NE/Prabhupada 0030 - कृष्ण केवल आनन्दपूर्वक बस्नुहुन्छ

Revision as of 09:00, 5 September 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0030 - in all Languages Category:NE-Quotes - 1970 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Sri Isopanisad, Mantra 2-4 -- Los Angeles, May 6, 1970


"पूर्ण पुरषोत्तम भगवान् आफ्नो वासस्थानमा हुनुभए तापनि मन भन्दा द्रुत हुनुहुन्छ र भागिरहेका अरू सबैलाई जित्न सक्नुहुन्छ। शक्तिशाली देवताहरू उहाँ नजिक पुग्न सक्दैनन्। एक ठाउँमा भए तापनि हावा, पानी आपूर्ति गर्नेहरू उहाँको अधीनमा छन्। उहाँ श्रेष्ठतामा सबैभन्दा उत्तम हुनुहुन्छ।"

यसको पुष्टि ब्रह्म-संहितामा पनि गरिएको छ : गोलोक एव निवसत्य् अखिलात्म भूतः (ब्र स ५|३७)। कृष्ण सधैं गोलोक वृन्दावनमा हुनुभए तापनि उहाँले गर्नुपर्ने कुनै कार्य छैन। उहाँ केवल आनन्दपूर्वक बस्नुहुन्छ, आफ्ना साथीहरूको माझमा, गोपीहरु, ग्वालबालहरु, उहाँकी आमा, उहाँको बुवा । मुक्त, पूर्णतया मुक्त। र जो साथीहरू छन्, तिनीहरू अझ अधिक मुक्त हुन्छन्। किनभने जब साथीहरू खतरामा हुन्छन्, कृष्णलाई चिन्ता हुन्छ, तिनीहरूलाई कसरी बचाउने, तर साथीहरूलाई कुनै चिन्ता हुँदैन । "ओहो, कृष्ण हुनुहुन्छ।" हेर्नुहोस्। (हाँस्नुहुन्छ)

साथीहरूलाई कुनै चिन्ता छैन। जे भए पनि, तपाईले कृष्ण पुस्तकमा पढ्नुहुनेछ- धेरै खतराहरू। हरेक दिन बालकहरू कृष्णसँग आफ्ना बाच्छा र गाईसँग जाने गर्थे र जङ्गलमा यमुना नदिको किनारमा खेल्ने गर्थे, र कंसले तिनीहरूको नाश गर्न केही दानव पठाउँथ्यो। तपाईहरूले देख्नुभएको छ, तपाईहरुले चित्र पनि देख्नुहुनेछ। तिनीहरूले केवल आनन्द उठाउँथे किनभने तिनीहरू धेरै विश्वस्त हुन्थे । त्‍यो आध्यात्मिक जीवन हो। अवश्य रक्षिबे कृष्ण विश्वास पालन​ । यो सुदृढ विश्वास, "कुनै पनि खतरनाक अवस्थामा कृष्णले मलाई बचाउनुहुनेछ," यो आत्मसमर्पण हो।

आत्मसमर्पणको छवटा चरणहरू छन्। पहिलो कुरा यो हो कि जे भक्तिको लागि अनुकूल छ, हामीले स्वीकार गर्नुपर्छ; जे भक्तिको प्रतिकूल छ, हामीले अस्वीकार गर्नुपर्छ। अनि अर्को यो हो कि प्रभुको सहयोगीहरुसँग आफ्नो परिचय गराउनुपर्छ। जस्तै कृष्णका धेरै साथीहरू छन्, तपाई पनि ... त्यो अवश्य पनि कृत्रिम रूपले होइन।

जब तपाई उन्नत हुनुहुनेछ, तपाईले बुझ्नुहुनेछ कि कृष्णसँग तपाईको सम्बन्ध के हो। तब यदि तपाईले आफुलाई त्यो सँगमा लानुहुन्छ भने अर्को चरणमा विश्वस्त भइन्छ कि,"कृष्णले मलाई सुरक्षा दिनुहुनेछ।" वास्तवमा, उहाँले सबैलाई सुरक्षा दिइरहनुभएको छ। यो तथ्य हो। तर मायामा हामी सोच्छौं कि हामीले आफनो रक्षा स्वयं गरिरहेका छौँ, हामीले आफुलाई स्वयं ख्वाइरहेका छौँ। होइन। यो तथ्य होइन ।