NE/Prabhupada 0174 - प्रत्येक जीव भगवानका सन्तान हुन्

Revision as of 11:45, 24 September 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0174 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 1.8.26 -- Los Angeles, April 18, 1973


हरेक जीव भगवानका सन्तान हुन् | भगवान् परम पिता हुनुहुन्छ | कृष्ण भन्नुहुन्छ: अहं बिज-प्रदः पिता | "म सबै जीवको बिज प्रदायक पिता हुँ |" सर्व-योनिषु कौन्तेय (भगी १४।४) | "उनीहरु जुन शरीरमा भएपनि, सबै जीवहरु मेरा पुत्रहरु हुन्| " वास्तवमा यो तथ्य हो | हामी सबै जीव भगवानका सन्तान हौँ | तर हामीले बिर्सिएका छौँ | त्यसैले हामी यद्ध गर्दैछौँ | जस्तै राम्रो परिवार, यदि सबैलाई थाहा छ कि: "पिता हामीलाई खानेकुरा प्रदान गर्दै हुनुहुन्छ | त्यसैले हामी भाइहरु किन झगडा गर्ने ?" त्यसैगरी, यदि हामी भागवत् चेतनामा अवस्थित हुन्छौं, यदि हामी कृष्ण भावनाभावित हुन्छौं भने यो झगडा अन्त्य हुन्छ | "म अमेरिकी हुँ, म भारतीय हुँ, म रुसी हुँ, म चिनियाँ हुँ |" यो सबै नचाहिने कुराको अन्त्य हुन्छ | कृष्ण भावनामृत अभियान निकै राम्रो छ | जब मानिसहरु कृष्ण भावनाभावित हुन्छन्, यो युद्ध, राजनैतिक युद्ध, राष्ट्रिय युद्ध, तुरुन्त अन्त्य हुन्छ | किनभने उनीहरु वास्तविक चेतनामा अवस्थित हुनेछन् कि सबै कुराको मालिक भगवान हुनुहुन्छ | जसरी बच्चाले परिवारमा पिताको फाइदा उठाउन सक्छ, त्यसैगरी यदि सबजना भगवानका अंश हुन् भने, यदि सबजना भगवानका सन्तान हुन् भने सबैले आफ्नो पिताको सम्पत्तिको फाइदा उठाउन सक्छन् | यो सबैको अधिकार.....यो होइन कि उक्त अधिकार केवल मानवसँग छ | भगवद्-गीता अनुसार यो सबै जीवको अधिकार हो | चाहे ऊ कुनै पशु होस् वा रुख होस् वा पंक्षी होस् वा किरा होस् | यो कृष्ण भावना हो |

हामी सोच्दैनौं कि मेरो भाई राम्रो छ, म राम्रो छु | अरु सबै नराम्रा छन् | यस्तो प्रकारको तल्लो स्तरको र नराम्रो चेतनालाई हामीले घृणा गर्छौं, हामी लात हान्छौं | हामी सोच्छौं: पण्डिताः सम-दर्सिनः (भगी ५।१८) | हामीले भगवद् गीतमा यो पाउन सकिन्छ | विद्या-विनय​-सम्पन्ने ब्राह्मणे गवि हस्तिनि शुनि चैव श्व​-पाके च पण्डिताः सम​-दर्शिनः (भगी ५।१८) जो पण्डित छ, जो ज्ञानी छ, उसले सबै जीवलाई समान स्तरमा देख्छ | त्यसैले वैष्णव निकै दयालु हुन्छन् | लोकनां हित-कारिणौ | उनीहरुले वास्तवमा मानव समाजको लागि फाइदाजनक कार्य गर्न सक्छन् | उनीहरुले वास्तविक रुपमा देख्छन्, अनुभव गर्छन् कि सम्पूर्ण जीवहरु भगवानका अंश हुन् | कुनै कारण उनीहरु भौतिक प्रकृतिको सम्पर्कमा खसेका छन् र विभिन्न कर्म अनुसार उनीहरुले विभिन्न शरीर प्राप्त गरेका छन् | पण्डित, जो विद्वान छन्, उनीहरुसँग भेद हुँदैन कि: "यो जनवार हो, यसलाई वधशालामा पठाउनुपर्छ र यो वक्तिले उसलाई खान्छ |" होइन | कृष्ण भावनाभवित व्यक्ति सबजना प्रति निकै दयालु हुन्छ | किन जनावरको हत्या गर्ने | त्यसैले हाम्रो दर्शनमा मासु-नखाने नियम छ | मांसाहर नगर्ने | हामीले गर्नुहुँदैन | उनीहरु हामीलाई सुन्दैनन् | "ओहो, यो के नचाहिने कुरा हो ?" यो हाम्रो खानेकुरा हो | हामी किन नखाने?" किनभने एधमान-मदः (भगी १।८।२६) | ऊ नशामा लिप्त मूर्ख हो | उसले वास्तविक तथ्य कहिल्यै सुन्दैन |