NE/Prabhupada 0073 - वैकुण्ठ भनेको दु:खरहित
Lecture on BG 10.2-3 -- New York, January 1, 1967
यो होइन कि यस सङ्गमा तपाईले यसो गर्नुपर्छ | तपाईले यो कला सिक्न सक्नुहुन्छ, र तपाईले घरमा पनि गर्न सक्नुहुन्छ | तपाईले पनि यस्तो परिकार, राम्रो परिकार घरमा बनाउन सक्नुहुन्छ, कृष्णलाई भोग लगाउन सक्नुहुन्छ |यो त्यति गाह्रो छैन | हामी हरेक दिन बनाउँछौं, कृष्णलाई भोग लगाउछौं र मन्त्र जप्छौँ, नमो ब्रह्मण्य-देवाय गो-ब्राह्मण-हिताय च जगद्-धिताय कृष्णाय गोविन्दाय नमो नमः | यति हो | यो त्यति गाह्रो छैन |
सबैले भोजन तयार गर्न सक्छन् र कृष्णलाई भोग लगाएर ग्रहण गर्न सक्छन्, परिवारसँग वा साथीसँग बसेर, कृष्णको तस्विर अघि जप्न सक्छन्,
- हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
- हरे राम हरे राम राम राम हरे हरे
र शुद्ध जीवन बाँच्न सक्छन् | नतिजा त हेर्नुहोस् | यदि हरेक घर, हरेक मानिसले कृष्णलाई बुझ्ने यस सिद्धान्तलाई आत्मसात गर्छ भने..... सारा संसार वैकुण्ठ बन्छ |
वैकुण्ठ भनेको जहाँ दु:ख हुँदैन | वैकुण्ठ | वै भनेको बिना, र कुण्ठ भनेको दु:ख | यो संसार दु:खले भरिएको छ | सदा समुद्विग्न धियाम् असद् ग्रहात् (श्री भा ७।५।५ ) | हामीले यो क्षणिक भौतिक जीवन रोजेको कारण हामी सधैँ दु:खमा अल्झिएका छौं | आध्यात्मिक जगतमा यसको ठिक उल्टो हुन्छ, जहाँका ग्रहहरुलाई वैकुण्ठ भनिन्छ | वैकुण्ठ भनेको दु:खरहित |
हामी दु:खबाट मुक्त हुन चाहन्छौं | सबैजना आफुलाई दु:खबाट मुक्त गर्न प्रयासरत छन् तर उनीहरुलाई थाहा छैन कि यो दु:खबाट कसरी मुक्त हुने | आफुलाई दु:खबाट मुक्त पार्न नशाको आश्रय लिनु फलदायी हुँदैन | यो लागुऔषध हो | यो विस्मृति मात्र हो | कहिलेकहीं, हामी सबै बिर्सन्छौं तर फेरी जब आफ्नो चेतनामा आइन्छ, उहि दु:ख र उहि कुरा छ | त्यसैले यसले मदत गर्दैन |
यदि तपाईलाई दु:खबाट मुक्ति चाहिन्छ र यदि तपाईलाई साच्चिकै आनन्द र ज्ञान सहितको नित्य जीवन चाहिन्छ भने यो विधि हो | यो विधि हो | तपाईले कृष्णलाई बुझ्नुपर्छ | यहाँ स्पष्ट भनिएको छ कि न मे विदु: सुर गणा: (भ गी १०।२ ) | कसैले बुझ्न सक्दैन | तर एउटा उपाय छ | सेवोन्मुखे हि जिह्वादौ स्वयं एव स्फ़ुरति अद: (भ र सि १|२|२३४) | यो विधि हो |
श्रीमद् भागवतमा धेरै स्थानमा यो विधिलाई विभिन्न तरिकाले व्याख्या गरिएको छ | जस्तै एक ठाउँमा भनिएको छ
- ज्ञाने प्रयासम् उदपास्य नमन्त एव
- जीवन्ति सन्-मुखरितां भवदीय-वार्ताम्
- स्थाने स्थिताः श्रुति-गतां तनु-वाङ्-मनोभिर्
- ये प्रायशो ऽजित जितो ऽप्य् असि त्ऐस् त्रि-लोक्याम्
- (श्री भा १०।१४।३ )
यो धेरै राम्रो श्लोक छ | यहाँ भनिएको छ कि अजित, कसैले जान्न सक्दैन | भगवानको अर्को नाम अजित हो | अजित भनेको कसैले उहाँलाई जित्न सक्दैन | कोहि उहाँसम्म पुग्न सक्दैन | त्यसैले उहाँको नाम अजित हो | अजितलाई जित्न सकिन्छ | अजित जितो ऽपि असि | यद्यपि भगवानलाई बुझ्न सकिन्न, भगवानलाई जित्न सकिन्न, तर पनि, उहाँ जितिनुहुन्छ | कसरी? स्थाने स्थिता: |