NE/Prabhupada 0241 - इन्द्रियहरु सर्पो जस्तै हुन्छन्
Lecture on BG 2.3 -- London, August 4, 1973
स्वर्गलाई वैदिक साहित्यमा त्रि-दश-पूर् भनेर वर्णन गरिएको छ | त्रि-दश-पूर् | त्रि-दश-पूर् भनेको त्यहाँ तेत्तीस करोड देवी-देवताहरु छन् र उनीहरुका आफ्ना विभिन्न लोक छन् | त्यसलाई त्रि-दश-पूर् भनिन्छ | त्रि भनेको तीन र दश | तेत्तीस वा तीस | जे भए पनि, त्रि-दश-पूर् आकाश-पुष्पायते | आकाश-पुष्प भनेको केहि काल्पनिक | आकाशमा एउटा फुल | फुल बगैंचामा हुनुपर्छ, तर कसैले आकाशमा फुल भएको कल्पना गर्छ भने यो काल्पनिक हुन्छ | भक्तको लागि स्वर्ग लोकमा स्तरोन्नति भनेको आकाशको फुलजस्तै हो | त्रि-दश-पूर् आकाश-पुष्पायते | कैवल्यं नरकायते | ज्ञानी र कर्मी | र दुर्दान्तेन्द्रिय-काल-सर्प-पटली प्रोत्खात-दंस्त्रायते | अनि योगी | योगीहरु प्रयासरत छन् | योगी भनेको योग इन्द्रिय-संयम, इन्द्रिय नियन्त्रण गर्ने | त्यो योगीक अभ्यास हो | हाम्रा इन्द्रियहरु धेरै बलवान छन् | जस्तै हामी पनि, वैष्णवहरु, हामी सर्वप्रथम जिब्रो नियन्त्रण गर्ने प्रयास गर्छौं | त्यस्तै योगीहरु पनि इन्द्रिय नियन्त्रण गर्ने प्रयास गर्छन्, जिब्रोमात्र होइन, तर अरु सबै दश प्रकारका इन्द्रियहरु, योगीक विधिबाट | तिनीहरु किन नियन्त्रण गर्न प्रयासरत छन् ? किनकि इन्द्रियहरु सर्पो जस्तै हुन्छन् | एउटा सर्पो..... जस्तै त्यसले जहाँ छुन्छ, तत्काल मृत्यु हुन्छ | क्षति अवश्य हुन्छ, मृत्युसम्म | यसको उदाहरण छ: जस्तै हाम्रो यौन वेग | जब अवैध यौन सम्बन्ध हुन्छ, धेरै कठिनाइहरु हुन्छन् | अवश्य पनि, आजकल यो धेरै सजिलो भएको छ | पहिले यो धेरै कठिन थियो, विशेषगरी भारतमा | तसर्थ, एउटी युवतीलाई सधैं सुरक्षा दिइन्थ्यो, किनकि यदि उनी युवाहरुसँग सम्बन्धमा रहन्छिन् भने कुनै प्रकारले, जब मैथुन हुन्छ, उनी गर्भवती हुन्छिन् | र उनको विवाह गर्न सम्भव हुँदैन | हुँदैन | सर्पोले छोएको | वैदिक सभ्यता धेरै कडा छ | किनकि सम्पूर्ण लक्ष्य कसरी घर फर्कने, भगवद् धाम फर्कने भन्ने हुन्थ्यो | इन्द्रियतृप्ति होइन, खाने, पिउने, आनन्द लिने, भोग गर्ने | त्यो मानव जीवनको लक्ष्य होइन | त्यसैले सबै कुराको योजना उक्त लक्ष्य अन्तर्गत हुन्थ्यो | विष्णुर् आरध्यते |
- वर्णाश्रमाचारवता पुरुषेण परः पुमान्
- विष्णुर् आरध्यते पन्था नान्यत् तत्-तोष-कारणम्
- (चै च मध्य ८।५८)
वर्णाश्रम, यी ब्राह्मण, क्षत्रिय, वैश्य, सबैले निश्चित विभाजनका सम्पूर्ण नियमहरु कडा रुपमा पालन गर्नुपर्थ्यो | एउटा ब्राह्मणले ब्राह्मणको रुपमा कार्य गर्नुपर्छ | एउटा क्षत्रियले....... यहाँ..... कृष्णले पनि भन्नुहुन्छ,"तिमी क्षत्रिय हौ; किन तिमी यस्तो धूर्त कुरा बोल्दैछौ ? तिमीले युद्ध गर्नुपर्छ !" नैतत् त्वय्य् उपपद्यते (भ गी २।३) | "दुई तरिकाले तिमीले यसो गर्नुहुँदैन | क्षत्रियको रुपमा तिमीले यसो गर्नुहुँदैन र मेरो मित्रको रुपमा पनि तिमीले यसो गर्नुहुँदैन | यो तिम्रो कमजोरी हो |" यो वैदिक सभ्यता हो | क्षत्रियको लागि युद्ध | एउटा ब्राह्मणले युद्ध गर्दैनन् | ब्राह्मण सत्यः शमो दमः हुन्छन्, उनले कसरी सत्यवादी बन्ने अभ्यास गर्छन्, कसरी शुद्ध बन्ने, कसरी इन्द्रिय नियन्त्रण गर्ने, कसरी मन नियन्त्रण गर्ने, कसरी सरल हुने, कसरी वैदिक साहित्यको पूर्ण-ज्ञाता हुने, कसरी जीवनमा व्यवहारिक रुपमा लागु गर्ने, कसरी दृढतापूर्वक एकाग्र हुने | यी ब्राह्मण हुन् | त्यसैगरी क्षत्रियहरु- युद्ध | त्यो आवश्यक हुन्छ | वैश्य-कृषि-गो रक्ष्य-वाणीज्यम् (भ गी १८।४४) | यी सबै नियमहरु कडा रुपमा अनुसरण गर्नुपर्छ |