NE/Prabhupada 0250 - कृष्णको लागि कार्य गर्ने, भगवानको लागि कार्य गर्ने, आफ्नो निजी स्वार्थको लागि होइन
Lecture on BG 2.6 -- London, August 6, 1973
यो युद्धको समस्या..... हामीले बुझ्नुपर्छ कि युद्धको इच्छा सबजनामा हुन्छ | तपाईले यसलाई रोक्न सक्नुहुन्न | हामीले रोक्न भन्दैनौं | मायावादी दार्शनिक भन्छन् कि "तिमी यो कार्य रोक," तर त्यो सम्भव छैन | तपाई रोक्न सक्नुहुन्न | तपाई जीव हुनुभएको कारण तपाईसँग यी सब झुकाव हुन्छन् | तपाईले यसलाई कसरी रोक्नुहुन्छ ? तर यसको उपयोग उचित ढंगमा गर्नुपर्छ | त्यति हो | तपाईसँग युद्धको इच्छा छ | यसको उपयोग कसरी गर्ने ? हो | नरोत्तम दास ठाकुरले सिफारिश दिनुभएको छ, क्रोध भक्त-द्वेषी-जने: "जो भगवान् वा भगवानका भक्तसँग इर्ष्या गर्छन्, तपाईले आफ्नो क्रोध उनीहरु माथि उपयोग गर्न सक्नुहुन्छ |" तपाईले उपयोग गर्न सक्नुहुन्छ | तपाईले क्रोध त्याग्न सक्नुहुन्न | हाम्रो कार्य त्यसलाई उपयोग गर्नु हो | त्यो कृष्ण भावना हो | सबै कुराको उपयोग गर्नुपर्छ | हामी भन्दैनौं कि "तपाई यो रोक्नुहोस्, त्यो रोक्नुहोस् |" होइन | कृष्ण भन्नुहुन्छ, यत् करोषि, यज् जुहोसि, यद् अश्नासि, यत् तपस्यसि कुरुश्व तद् मद्-अर्पनम् (भ गी ९।२७) | यत् करोषि | कृष्णले भन्नुहुँदैन कि "तिमी यो गर, तिमी त्यो गर |" उहाँ भन्नुहुन्छ, "तिमी जे गर्छौ गर, तर नतिजा मलाई आउनुपर्छ |" यहाँको परिस्थिति यो छ कि अर्जुनले आफ्नो लागि युद्ध गर्ने होइन तर उनले केवल आफ्नो स्वार्थका साथ मात्र सोच्दैछन् | उनी भन्छन्, ते अवस्थितः प्रमुखे धार्तराष्ट्राः, यान् एव हत्वा न जिजीविषामस्: (भ गी २।६) "उनीहरु मेरा दाजुभाई, आफन्त हुन् | यदि उनीहरु मर्छन्..... हामीलाई मर्ने इच्छा हुँदैन | अहिले उनीहरु मेरो अगाडि छन् | मैले उनीहरुलाई मार्नुपर्नेछ ?" अझै पनि उनले आफ्नो सन्तुष्टिको हिसाबले सोच्दैछन् | उनले पृष्ठभूमि तयार पार्दैछन्- कसरी भौतिकवादी व्यक्तिहरुले आफ्नो व्यक्तिगत सन्तुष्टिको हिसाबले सोच्छन् | त्यो त्याग्नुपर्छ | व्यक्तिगत सन्तुष्टि होइन, कृष्णको सन्तुष्टि | त्यो कृष्ण भावना हो | जे तपाई गर्नुहुन्छ, त्यसको मतलब हुँदैन | तपाईले परिक्षण गर्नुपर्छ कि तपाईले कृष्णको लागि गर्नुभएको छ कि छैन | त्यो तपाईको पूर्णता हो | पूर्णतामात्र होइन, त्यो तपाईको मानव जीवनको उद्देश्यको पूर्णता हो | यो मानव जीवन त्यस प्रयोजनको लागि हो | किनकि मानव जीवनभन्दा तल, पशु जीवन, तिनीहरुलाई इन्द्रियतृप्तिको, व्यक्तिगत सन्तुष्टिको पूर्णताको अभ्यास गराइन्छ | तिनीहरुसँग त्यस्तो कुनै भावना हुँदैन कि "अरु पशु पनि......" जब केहि खाद्य पद्धार्थ हुन्छ, एउटा कुकुरले सोच्नेछ "मैले यो कसरी प्राप्त गर्नेछु ?" उसले कहिल्यै सोच्नेछैन कि अरु कुकुरले पनि त्यो लिन सक्छन् | यो पशुको प्रवृत्ति होइन | पशु प्रवृत्ति भनेको उनीहरुको आफ्नो सन्तुष्टि | "मेरो साथी, मेरो पारिवारिक सदस्यहरु" कुनै प्रश्न छैन | तिनीहरुले आफ्ना बच्चाहरुसँग पनि बाँड्दैनन् | तपाईले देख्नुभएको होला | यदि कुनै खानेकुरा हुन्छ भने कुकुर र कुकुरका बच्चाहरु, सबजनाले आफ्नो भाग लिन्छन् | त्यो पशु हो | जब यो कुरा कृष्णको लागि परिवर्तन हुन्छ, त्यो मानव जीवन हो | त्यो पशु जीवन र मानव जीवन बीचको भेद हो | त्यो धेरै कठिन पनि छ | तसर्थ सम्पूर्ण शिक्षा दिइएको छ, भगवद् गीता, कसरी मानिसलाई सिकाउने, "कृष्णको लागि कार्य गर्ने, भगवानको लागि कार्य गर्ने, आफ्नो व्यक्तिगत स्वार्थको लागि होइन | तब तपाई बद्ध हुनुहुनेछ |" यज्ञार्थात् कर्मणः अन्यत्र लोको ऽयं कर्म-बन्धनः (भ गी ३।९) | तपाईले जे गर्नुहुन्छ, त्यसको केहि नतिजा हुन्छ, र तपाईले त्यो नतिजाको कारण आनन्द वा पीडा भोग्नुपर्छ | तपाईले जे गर्नुहुन्छ | तर यदि तपाईले कृष्णको लागि गर्नुहुन्छ भने कुनै नतिजा हुँदैन | त्यो तपाईको स्वतन्त्रता हो | योग: कर्मसु कौशलम् (भ गी २।५०) | यो भगवद् गीतामा वर्णित छ | योग, जब तपाई कृष्णको सम्पर्कमा हुनुहुन्छ, त्यो सफलताको रहस्य हो | र यो भौतिक जगत्, कार्यरत...... अन्यथा तपाईले जे गर्दै हुनुहुन्छ, तपाई जहाँ कार्यरत हुनुहुन्छ, त्यसको केहि नतिजा निस्कनेछ र तपाईले आनन्द वा पीडा पाउनुहुनेछ |
यहाँ फेरी, उही कुरा | अर्जुनले सोच्दैछन्, न चैतद् विद्मः कतरन् नो गरीयो (भ गी २।६) | उनी विचलित छन्,"कुन पक्ष ठिक हुनेछ ? म युद्ध गरुँ वा नगरुँ ?" अर्को श्लोकमा देखिनेछ..... जब तपाई त्यस्तो विचलनमा हुनुहुनेछ,"के गर्ने र के नगर्ने," सहि दिशा प्राप्त गर्न, तपाई आध्यात्मिक गुरु समक्ष जानुपर्छ | त्यो अर्को श्लोकमा आउनेछ | अर्जुनले भन्नेछन् कि "मलाई थाहा छैन | म अहिले विचलित छु | मलाई थाहा छ कि क्षत्रियको रुपमा मेरो कर्तव्य युद्ध गर्नु हो, तर म अझै पनि संकोच मान्दैछु | म मेरो कर्तव्यमा संकोच मान्दैछु | तसर्थ म विचलित छु | त्यसैले कृष्ण, म हजुर समक्ष शरणागत हुन्छु |" पहिले उनी मित्रको रुपमा बोल्दै थिए | अब उनी कृष्णबाट शिक्षा लिन तयार हुनेछन् |