुन्छ "जन्म मृत्यु जरा व्याधि दु:ख दोषानुदर्शनम (भगी १३।९) यदि तपाई बुद्धिमान हुनुहुन्छ भने तपाईले यी चार समस्यालाई खतराको रुपमा लिनुपर्छ ।
अरु संग ज्ञान छैन त्यसैले तिनीहरु यी प्रश्न नकार्छन्। तर हामि यी प्रश्न गम्भीरतापुर्वक लिन्छौं । अरु आन्दोलन र हाम्रो कृष्ण भावनाम्रित आन्दोलनबीच यहि फरक छ । हाम्रो आन्दोलन यी समस्याका समाधानको लागि हो ।