NE/Prabhupada 0615 - प्रेम र उत्साहसँग कृष्णको लागि कार्य गर्नुहोस्, त्यो तपाईको कृष्ण भावनाभावित जीवन हो
Lecture on BG 1.30 -- London, July 23, 1973
मायावादीहरु, दुई प्रकारका मायावादीहरु छन्: निराकारवादी र शुन्यावादी | तिनीहरु सब मायावादी हुन् | तिनीहरुको दर्शन तबसम्म लाग्छ, किनकि एउटा मुर्ख मानिसले यो भन्दा बढी बुझ्न सक्दैन | एउटा मुर्ख मानिस, यदि उसलाई जानकारी दिइन्छ कि अध्यात्मिक जगतमा अझ राम्रो जीवन छ, भगवान, कृष्णको दास बन्ने, तिनीहरु सोच्छन्, "म यो भौतिक जगतको दास बनें | मैले यति धेरै दु:ख पाइसकें | फेरी कृष्णको दास ?" "ओहो...." तिनीहरु डराउँछन्,"ओहो, हुँदैन, हुँदैन | यो राम्रो छैन | यो राम्रो छैन |" जब तिनीहरु सेवा भनेर सुन्छन्, तिनीहरु सोच्छन् कि यो सेवा, यो बेकार सेवा | तिनीहरु सोच्न सक्दैनन् कि त्यहाँ सेवा छ तर त्यहाँ केवल आनन्द छ | कोहि पनि कृष्णलाई सेवा गर्न अझ तत्पर हुन्छ | त्यो हो अध्यात्मिक जगत | तिनीहरु बुझ्न सक्दैनन् | त्यसैले यी निर्विशेषवादी, निराकारवादीहरु, तिनीहरु त्यसरी सोच्छन् | जस्तै ओच्छ्यानमा सुत्दै गरेको एक रोगी मानिस, र यदि उसलाई जानकारी दिइन्छ कि "जब तिमी सन्चो हुन्छु, तिमीले राम्ररी खान सक्नेछौ, तिमि हिड्न सक्नेछौ," उसले सोच्छ कि "फेरी हिंड्ने ? फेरी खाने ?" किनकि ऊ तितो औषधि खान अभ्यस्त हुन्छ र सागुदाना, धेरै मिठो हुँदैन, र धेरै कुराहरु, विष्टा र पिसाब ओच्छ्यानमा गर्ने | त्यसैले जब उसलाई जानकारी दिइन्छ कि "सन्चो भएपछी पनि विष्टा र पिसाब फ्याँक्ने र खाने हुन्छ, तर त्यो धेरै राम्रो हुन्छ," उसले बुझ्न सक्दैन | उसले भन्छ,"यो केहि यस्तै हुन्छ |" त्यसैले मायावादी निराकारवादीहरु, तिनीहरु बुझ्न सक्दैनन् कि कृष्णको सेवा केवल आनन्दमय हुन्छ | तिनीहरु बुझ्न सक्दैनन् | तसर्थ तिनीहरु निराकारवादी बन्छन्: "होइन | परम सत्य व्यक्ति हुन सक्दैनन् |" त्यो बौद्ध दर्शनको अर्को पाटो हो | निराकार भनेको शुन्य | त्यो पनि शुन्य हो | त्यसैले बौद्ध दर्शन, तिनीहरु पनि अन्तिम लक्ष्य शुन्य बनाउँछन्, र यी निराकारवादीहरु, तिनीहरु पनि अन्तिम लक्ष्य शुन्य बनाउँछन्.... न ते विदुः स्वार्थ-गतिं हि विष्णुम् (श्री भा ७|५|३१) | तिनीहरु बुझ्दैनन् कि त्यहाँ जीवन हुन्छ, आनन्दमय जीवन, कृष्णको सेवा गरेर | तसर्थ, यहाँ अर्जुन एक साधारण मानिसको भूमिका खेल्दैछन् | त्यसैले उनले कृष्णलाई भन्छन्,"हजुर मैले लडाई गरेको , खुसी भएको, राज्य प्राप्त गरेको चाहनुहुन्छ, तर मेरा आफ्ना मानिसलाई मारेर ? ओहो, निमित्तानि विपरीतानि | हजुरले मलाई गलत बाटो देखाउँदै हुनुहुन्छ |" निमित्तानि च पश्यामि विपरीतानि | "म मेरा आफ्ना मानिसलाई मारेर खुसी हुनेछैन | त्यो सम्भव छैन | हजुर मलाई कसरी प्रेरित गर्दै हुनुहुन्छ ?" त्यसैले उनले भने, निमित्तानि च पश्यामि विपरीतानि | "होइन, होइन |" न च शक्नोम्य् अवस्थातुम्: "म यहाँ उठ्न सक्दिन | मलाई फर्कन दिनुहोस् | मेरो रथ फर्काउनुहोस् | म यहाँ बस्नेछैन |" न च शक्नोम्य् अवस्थातुं भ्रमतीव च मे मनः (भ गी १|३०) | "म भ्रमित हुँदैछु | म अहिले अल्झनमा छु |" त्यसैले यो अवस्था हो, भौतिक जगत | हामी सधैं समस्या, अल्झनमा छौं, र जब भौतिकवादी मानिसलाई केहि राम्रो प्रस्ताव गरिन्छ, "तपाई कृष्ण भावना लिनुहोस्, तपाई खुसी हुनुहुनेछ," उसले देख्छ, निमित्तानि विपरीतानि, ठिक उल्टो | "यो कृष्ण भावना के हो कि म खुसी हुनेछु ? मेरो परिवार समस्यामा छ वा मेरा धेरै समस्याहरु छन् | यो कृष्ण भावनाले मेरो के मदत गर्नेछ ?" निमित्तानि च विपरीतानि | यो जीवनको भौतिक अवस्था हो | तसर्थ यसलाई समय लाग्छ, बुझ्नलाई थोरै समय | त्यो हो भगवद गीता | उनी अर्जुन, अहिले पाउँदैछन्, निमित्तानि च विपरीतानि | जब उनले भगवद गीता बुझ्नेछन्, उनले भन्नछन्,"हो, कृष्ण, जे हजुर भन्दै हुनुहुन्छ, यो ठिक हो | यो ठिक हो |" किनकि अर्जुनलाई उपदेश दिइसके पछी, कृष्णले उनलाई सोध्नुहुनेछ,"अब तिमी के गर्न चाहन्छौ ?" किनकि कृष्णले बल प्रायोग गर्नुहुन्न | कृष्ण भन्नुहुन्छ कि "तिमी ममा सह्रनागत होउ |" उहाँले बल प्रयोग गर्नुहुन्न कि "तिमी ममा शरणागत हुनुपर्छ | म भगवान हुँ | तिमि मेरो अंश हौ |" होइन, उहाँले कहिल्यै त्यस्तो भन्नुहुन्न | किनकि उहाँले तपाईलाई थोरै स्वतन्त्रता दिनुभएको छ, उहाँले त्यो छुनुहुन्न | अन्यथा एउटा ढुंगा र जीवमा के भिन्नता हुन्छ ? एउटा जीवको स्वतन्त्रता हुनुपर्छ, यो निकै कम भए तापनि | कृष्णले त्यो चुनुहुन्न | उहाँले कहिल्यै छुनुहुन्न | तपाई सहमत हुनुपर्नेछ,"हो, कृष्ण, म हजुरमा शरणागत हुनेछु | हो | त्यो मेरो फाइदाको लागि हो |" यो हो कृष्ण भावना | तपाई स्वेच्छाले सहमत हुनुपर्छ, कामचलाउ, यान्त्रिक होइन | "अध्यात्मिक गुरुले यस्तो भन्नुहुन्छ | ठिक छ, मैले गर्नुपर्यो |" होइन | तपाईले धेरै राम्ररी बुझ्नुपर्छ | तेषां सतत-युक्तानां भजतां प्रीति-पूर्वकम् (भ गी १०|१०) | प्रीति, प्रेमसँग | जब तपाई कार्य गर्नुहुन्छ, जब तपाई प्रेम र उत्साहसँग कृष्णको लागि कार्य गर्नुहुन्छ, त्यो तपाईको कृष्ण भावनाभवित जीवन हो | यदि तपाई सोच्नुहुन्छ कि "यो कामचलाउ हो, यो कष्टप्रद छ, तर मैले के गर्न सक्छु ? यी मानिसहरु मलाई गर्न भन्छन् | मैले यो गर्नुपर्छ," त्यो कृष्ण भावना होइन | तपाईले स्वेच्छाले र धेरै आनन्दसाथ गर्नुपर्छ | तब तपाईलाई थाहा हुन्छ | उत्साहान् निश्चयाद् धैर्यात् तत्-तत्-कर्म-प्रवर्तनात्, सतो वृत्तेः साधु-सङ्गे षड्भिर् भक्तिः प्रसिध्यति | तपाईले हाम्रो उपदेशामृत (३)मा पाउनुहुन्छ | सधैं उत्साहित हुनुहोस् | धैर्यात्, धैर्यसँग | तत्-तत्-कर्म प्रवर्तनात् | निश्चयात्, निश्चयात् भनेको आश्वासित भएर | "जब म कृष्णको कार्य, कृष्णको गतिविधिमा संग्लग्न हुन्छु, कृष्णले अवश्यपनि मलाई घ्हर लानुहुन्छ....." निश्चयात् | र कृष्णले भन्नुहुन्छ, मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी १८|६५) | "म तिमीलाई लानेछु |" यो भनिएको छ | कृष्ण झुठो बोल्नुहुन्न त्यसैले हामीले उत्साहका साथ् कार्य गर्नुपर्छ | जेबल..... विपरीतानि होइन | त्यो अर्जुनद्वारा अन्त्यमा स्विकारिनेछ | कृष्णले उनलाई सोध्नुहुनेछ,"मेरो प्रिय अर्जुन, तिम्रो निर्णय अब के छ ?" अर्जुनले भन्नेछन्,"हो |" त्वत् प्रसादात् केशव नष्ट-मोहः | "मेरो सबै भ्रम अहिले गयो |" त्यति हो |
धेरै धेरै धन्यवाद |
हरे कृष्ण |