NE/Prabhupada 0278 - शिष्य भनेको जसले अनुशासन स्वीकार्छ

Revision as of 09:39, 22 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0278 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 7.2 -- San Francisco, September 11, 1968

कृष्णसँग सम्बन्ध विकास गरेको एक शरणागत व्यक्तिले यो ज्ञान बुझ्न सक्छ | शरणागत नभई, नियन्त्रक, शक्ति र कसरी भगवानले सबै नियन्त्रण गर्दै हुनुहुन्छ भन्ने बुझ्न सकिंदैन | तुभ्यां प्रपन्नाय अशेषतः समग्रेण उपदेक्ष्यामि | यस्तो छ स्थिति | तपाईले पछिल्लो अध्यायहरुमा पाउनुहुनेछ कि कृष्णले भन्नुहुन्छ, नाहं प्रकाशः सर्वस्य (भ गी ७।२५) | जस्तै यदि तपाई कुनै शैक्षिक संस्थामा प्रवेश गर्नुहुन्छ, यदि तपाई त्यस संस्थाको नियमहरुमा आफुलाई शरणागत गराउनुहुन्न भने तपाईले संस्थाले दिने ज्ञानको फाइदा कसरी लिन सक्नुहुन्छ ? सबै स्थानमा, जहाँ तपाई केहि प्राप्त गर्न चाहनुहुन्छ, त्यहाँ तपाई नियन्त्रित हुनुपर्छ वा तपाई नियम प्रति शरणागत हुनुपर्छ | जस्तै हाम्रो कक्षामा हामीले भगवद् गीताबाट केहि ज्ञान दिंदैछौं र यदि तपाईले यो कक्षाको नियम पालन गर्नुहुँदैन भने तपाईले ज्ञान प्राप्त गर्न सम्भव छैन | त्यसैगरी, नियन्त्रकको पूर्ण ज्ञान र नियन्त्रण गर्ने विधि तब बुझ्न सकिन्छ, जब मानिस अर्जुन जसरी शरणागत हुन्छ | जबसम्म ऊ शरणागत हुँदैन, यो सम्भव छैन | तपाईले सधैं स्मरण गर्नुपर्छ कि अर्जुनले आफुलाई कृष्ण समक्ष शरणागत गराए | शिष्यस् ते ऽहं शाधि मां प्रपन्नम् ((भ गी २।७) | तसर्थ कृष्णले पनि उनीसँग बोल्दै हुनुहुन्छ |

वास्तवमा शास्त्रका यी छलफलले तबसम्म कार्य गर्दैन, जबसम्म वाचक र श्रोताबीच कुनै सम्बन्ध हुँदैन | श्रोता भनेको शिष्य | शिष्य भनेको जसले अनुशासन स्वीकार्छ | शिष्य | ठिक संस्कृत शब्द शिष्य हो | एक शिष्य भनेको....... संस्कृतमा शस् भन्ने एउटा धातु छ | शस् भनेको नियन्त्रण गर्नु | शस् बाट, "शास्त्र" आउँछ | शास्त्र भनेको नियन्त्रण गर्ने पुस्तक | र शस् बाट, शस्त्र | शस्त्र भनेको हतियार | जब तर्क असफल हुन्छ, कारण असफल हुन्छ....... जस्तै राज्यले नियन्त्रण गर्छ | सर्वप्रथम, तिनीहरुले तपाईलाई कानुन दिन्छन् | यदि तपाईले कानुन तोड्नुहुन्छ, यदि तपाईले नियमको पुस्तक, अर्थात् शास्त्र तोड्नुहुन्छ भने अर्को कदम शस्त्र हुन्छ | शस्त्र भनेको हतियार | जब तपाईले सरकारको नियम पालन गर्नुहुन्न, दाहिने भएर चल्नुपर्छ, तब प्रहरीको लाठी हुन्छ- शस्त्र | तपाई नियन्त्रित हुनुपर्छ | यदि तपाई सज्जन हुनुहुन्छ भने तपाई शास्त्रको उपदेश अनुसार नियन्त्रित हुनुपर्छ | र यदि तपाईले अस्वीकार गर्नुहुन्छ भने दुर्गादेवीको त्रिशुल अगाडि हुन्छ | तपाईले दुर्गादेवीको तस्विर देख्नुभएको छ, त्रिशुल, तीन प्रकारका पीडाहरु | तपाईले कुनै पनि नियम तोड्न सक्नुहुन्न, राज्यको, त्यसैगरी परम मालिक कृष्णको | यो सम्भव छैन | उदाहरणको लागि स्वास्थ्यको नियमलाई लिनुहोस् | यदि हामीले धेरै खायौं भने हामीलाई रोग लाग्छ | तपाईलाई अपच हुन्छ र डाक्टरले तपाईलाई तीन दिन नखाने सल्लाह दिन्छन् | त्यहाँ नियन्त्रण हुन्छ | प्रकृतिद्वारा, भगवानको नियमद्वारा, स्वत: नियन्त्रण हुन्छ | मूर्ख मानिसहरु भगवानको नियम देख्दैनन् तर भगवानको नियम छ | सूर्य ठिक समयमा उदाउँदैछ, चन्द्रमालाई ठिक समयमा देखिन्छ | वर्षको पहिलो समय, जनवरी ठिक समयमा आउँछ | त्यसैले यहाँ नियन्त्रण छ | तर मूर्ख मानिसहरुले देख्दैनन् | सबै कुरा नियन्त्रित छ | भगवान्, कार्य संचालनको प्रक्रिया, यो कसरी नियन्त्रित हुँदैछ, यी कुराहरु बुझ्नुपर्छ | हामी केवल भावनामा चल्नुहुँदैन | धार्मिक भावना अन्धो रुपमा अनुसरण गर्ने मानिसको लागि राम्रो हुन्छ | तर वर्तमान समयमा मानिस तथाकथित शिक्षामा विकसित छन् | भगवद् गीतामा तपाईलाई पूर्ण जानकारी दिइएको छ ताकी तपाईले भगवानलाई आफ्नो तर्क, विवेक, ज्ञानले बुझ्न सक्नुहोस् | यो अन्धो अनुसरण होइन | कृष्ण भावना भावुकता होइन | यसमा ज्ञान र विज्ञानको समर्थन छ | विज्ञानम् | ज्ञानं विज्ञान सहितम् | त्यसैले विज्ञान सहितम् बिना...... र यो ज्ञान बुझ्ने प्रक्रिया भनेको एक शरणागत भक्त बन्नु हो | तसर्थ हामी....... शिष्य, शिष्य भनेको जसले अनुशासन स्वीकार्छ | अनुशासन स्वीकार नगरी, हामीले कुनै प्रगति गर्न सक्दैनौं | यो सम्भव छैन | ज्ञानको कुनै क्षेत्रमा, कार्यको कुनै क्षेत्रमा, यदि तपाई ज्ञान चाहनुहुन्छ भने, यदि वैज्ञानिक र तथ्यपूर्ण रुपमा ज्ञान चाहनुहुन्छ भने तपाईले नियन्त्रण गर्ने सिद्धान्त स्वीकार्नुपर्छ | समग्रेण वक्ष् य स्वरूपं सर्वोकरं यत्र धियं तद् उभय​-विषयकं ज्ञानं व्यक्तुम् |