NE/Prabhupada 0049 - हामी प्रकृतिको नियमले बाँधिएका छौं
Arrival Talk -- Aligarh, October 9, 1976
संकीर्तन साह्रै गौरवशाली छ। यो श्री चैतन्य महाप्रभुको आशिर्वाद हो। परं विजयते श्री-कृष्ण-संकीर्तनम् | यो उहाँको आशिर्वाद हो: यस युगमा केवल संकीर्तनबाट | वैदिक ग्रन्थ, वेदान्त-सुत्रमा यसको पुष्टी गरिएको छ। शब्दाद् अनावृत्ति । अनावृत्ति, मोक्ष । हाम्रो अहिलेको स्थिती बन्धन हो । हामीहरू सबै प्रकृतिको नियमले बाँधीएका छौं। हामीहरुले मूर्खतापूर्वक स्वतन्त्रता घोषणा गर्नसक्छौं- त्यो हाम्रो मूर्खता हो- तर वास्तवमा हामीहरू प्रकृतिको नियमले बाँधिएका छौं।
- प्रकृतेः क्रियमाणानि
- गुणैः कर्माणि सर्वशः
- अहङ्कार विमूढात्मा
- कर्ताहम्....
- (भ गी ३।२७)
हामीहरू प्रकृतिको नियमले बाँधिएका छौं, तर जो मूर्ख छन्, विमुढात्मा, झुटो प्रतिष्ठाको प्रभावमा, त्यस्ता मानिसहरू आफु स्वातन्त्र छु भनेर सोच्दछन्। होइन | वास्तवमा त्यसो होइन। त्यसैले यो भ्रम हो | यो भ्रमलाई शुद्धिकरण गर्नुपर्दछ। जीवनको लक्ष्य यहि हो। तसर्थ श्रीचैतन्य महाप्रभुले सिफारिस गर्नुहुन्छ कि यदि तपाई हरे कृष्ण महामन्त्र जप्नुहुन्छ भने जप गर्दाको पहिलो फाइदा चेतो दर्पण मार्जनम् (चै च अन्त्य २०।१२ ) हुनेछ । किनकि भ्रम भनेको हृदयबाट आउने हो । यदि हाम्रो हृदय सफा छ भने चेतना सफा हुन्छ र गलत धारणा हुनेछैन।
त्यसैले चेतनालाई शुद्ध पार्नुपर्दछ। र हरे कृष्ण मन्त्रको जप गरेको यो पहिलो नतिजा हो। कीर्तनाद् एव कृष्णस्य मुक्त-सङ्ग परं व्रजेत् (श्री भ १२।३।५१ ) | केवल कृष्णको पवित्र नाम जपेर, कृष्णस्य , हरे कृष्ण | हरे कृष्ण, हरे राम, उही कुरा हो | राम र कृष्ण नाममा केहि फरक छैन | रामादि मूर्तिषु कला नियमेन तिष्ठन् (ब्र स ५।३९) त्यसैले तपाईलाई आवश्यक छ |
वर्तमान परिस्थितिमा गलत धारणा व्याप्त छ, कि, "म यो भौतिक प्रकृतिको वस्तु हुँ" "म शरीर हुँ"। "म भारतीय हुँ," "म अमेरिकी हुँ," "म ब्राह्मण हुँ," :म क्षत्रीय हुँ", इत्यादी... धेरै किसिमका उपाधीहरू छन्। तर हामी ती कुनै होइनौं। यो हो सफाइ | चेतो दर्पण। जब हामीहरुले स्पष्ट बुझ्छौं कि " म भारतीय होइन, म अमेरिकी होइन, म ब्राह्मण होइन, म क्षत्रिय होइन" मतलब "म यो शरीर होइन"- तब चेतना अहं ब्रह्मास्मि हुनेछ | ब्रह्मभूत: प्रसन्नात्मा न शोचति न कांक्षति (भ गी १८।५४) | यो चाहिएको छ | यो जीवनको सफलता हो |