NE/Prabhupada 0086 - किन यति धरै भिन्नता छन्?

Revision as of 08:01, 19 September 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0086 - in all Languages Category:NE-Quotes - 1970 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Sri Isopanisad, Mantra 9-10 -- Los Angeles, May 14, 1970


किन हामी विभिन्न किसिमका व्यक्तित्वहरु भेट्छौं ? यदि शरीर खकार, श्वास र पित्तको मिसावटबाट बनेको हो भने किन एकै किसिमको नभएको? तिनीहरु यस विषयको ज्ञान सिक्दैनन् | किन यस्तो धेरै भिन्नता छ ? कोहि मानिसहरु जन्मिँदा करोडपति हुन्छन्, अर्को मान्छेलाई बिहान बेलुका खान पुग्दैन, यद्यपी ऊ निकै परिश्रम गरिरहेको हुन्छ। किन यस्तो भेद ? किन कसैलाई यस्तो राम्रो परिस्थितिमा राखिन्छ ? किन अर्कोलाई राखिंदैन ? यहाँ कर्मको नियम छ, व्यक्तित्व | यो ज्ञान हो | तसर्थ ईशोपनिषदमा भनिएको छ अन्यद् एवाहुर् विद्यया अन्यद् आहुर् अविद्यया | जो अज्ञानतामा छन्, तिनीहरूले भिन्न किसिमको ज्ञान प्राप्त गरिरहेका हुन्छन्, र जो वास्तवमा ज्ञानमा अवस्थित हुन्छन्, तिनीहरूले भिन्न किसिममा ज्ञान प्राप्त गरिरहेका हुन्छन् | सामान्य मानिसहरूले हाम्रो कृष्णभावनाका क्रियाकलापहरु मन पराउँदैनन् | तिनीहरु चकित हुन्छन् | हिजो मलाई गर्गमुनीले भन्दै थिए कि मानिसहरु सोध्छन्,"तिमीहरूले यत्रो पैसा कहाँबाट पाउँछौ ? तिमीहरूले धेरै गाडी र चर्च किनिरहेका छौ र पचास साठ्ठी मानिसहरूलाई दैनिक पालेर मजा गरिरहेका छौ?" (हाँसो चल्छ) तिनीहरू छक्क परेका छन्। र हामीहरू छक्क परेका छौं किन यी धुर्तहरु केवल पेट भर्नको लागि यति मेहेनत गरिरहेका छन् | भगवद् गीतामा भनिएको छ, या निशा सर्व​-भूतानां तस्यां जाग्रति संयमी | हामीहरू देख्दछौं कि मानिसहरू निन्द्रामा छन्, र तिनीहरूले हामीहरूले समय नाश गरिरहेको देख्छन्। यो विपरित दृष्टिकोण हो। किन? किनभने तिनीहरूको काम गर्ने तरिका भिन्न छ, हाम्रो काम गर्ने तरिका भिन्न छ ।

अब, बुद्धिमान मानिसहरूले छुट्याउनुपर्छ कि कसको काम गर्ने तरिका राम्रो हो। यी विषयहरु वैदिक शास्त्रमा राम्ररी बताइएको छ। एक अर्को ठाउँमा, जस्तै यो ईशोपनिषद् हो, त्यसैगरी, अर्को उपनिषद् छ, गर्ग उपनिषद् | यो सम्बन्धमा निकै विद्वान पती र पत्निबिचको वार्ता प्रस्तुत गरिएको छ। पतीले पत्निलाई सिकाउँदैछन् । एतद् विदित्वा यः प्रयाति स एव ब्राह्मण गर्गि | एतद् अविदित्वा यः प्रयाति स एव कृपना | यो ज्ञानको वास्तविक संस्कृति, जसले..... सबैले जन्म लिन्छन् र सबै मर्नेछन् | यसमा कुनै मतभेद छैन। हाम्रो पनि मृत्यु हुनेछ, तिनीहरूको पनि मृत्यु हुनेछ। तिनीहरुले भन्न सक्छन्,"तिमीहरु जन्म, मृत्यु, जरा र व्याधिको विषयमा सोच्दछौ। के तिमीहरुको मतलब यो हो कि तिमीहरुले कृष्ण भावनाको ज्ञान प्राप्त गरेको कारण तिमीहरु प्राकृतिक प्रकोपका यी चार सिद्धान्तबाट बच्नेछौ?" होइन | त्यो तथ्य होइन | तथ्य यो हो कि, गर्ग उपनिषदमा भनिएको छ,एतद् विदित्वा यः प्रयाति | जसले आफु के हो भन्ने ज्ञान जानेपछि यो शरीर छोड्छ, स एव ब्राह्मण, ऊ ब्राम्हण हो। ब्राम्हण.......हामीहरुले तपाईहरुलाई जनाई दिंदैछौं | किन? तपाई केवल यो बुझ्ने प्रयास गर्नुहोस् कि जीवनको रहस्य के हो | ती हुन् ब्राह्मण | विजानतः हामीहरूले यो श्लोकमा पढेका छौं, विजानतः | जसले सबै वस्तुको यथार्थ रुप जानेर यो शरीर छोड्छ, ऊ ब्राह्मण हो |