NE/Prabhupada 0045 - ज्ञानको विषयलाई ज्ञेयम् भनिन्छ
Lecture on BG 13.1-2 -- Paris, August 10, 1973
- प्रकृतिं पुरुषं चैव क्षेत्रं क्षेत्र-ज्ञम् एव च
- एतद् वेदितुम् इच्छामि ज्ञानं ज्ञेयं च केशव
- (भ गी १३।१ )
यो मानवको विशेषाधिकार हो, कि उसले परम्सत्यलाई बुझ्नसक्छ, यो ब्रह्माण्डीय अभिव्यक्ति र प्रकृतिको भोक्तालै बुझ्न सक्छ. र उसले पूर्णतः थाहा पाउन सक्छ कि ज्ञानको वस्तु, ज्ञेयम् के हो |
तीन कुराहरु छन् :ज्ञेयम्, ज्ञाता र ज्ञान | ज्ञानको विषय जसले जान्छ उसलाई ज्ञाता भनिन्छ, र ज्ञानको विषयलाई ज्ञेयम् भनिन्छ | र यसलाई जान्ने विधिलाई ज्ञान भनिन्छ | जब हामी ज्ञानको कुरा गर्छौं, तीन कुराहरु हुनुपर्छ: ज्ञानको विषय, जसले जान्न चाहन्छ, र प्राप्त गर्ने विधि |
त्यसैले कोहि-कोहि... जस्तै भौतिक वैज्ञानिक, तिनीहरु केवल प्रकृति जान्न चाहन्छन् | तर तिनीहरु पुरुषलाई जान्दैनन् | प्रकृति भनेको भोग्ने कुरा र पुरुष भनेको भोक्ता | वास्तवमा भोक्ता कृष्ण हुनुहुन्छा | उहाँ मूल भोक्ता हुनुहुन्छ | यो अर्जुनले मान्नेछन्: पुरुषं शाश्वतम् | "हजुर मूल भोक्ता हुनुहुन्छ, पुरुषं |" कृष्ण भोक्ता हुनुहुन्छ र हामी सबै जीवहरु र प्रकृति, सबै कृष्णद्वारा भोगिनुपर्ने हो | यो कृष्णको हो...
अर्को पुरुष, हामी जीवहरु | हामी पुरुष होइनौं | हामी पनि प्रकृति हौँ | हामी भोगिनुपर्ने हो | तर यो भौतिक अवस्थामा हामी पुरुष बन्न खोजिरहेकाछौँ | यसको मतलब जब प्रक्रिता वा जीवहरु पुरुष बन्न खोज्छन्, त्यो भौतिक अवस्था हो | यदि एउटी महिला पुरुष बन्न खोज्छिन् भन्ने त्यो अस्वाभाविक हो, त्यस्तै जब जीवहरु, जो प्राकृतिक रुपमा भोगिनुपर्ने हुन्..... एउटा उदाहरण, हामीले धेरै पटक भनिसक्यौं, कि यो औंलाले केहि मिठो खानेकुरा समाउँछ, तर वास्तवमा औंलाहरु भोक्ता होइनन् | यी औंलाले वास्तविक भोक्ता, पेटलाई मदत गर्न सक्छन् | यीनले मिठो खानेकुरा टिपेर मुखमा हाल्न सक्छन्, र जब खाना पेटमा जान्छ, असली भोक्ता, तब सबै प्रकृति शरीरको सम्पूर्ण भागहरु, शरीरको सबै अङ्गले सन्तुष्टिको अनुभव गर्छन् | त्यसैले पेट भोक्ता हो, जुनसुकै भाग होइन |
हितोपदेशमा एउटा कथा छ जसबाट येसोपको कहानी अनुवादित भएको हो | एउटा कथा छ : उदरेन्द्रियानाम् | उदर | उदर भनेको यो पेट, र इन्द्रिय | उदरेन्द्रियानामको एउटा कथा छ | सबै इन्द्रियहरु एउटा बैठकमा भेला भए | तिनीहरुले भने कि "हामी कर्मेन्द्रिय हौँ....." (संगैमा) त्यो किन खुला छ ? "हामी काम गरिरहेका छौं |" खुट्टाले भन्यो "म दिउँसोभरि हिंडीरहेको छु |" हातले भन्छ "म दिउँसोभरि काम गरिरहेको छु, जता शरीरले भन्छ |" "तिमी यता आऊ र खानेकुरा टिप |" खानेकुरा ल्याउने अनि पकाउने | म पकाउँछु पनि |" अनि आखाँ, यसले भन्छ "म हेरिरहेको छु |" सबै हातखुट्टाले हड्ताल गरे कि "हामी अब पेटको लागि काम नगर्ने | यो खालि खाएर मात्र बस्छ |" "हामी सबै काम गरिरहेका छौं, यो पेट चाहिं खाएर मात्र बस्छ |" अनि यो हड्ताल...... पुँजीवादी र मजदूरहरु बीच जस्तै | मजदूरहरु हड्ताल गर्छन्, काम रोकिन्छ |
सबै हातखुट्टा, शरीरका अङ्गहरु, तिनीहरु हड्ताल बसे र २-३ दिनपछि जब तिनीहरु पुनः भेटे, तिनीहरुले एकआपसमा कुरा गरे "हामी किन कमजोर हुँदैछौं ? हामी काम गर्नै सक्दैनौं |" अनि खुट्टाले पनि भन्यो "मलाई कमजोरी महसुस भइरहेको छ |" हातलाई पनि कमजोरी महसुस भइरहेको छ, सबैलाई | कारण के हो त? कारण....अनि पेटले भन्यो "किनकि मैले खाइरहेको छैन |" यदि तिमीहरुलाई बलियो हुनु छ भने मलाई खान दिनुपर्छ | अन्यथा ...म भोक्ता हुँ | तिमीहरु होइन | तिमीहरु मेरो तृप्तिको लागि आपूर्ति गर | तिमीहरु आफ्नो ठाउँमा बस |" तिनीहरुले बुझे: "हो | हामीले प्रत्यक्ष भोग गर्न सक्दैनौं | यो सम्भव छैन |" तृप्ति भनेको पेटबाट हुनुपर्छ | तिमीहरु एउटा लालमोहन लिऊ, औंलाहरु, तिमीहरु भोग गर्न सक्दैनौं | तिमीहरु मुखलाई देउ, अनि जब पेटमा जान्छ, तत्काल शक्ति आउँछ | औंलामात्र होइन, आँखा, अनि सबै अङ्गहरु, तिनीहरुले सन्तुष्टि र शक्ति अनुभव गर्छन् | त्यसैगरी वास्तविक भोक्ता भनेको कृष्ण हुनुहुन्छ |
कृष्णले भन्नुहुन्छ:
- भोक्तारं यज्ञ-तपसां सर्वलोक-महेश्वरम्
- सुहृदं सर्व-भूतानां ज्ञात्वा मां शान्तिम् ऋच्छति
- (भ गी ५।२९ ) |