NE/Prabhupada 0006 - सबजना भगवान् हुन्-मूर्खको स्वर्ग

Revision as of 07:16, 25 July 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0006 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 1.15.49 -- Los Angeles, December 26, 1973

सबैजना घमण्ड गर्छन् कि , " मलाई थाहा छ । मलाई सबै थाहा छ । त्यसकारण गुरूकाे समीपमा जाने कुनै अावश्यक्ता छैन । " अध्यात्मिक गुरुको समक्ष जाने विधि यो हो: अात्मसमर्पण गर्ने, कि " मलाई याे संसारका अनेक नचाहिने वस्तुहरूकाे मात्र ज्ञान छ जुन बेकार छ । कृपया मलाई वास्तविक ज्ञान सिकाउनुहाेस् |" यसलाइ अात्मसमर्पण भनिन्छ ।

जस्तै अर्जुनले भने , शिष्यस् ते ऽहं शाधि मां प्रपन्नम् (भ गी २।७) जब भगवन् श्रीकृष्ण तथा अर्जुनकाे बीचमा बहस भइरहेकाे थियाे , र त्यसबाट कुनै समाधान निस्किएन , तब अर्जुन कृष्णकाे शरणमा परे, "हे मेरा प्यारा कृष्ण , अहिले त हामी मित्रकाे रूपमा बाेलिरहेका छौं । तर अबबाट मैत्रीपूर्ण वार्ता नगरौं । म हजुरलाई आफ्नो गुरूकाे रूपमा स्वीकार गर्छु । कृपया मलाई मेरा कर्तव्य सिकाउनुहाेस् । " याे भगवद् गीता हाे ।

त प्रत्येक व्यक्तिले सिक्नुपर्छ । तद्-विज्ञानार्थं स गुरुम् एव अभिगच्छेत् (मु उ १|२|१२) | याे वैदिक आदेश हाे कि जीवनकाे मूल्य के हाे ? याे कसरी परिवर्तन हुँदैछ ? कसरी हामी एउटा शरीरबाट अर्काे शरीरमा प्रवेश गरिरहेका छौं ? म को हुँ ? के म याे शरीर हुँ वा याेभन्दा बाहेक अरू काेही हुँ ? यी विषयहरू साेध्नुपर्दछ । याे मनुष्य जीवन हाे । अथातो ब्रह्म जिज्ञासा । याे जिज्ञासा राख्नुपर्छ । त याे कलियुगमा, बिना कुनै ज्ञान, बिना कुनै जिज्ञासा, बिना कुनै गुरू , बिना कुनै पुस्तक , सबैजना भगवान् हन् । बस् । याे मूर्खहरूकाे स्वर्ग चलिरहेकाे छ । यसले सहयाेग गर्दैन |

यहाँ , विदुरकाे विषयमा .... उहाँ पनि .....

विदुरो ऽपि परित्यज्य प्रभासे देहम् आत्मनः कृष्णावेशेन तच्-चित्तः पितृभिः स्व​-क्षयं ययौ
(श्री भ १।१५।४९)

उहाँ .... मैले विदुरकाे विषयमा बाेलिरहेकाे थिएँ । विदुर यमराज थिए । त एक साधु व्यक्तिलाई यमराजकाे दरबारमा सजाय दिनकाे लागि ल्याइयो। र जब साधु पुरूषले यमराज समक्ष जिज्ञासा राखे , कि " म... मैले अाफ्नाे जीवनमा गरेकाे कुनै पापकर्म याद छैन । त्यसाेभए न्यायकाे लागि मलाई यहाँ किन ल्याइयाे ? " त यमराजले भने " तिमीलाइ याद छैन । बाल्यकालमा तिमीले एउटा कमिला टिपेका थियाै , त्यसलाई सुईले घाेचेर मारेका थियाै । त्यसकारण तिमीलाई दण्ड दिनुपर्छ । "

हेर्नुहाेस् । जुन पाप उनले बाल्यकालमा अज्ञानमा गरेका थिए , त्यसकाे लागि उनलाई दण्ड दिनुपर्छ । र हामी सबै स्वेच्छाले धर्मकाे सिद्धान्तकाे विरूद्ध छाैँ कि "तिमीहरूले हत्या गर्ने छैनाै", हामीले धेरै वधशाला खाेलेका छाैँ , जनावरकाे अात्मा हुदैन भन्ने बेकार सिद्धान्त प्रतिपादन गरेर । यो रमाइलो हेर्नुहोस् त । र याे चलिरहेकाे छ । र हामी सबै शान्तिपूर्वक बस्न चाहन्छौं ।