NE/Prabhupada 0235 - अयोग्य गुरू भनेको जसले शिष्यलाई मार्गदर्शन गर्न सक्दैन

Revision as of 09:53, 20 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0235 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 2.4-5 -- London, August 5, 1973


गुरून् अहत्वा | कृष्णका एक भक्त, यदि उनी अयोग्य गुरु हुन्...... अयोग्य गुरु भनेको जसले शिष्यलाई मार्गनिर्देशन गर्न सक्दैन | गुरुको कर्तव्य मार्गनिर्देशन गर्नु हो | त्यसैले त्यस प्रकारको गुरुलाई अस्विकार गर्नुपर्छ | त्यो जीव गोस्वामीको...... कार्य​-कार्यम् अजानतः | जुन गुरुलाई के गर्ने र के नगर्ने थाहा छैन, तर गल्तीले, यदि मैले कसैलाई गुरुको रुपमा स्वीकारेको छु भने उसलाई अस्वीकार गर्न सकिन्छ | उसलाई अस्वूकार गरेर, तपाई आधिकारिक गुरुलाई स्वीकार्न सक्नुहुन्छ | गुरुलाई मारिंदैन, तर उनलाई अस्वीकार गर्न सकिन्छ | त्यो शास्त्रको उपदेश हो | त्यसैले भीष्मदेव वा द्रोणाचार्य, अवश्य पनि उनीहरु गुरु थिए, तर कृष्णले अप्रत्यक्ष रुपमा अर्जुनलाई निर्देशन दिनुभयो, कि "यद्यपि उनीहरु गुरुको स्थानमा छन्, तर तिमीले उनीहरुलाई अस्विकार गर्न सक्छौ |" कार्य-कार्यम् अजानत: | "उनीहरुलाई वास्तविकता थाहा छैन |" यी भीष्मदेवले आफ्नो स्थितिलाई भौतिक रुपमा लिए | उनलाई सुरुवातदेखि सबै कुरा थाहा थियो कि पाण्डवहरु, उनीहरु पिताविहिन थिए र उनले पाण्डवहरुलाई सुरुवातदेखि हुर्काए | त्यो मात्र होइन, उनी पाण्डवहरु प्रति यति स्नेही थिए कि उनी सोच्दै थिए, जब उनीहरुलाई वन पठाइयो, देशनिकाला गरियो, त्यस समयमा भीष्मदेव रुँदै थिए, कि "यी पाँच बालकहरु, तिनीहरु यति शुद्ध, ईमान्दार छन् | र शुद्ध र ईमान्दारमात्र होइन, यति शक्तिशाली योद्धा, अर्जुन र भीम | र यी द्रौपदी भाग्यकि देवी हुन् | र उनीहरुका मित्र परम पुरुषोत्तम भगवान् कृष्ण हुनुहुन्छ | र उनीहरु पीडा पाउँदैछन् ?" उनी रोए | उनी यति धेरै स्नेही थिए | तसर्थ अर्जुनले सोच्दै थिए,"मैले भीष्मलाई कसरी मार्न सक्छु ?" तर कर्तव्य यति बलवान हुन्छ | कृष्ण सुझाव दिंदै हुनुहुन्छ,"हो, उनलाई मार्नुपर्छ किनकि उनी अर्को पक्षमा गएका छन् | उनले आफ्नो कर्तव्य बिर्सिएका छन् | उनले तिम्रो पक्ष लिनुपर्थ्यो | तसर्थ उनी अब गुरुको स्थानमा छैनन् | तिमीले उनलाई मार्नुपर्छ | उनले गलत रुपले अर्को पक्षलाई समर्थन गरेका छन् | तसर्थ उनलाई मार्दा कुनै हानि छैन | त्यसैगरी द्रोणाचार्य | मलाई थाहा छ उनीहरु महान व्यक्तित्व हुन्, उनीहरुको ठुलो स्नेह छ | तर केवल भौतिक विचारमा आधारित भएर उनीहरु त्यहाँ गएका छन् |" त्यो भौतिक विचार के हो ? भीष्मले सोचे कि "मेरो पालन-पोषण दुर्योधनको पैसाले भएको छ | दुर्योधनले मेरो पालन-पोषण गर्दैछ | अहिले ऊ खतरामा छ | यदि म अर्को पक्षमा जान्छु भने म अकृतज्ञ हुनुपर्छ | उसले मलाई यति धेरै समयसम्म पालन-पोषण गर्यो | र यदि म खतराको समयमा, जब युद्ध चल्दैछ, अर्को पक्षमा जान्छु भने त्यो......|" उनले यसरी सोचे | उनले सोचेनन् कि "दुर्योधनले पालन-पोषण गरेको होला, तर उसले पाण्डवहरुको सम्पत्ति हडपेको छ |" तर यो उनको महानता हो | उनलाई थाहा थियो कि अर्जुन कहिल्यै मारिनेछैनन् किनकि त्यहाँ कृष्ण हुनुहुन्छ | "त्यसैले भौतिक दृष्टिकोणले म दुर्योधनप्रति कृतज्ञ हुनुपर्छ |" उही स्थिति द्रोणाचार्यको पनि थियो | उनीहरुको पालन-पोषण भएको थियो |