NE/Prabhupada 0378 - भुलिया तोमारे तात्पर्य

Revision as of 09:14, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0378 - in all Languages Category:NE-Quotes - Unknown Date Category:NE-Quo...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Purport to Bhuliya Tomare


यो भजन भक्तिविनोद ठाकुरले समर्पणको भावमा लेख्नु भएको छ | हामीले समर्पणको बारेमा धेरै सुनेका छौ | त्यहाँ धेरै भजनहरु छन् जसले एक समर्पण गर्न सिक्नसक्छ | त्यसैले भक्तिविनोद ठाकुर भन्नुहुन्छ, भुलिया तोमारे, संसारे आसिया, " मेरो प्यारो भगवान, म यो भौतिक दुनियामा तिमीलाई बिर्सेर आएको छु | र म यहाँ आएको छु, मैले धेरै कस्टहरु भोगेको छु, धेरै धेरै लामो समय देखि, विभिन्न जीवनका प्रजातिहरु मा | त त्यसैले, म तपाईमा समर्पण हुन आएको छु, र तपाईमा आफ्नो पीडाको कथा प्रस्तुत गर्न आएको छु | पहिलो कुरा म आफ्नो आमाको कोखमा बस्नुपर्यो |" जननी जठरे, छिलाम जखोन​ | " जब म त्यो हावा नै छिर्न नपाउने झोलामा गुम्सिएर बसेको थिएँ, हात र खुट्टा, म आफ्नो आमाको गर्भमा बसेको थिएँ | र त्यो समयमा, मलाई तपाईंको झलक पाएको थिएँ | त्यो समयमा, मैले तपाईलाई देख्न सकिन | त्यो समयमा मैले तपाईलाई देख्न सकेको थिएँ, एक झलक | त्यो समयमा मैले सोचे, " तखोन भाविनु, जनम पाइया, "मैले सोचे कि यो पटक जब म यो कोखबाट निस्किए भने, म सधै तपाईको सेवामा संलग्न हुन्छु, भगवानको पुजा गर्छु | अब जन्म र मृत्युको चक्करबाट निस्किने छु, यो धेरै समस्याजनक छ | अब म संलग्न हुन्छु, यो जन्ममा म आफुलाई भक्तिमय सेवामा संलग्न गराउछु, मायाबाट निस्किन | तर दुर्भाग्य बस, मेरो जन्म पछि नै, "जनम होइलो, पडिऽ माया-जाले, ना होइलो ज्ञान लव​, "जब म कोखबाट निस्किए, तुरुन्तै माया, ब्रह्मिक शक्तिले मलाई समात्यो, र मैले बिर्सिए कि म यस्तो अनिश्चित अवस्थामा थिए, र म भगवानलाई रोई कराई गर्ने थाले, यो समयमा मैले सोचेको थिए म बाहिर निस्किएर भक्तिमय सेवामा संलग्न हुन्छु | तर जब मैले जन्म लिए मेरो सबै होस उड्यो |" र अर्को स्तर भनेको आदरेर छेले, स्व​-जनेर कोले | " त्यसरी म पाल्तु बच्चा भए र सबैजनाले मलाई आफ्नो काँखमा राखे, र मैले सोचे, " जीवन धेरै राम्रो छ, सबैले मलाई माया गर्छन् |" तब मैले सोचे, " यो भौतिक जीवन धेरै राम्रो छ |" अदरेर छेले, स्व​-जनेर कोले, हासिया काटानु काल​ | " किनकि त्यहाँ कुनै संकट छैन | जब मलाई केहि गारो हुन्छ भने, सबैजना मसँग आउँछन् र सान्तोना दिन्छन् | र मैले सोचे मेरो जीवन यसरी नै चल्छ | र मैले आफ्नो जीवन केवल हाँसोमा बित्यो, र त्यो हाँसो मेरा परिवारलाई धेरै आकर्षित भयो, उनीहरुले मलाई स्याबासी दिए | मैले सोचे " यो जीवन हो |" जानकी.....जनक जननी-स्नेहेते भुलिया, संसार लागिलो | " त्यो समयमा, आफ्नो परिवारको स्नेह ठुलो कुरा थिए | र मैले सोचे भौतिक जीवन धेरै राम्रो छ |" क्रमे दिन दिन​, बालक होइया, खेलिनु बालक​-सह​ | " तब बिस्तारि म आफ्ना बाल्यकालका मित्रहरु सँग खेलेर बिताए | र केहि दिन पछि, म जब थोरै बुद्धिमानी थिए, तब मलाई विद्यालयमा हालियो | तब म धेरै होसियारीपुर्वक पढ्न थाले | त्यसपछि, " विद्यार गौरवे, भ्रमिऽ देशे देशे, धन उपर्जन कोरि | " तब आत्मसन्तुस्ट भएर...."भक्तिविनोद ठाकुर न्यायाधीश थिए | तब उहाँ एक ठाउँबाट अर्कोमा स्थानान्तरण भए | उहाँले आफ्नो जीवनको परिवेशमा भने, " किनकि म थोरै शिक्षित थिए, तब म कहिँ काम गरेर धेरै कमाउन थाले | तब मैले सोचे, " यो धेरै राम्रो छ |" विद्यार गौरवे, भ्रमिऽ देशे देशे, धन उपर्जन कोरि | स्व​-जन पालन​, कोरि एक​-मने, " र केवल कर्तव्य भनेको, आफ्ना परिवारको पालनपोषण गर्नु थियो, र उनीहरुलाई कसरि खुशी राख्नु भन्ने थियो | त्यो नै मेरो जीवनको एक मात्रै लक्क्ष बन्यो |" बार्धक्ये एखोन​, भकतिविनोद​ | अब भक्तिविनोद ठाकुर आफ्नो बृद्ध उमेरमा, काण्दिया कातर अति, " अब मैले देख्दैछु, यी सबै कार्यहरु मैले त्याग्नु पर्छ, अब मैले अर्को ठाउँमा गएर अर्को शरीर लिनुपर्छ | तसर्थ, मलाई थाहा छैन मैले कस्तो प्रकारको शरीर पाउँछु | तसर्थ, म रुदैछु, म धेरै पिडित छु |" बार्धक्ये एखोन​, भकतिविनोद​, काण्दिया कातर अति, " म धेरै नै पिडित छु|" ना भजिया तोरे, दिन बृथा गेलो, एखोन कि | " त तपाइको आराधना नगरी, तपाईको सेवा नगरी, मैले आफ्नो समय खेर फालेको छु | म के गर्नु थाहा छैन | त्यसैले, म समर्पण गर्छु |"