NE/Prabhupada 0371 - अामार जीवन तात्पर्य

Revision as of 09:04, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0371 - in all Languages Category:NE-Quotes - Unknown Date Category:NE-Quo...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Purport to Amara Jivana in Los Angeles


अमार जीवन सदा पापे रत नाहिको पुण्येर लेश​ | यो भजन भक्तिविनोद ठाकुरले वैष्णव विनम्रतामा गाउँनु भएको हो | एक वैष्णव सधै नम्र र विनम्र हुन्छन् | त उहाँले साधारण मानिसहरुको जीवनमा आफुलाई एक पत्र बनाएर बर्णन गर्नुभएको छ | साधारण मानिसहरुको चरित्र यो भजनले ब्याख्या गर्छ | उहाँ भन्नुहुन्छ " मेरो जीवन सधै पापकार्यमा संलग्न भएर बित्यो, र यदि तिमीले खोज्छौ भने, र यदि तिमीले खोज्छौ भने त्यहाँ पुण्य कार्यको निशान पनि छैन | केवल पाप कार्य मात्रै छन् | र मलाई सधै अरु प्राणीहरुलाई दुख दिन मनपर्छ | त्यो मेरो काम हो | म अरु पिडामा भएको हेरेर खुसि हुन्छु |" निज सुख लागिऽ पापे नाहि डोरि | " मेरो इन्द्रिय तृप्तिका लागि, म कुनै पाप कार्यको चिन्ता गर्दिन | त्यो भनेको यदि त्यो मेरो इन्द्रियहरुको लागि संतोषजनक छ भने म जुनसुकै पाप कार्य गर्न पनि स्वीकार गर्छु |" दया-हीन स्वार्थ​-परो | " म थोरै पनि दयालु छैन, र म केवल आफ्नै व्यक्तिगत इच्छा मात्रै हेर्छु |" पर​-सुखे दु:खी " " जब अरु पिडामा हुन्छन्, म खुसि हुन्छु, र म सधै झुट बोल्छु," सदा मिथ्या-भाषी | " साधारण कुराको लागि पनि म झुट बोल्न अभ्यस्त छु |" पर​-दु:ख सुख​-करो | " र यदि एक दुखि छ भने, त्यो मेरो लागि आनन्द हुन्छ |" अशेष कामना हृदि माझे मोर​ | "मेरो हृदयमा धेरै इच्छाहरु छन्, र म सधै रिसाउछु र झुटो प्रतिष्ठा राख्छु, झुटो प्रतिष्ठाबाट सधै आत्मसन्तुस्ट हुन्छु |" मद​-मत्त सदा विषये मोहित​ | " म सधै इन्द्रिय तृप्तिको विषयमा माग्द हुन्छु, र म लगभग पागल छु |" हिंसा-गर्व विभूषण​ | " मेरो गहनाहरु ईर्ष्या र झुटो अभिमानहरु हुन्|" | निद्रलास्य हत सुकार्जे बिरत​| " म निन्द्रा र अल्छिपनको अधिनमा छु ," सुकार्जे बिरत​, " र मा पुण्य कर्मबाट सधै विरुद्धमा छु," अकार्जे उद्योगी आमि, र म अधर्मी कार्य गर्न धेरै उत्साहित हुन्छु |" प्रतिष्ठ लागिया शाठ्य​-आचरण​, " म केवल आफ्नो अभिमानको लागि अरुलाई धोका दिन्छु |" लोभ​-हत सदा कामी, " मलाई सधै लालच र कामले जित्छ |" ए हेनो दुर्जन सज्-जन​-बर्जित​, " त्यसैले म धेरै पतित छु, र मसँग भक्तहरुको सँग छैन|" अपराधी, "अपराधी," निरन्तर, " सधै |" सुभ​-कार्ज​-शून्य​, " मेरो जीवनमा, त्यहाँ थोरै पनि पुण्य कामहरु छैनन्," सदानर्थ मना: , " र मेरो मन सधै बदमास कार्यमा आकर्षित हुन्छ |" नाना दु:खे जर जर​ | " त्यसैले मेरो शिथिल जिन्दगीको अन्त्यमा, म यी पीडाहरुबाट अशक्त छु |" बार्धक्ये एखोन उपाय​-विहीन​, " मेरो बुढो उमेरमा मसँग अरु केहि विकल्प छैन ," ता ऽते दीन अकिञ्चन​, " त्यसैले बलपुर्वक, म अहिले नम्र र विनम्र भएको छु |" भक्तिविनोद प्रभु चरणे, " त्यसैले भातिविनोद ठाकुरले प्रस्ताव राख्दै छ उसको जीवनको कार्यहरु भगवानको चरणमा राख्दै छ |"