NE/Prabhupada 0328 - यस कृष्ण भावनामृत अभियानले सबैलाई समाहित गर्छ

Revision as of 07:04, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0328 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

University Lecture -- Calcutta, January 29, 1973


त्यसैले यो कृष्ण भवनको अभियान सर्वव्यापी छ | यस्ले संसारको सबै समस्या समाधान गर्न सक्छ -राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, सबै | यो सर्वव्यापी छ | त्यसैले मेरो अनुरोध भनेको म अहिले अमेरिकन र यूरोपियन भक्त हरुसँग काम गर्दै छु | किन भारतीय छैनन् ? मलाई लाग्छ कि यो भेटमा धेरै युवक मान्छेहरु छन्, पढेलेखेका विध्वान| यो अभियानमा सहभागी होऊ, र चैतन्य महाप्रभुको आदेश आनुसार, भारत​-भूमिते मनुष्य जन्म ह्ऐल यार जन्म सार्थक करिऽ करो परोपकार (चै च आदि ९|४१) यो समय भनेको सारा संसारको कल्याण गर्ने समय हो | तिनीहरु भ्रममा छन्, सबैतिर | तिमीलाई थाहा छ, पश्चिम देशमा, हिप्पी अभियान | हिप्पी भनेको के हो ? तिनीहरु पनि पढेलेखेका छन्, धेरै धनि परिवारबाट आएका छन्, तर तिनीहरुलाई आफ्नो आमा बुबा हुर्की आएको सभ्यात मन परेन | तिनीहरुले त्यो अस्विकार गरे | त्यसैले संसारभरि यो कृष्ण चेतेना अभियान प्रचार गर्ने सुनौलो मौका हो | तिमी विलाप गर्दै छौ कि केहि थोरै जमिन पाकिस्तानले लियो भनेर, तर यद्दी तिमीले यो कृष्णचेतनाको अभियान सारा संसार भरि फैलायौ भने सारा संसार हिन्धुस्तान हुन्छ | त्यहाँ त्यतिसम्मको सम्भावना छ ; म तिमलाई मेरो सिधा अनुभूति दिन्छु | मानिसहरु यसको लागि लालायित छन् | त्यसिले म भारतमा छु, व्यावहारिक रुपमा म मेरो समय नस्ट गरिरहेको छु | भारत बाहिर, यो अभियान धेरै गम्भिर रुपमा अगाडी बढीरहेको छ र हरेक पल उचित तरिकासँग उपयोग भएको छ | त्यसैले म एउटा आशाले यो विश्वविध्यालय आएको छु कि तपाईंहरु मध्ये कोहि असल ब्राह्मण बन्नुहुनेछ | संस्कृत विभाग ब्राह्मणको लागि हो | पठन् पाठन् यजन याजन दान प्रतिग्रह​ | ब्राह्मणलाई पण्डित भनिन्छ | किन ? किनकि ब्राह्मण पढेलेखेको हुनुपर्छ | ब्राह्मणलाई मुर्ख भनिदैन | त्यसैले यो विभाग, संस्कृत विभाग भनेको ब्राह्मणहरुको लागि हो | त्यसैले मेरो ईच्छा छ कि तपाईंहरु मध्ये कोसैले यो अभियान सुरु गर्नु पर्छ, र विदेश जानुहुनेछ, यो चैतन्य महाप्रभुको शान्त अभियान प्रचार गर | पृथीवीते आछे यत नगरादि ग्राम​ | त्यहाँ ठुलो आवश्यकता छ | निश्चय नै हामीले धेरै मन्दिर बनाएका छौँ, तर हामीलाई अझै मन्दिर बनाउनु छ, राधा कृष्ण मन्दिर, चैतन्य महाप्रभुको मन्दिर, सारा गाउँ, संसारको सारा सहरमा | अहिले हरेक केन्द्रबाट हामीले गाडीमा भक्तहरु पठाउछौँ | तिनीहरु गाउँभित्र जान्छन्, युरोप र अमेरिकाको गाउँ र तिनीहरुलाई उचित स्वगत गरिन्छ | बिशेष गरेर बेलायतमा, तिनीहरु गाउँ गाउँ जान्छन् | तिनीहरुलाई राम्रोसँग स्वगात गरिन्छ | यो धार्मिक अभियान राम्रो छ | क्रिस्टेन पादरीहरुपनि आश्चर्यचकित छन् | तिनीहरु अचम्ममा पर्छन् | बोस्टनमा एउटा पादरीले प्रचा बँढिरहेको थियो "यी केटाहरु, तिनीहरु हाम्रो केटाहरु हुन्, क्रिस्टेन र यहूदियों होइन |" यो अभियान आगाडी, तिनीहरुले चर्च जान पनि मान्दैन थिए | अहिले तिनीहरु भगवानको लागि पागल भैईसके |" त्यो तिनीहरुले स्वीकार गरिसके | क्रिस्टेन पादरीका व्यक्तिहरु, तिनीहरु हाम्रो विरुद्दमा छैनन् | जो उच्च दर्जाका छन्, तिनीहरु स्वीकार गर्छन् "स्वामीजीले केहि वास्तविक कुरा भन्दैहुनुहुन्छ |" तिनीहरुको पिता हजुरवुबा म सँग आउँछन् | यहाँ शिर निहुर्याउँछन् | तिनीहरु भन्छन्, "स्वामीजी, हाम्रो ठुलो भाग्य हो कि तपाईं हाम्रो देशमा आउनुभयो |" त्यसैले म एक्लै काम गरिरहेछु, र यो अभियान प्रसंशीय छ | र यदि पढेलेखेका विद्यार्थीहरु आगाडी बढेर यो अभियानलाई आगाडी बढाए भने ... यो त्यसैको लागि हो | ब्राह्मणको काम भनेको, प्रचार गर्ने हो | ब्रह्म जानाति | ब्राह्मण चिन्नु पर्छ, र ब्रह्म-ज्ञानको शिक्षा बढ्ँनु पर्छ | त्यो ब्राह्मणको कर्तव्य हो |