NE/Prabhupada 0313 - सबै श्रेय कृष्णलाई जान्छ
Lecture on SB 3.26.42 -- Bombay, January 17, 1975
भक्तहरुको काम भनेको महिमा गान गर्ने हो | ऊ आफ्नो लागि केहि पनि श्रेय लिदैन | वस्तवमा त्यहाँ केहि श्रेय लिनुपर्ने जरुरत छैन | सबै श्रेय कृष्णलाई जान्छ | एउटा भक्त न कहिल्यै दाबि गर्छ, न त त्यो सम्भव छ | यदि ऊ निकै ठुलो भक्त भए पनि, ऊ कहिल्यै पनि आफ्नो लागि दावी गर्दैन| उसको राम्रो क्रियाकलापहरु कृष्णको यशस्वीको लागि हुन्छ | त्यो नै उसको यशस्वी कार्य हो , भौतिक मान्छेले जस्तो आफैले श्रेय लिने होइन | स्व-कर्मणा तम् अभ्यर्च्य सिद्धिं विन्दति मानवः (भा गि १८|४६)| स्व -कर्मणा. तिमी कामको जुनैपनी स्थितिमा रहन सक्छौ, जुनै पनि | मात्र तिम्रो काम को प्रहरले तिमीले भगवानको अस्तित्व स्थापना गर्न सक्छौ , कृष्णको, र जे सुकै कुरा भयो, त्यो कृष्णको विशेष प्रबंधनद्वारा भयो | सुर्य ठ्याक्कै समयमा उदाउँछ र ठ्याक्कै समयमा अस्ताउँछ | र मौशम अनुसारको तापक्रम, उत्तरायण, दक्षिणायन भएर घुम्दछ - सबैकुरा सर्वच्चो पुरुषको आदेशमा चलिरहेछ | मयाध्यक्षेण प्रकृतिः (भा गि ९|१०) | यो नासोच कि सुर्य आफै चलिरहेछ भनेर | आफै होइन | मालिक कृष्णको आदेशमा चलिरहेछ | यस्याज्ञया भ्रमति सम्भृत-काल-चक्रः यो ब्रह्माण्डमा सुर्य यति शक्तिमान छ | त्यहाँ लाखौँ सुर्यहरु छन् | यो मात्रै एउटा सुर्य हो - तर यसले कृष्णको आज्ञा पालन गरिरहेछ | यच्-चक्षुर् एष सविता सकल-ग्रहाणां राजा समस्त-सुर-मूर्तिर् अशेष-तेजाः अशेष-तेजा, भनेको असिमित प्रकाश, असिमित आगो, असिमित तातो | अशेष | अशेष-तेजा | सुर्यको तातो र प्रकाश संग केहि तुलना गर्न सकिदैन | यो ब्रह्माण्डमा केहि तुलनागर्न सकिदैन | असिमित छ | लाखौँ लाख वर्षको देखि सुर्यले प्रकाश र तातो दिईरहेको छ, तर त्यहाँ केहि कमि छैन | त्यो लाखौँ वर्षा अगाडीको जस्तो थियो, त्यस्तै छ, र तेत्रो लाखौँ वर्ष घाम र उज्यालो दिएर पनि त्यत्तिनै बाराबरको घाम र उज्ज्यालो छ | त्यसैले के त्यो सम्भव छ कि कुनै भौतिक वस्तु, असिमित तातो र उज्यालो दिएर पनि जत्तिको तत्ति रहन्छ, त्यसैगरी, भगवान् आफ्नो शक्तिलाई विस्तार गरेर फेरी त्यहि रहन सक्नुहुन्छ | उँहा कहिल्यै घट्नु हुन्न | पुर्णस्य पूर्णम् आदाय पूर्णम् एव अवशिष्यते (ईशो मंगलाचरण) त्यसैले हामीले एउटा भौतिक वस्तु देख्न सक्छौँ, कि घाम, लाखौँ वर्षसम्म आइरहन्छ - त्यो उही तातो भैरहन्छ, त्यसले उही तातो र उही उज्यालो दिन्छ, यो कुरा भगवानलाई गर्न किन सम्भव छैन ? त्यसैले इशोपनिषदले हामीलाई भन्छ कि पूर्णस्य पूर्णम् आदाय पूर्णम् एव अवशिष्यते | यदि तिमीले सारा शक्ति कृष्णबाट लियौ भने, अझैपनि सारा शक्ति त्यहाँ छ | तर तिमी आजकाल चकित हुन सक्छौ | आधुनिक भगवानहरु - त्यहाँ धेरै "आधुनिक भगवान " छन् : म नाम भन्न चाहँदिन | तर एउटा आधुनिक भगवान, उसले उसको शक्ति उसको शिष्यलाई दियो, र जब ऊ चेतनामा आयो, ऊ रुँदै थियो | शिष्यले गुरुलाई सोध्यो, "तपाईं किन रुनु भएको ?" " मेरो सबै कुरा सिद्ध्यो, मैले सबै कुरो तिमीलाई दिएँ | मैले सबै कुरो तिमीलाई दिएँ ; त्यसैले म अब सिद्दीँए |" त्यो अध्यात्मिक होइन | त्यो भौतिक हो | म सँग सय रुपैँया छ | यदि मैले तिमीलाई सय रुपैँया दिएँ भने, मेरो गोजी रित्तो हुन्छ | तर कृष्ण त्यस्तो हुनुहुन्न | कृष्णले सयौँ, हजारौँ, लाखौँ, कृष्ण बनाउन सक्नुहुन्छ, र पनि उँहा कृष्ण हुनुहुन्छ | त्यो हो कृष्ण | त्यो शक्ति कहिल्यै नाश हुदैन | त्यसलाई भनिन्छ पूर्णस्य पूर्णम् आदाय पूर्णम् एव अवशिष्यते (ईशो मंगलाचरण) त्यसैले यसको अनुकरण गर्न भगवानले सहायता गर्नु हुदैन | वास्तविक भगवान भनेको, ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द-विग्रहः अनादिर् आदिर् गोविन्दः सर्व-कारण-कारणम् (ब्रह्म स ५|१)| सर्व-कारण-कारणम्, उँहा कहिल्यै नाश हुनुहुन्न | उँहा कहिल्यै नाश हुनुहुन्न | भनिन्छ कि यस्य्ऐक-निश्वसित-कालम् अथावलम्ब्य जीवन्ति लोम-विलजा जगद्-अण्ड-नाथाः विष्णुर् महान् स इह यस्य कला-विशेषो गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि (ब्र स ५|४८) लाखौँ ब्रह्माण्डहरु उँहाको स्वास फेरेको भरमा निस्किन्च्न्न, र फेरी तिनीहरु स्वास भित्र लिएको बेलामा सत्यानाश हुन्छन् | यसैगरी ब्रह्माण्ड बाहिर आउँछन् | जगद्-आन्द-नाथाः जगद्-आन्द -नाथाः जगद्-आन्द भनेको ब्रह्माण्ड, र नाथ भनेको, ब्रह्माण्डको मालिक, भनेको ब्रह्मा | त्यसैले उँहाले जीवनको समय पाउनुभएको छ | र के हो त्यो जीवनको समय ? महा बिष्णुको स्वास फेर्ने समय |