NE/Prabhupada 0377 - भजहू रे मन तात्पर्य

Revision as of 09:13, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0377 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Pu...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Purport to Bhajahu Re Mana -- Los Angeles, May 27, 1972


त जो भजन गोविन्द दासले लेख्नु भएको छ | गोविन्द - दास - अभिलास रे | यो इच्छा के हो ? अभिलास भनेको इच्छा हो | भजहू रे मन श्री-नन्द​-नन्दन​: " मेरो प्यारो मन ....." किनकि मन हाम्रो साथी पनि हो र शत्रु पनि हो | यदि तिमीले आफ्नो मनलाई तालिम दियौ भने त्यो तिम्रो राम्रो साथी हुन्छ | र यदि तिमि त्यो गर्न सफल भएनौ भने मन तिमो ठुलो शत्रु हुन्छ | स वै मन​: कृष्ण​-पदारविन्दयो: ( श्री भ ९|४|१८)| त्यसैले मनलाई सधै कृष्णको चरण कमलमा स्थिर गर्नुपर्छ, तब मन आफै नियन्त्रणमा आउँछ र तिम्रो साथी हुन्छ | त्यसैले गोविन्द दासले आफ्नो इच्छा प्रकट गर्नुभएको छ | " मेरो प्यारो मन, तिमी केवल नन्द - नन्दनको भक्तिमय सेवामा संलग्न हौ |" उहाँको......उहाँले कृष्ण भन्नुहुन्न | उहाँले नन्द - नन्दन भन्नुहुन्छ | भजहू रे मन श्री-नन्द​-नन्दन​ | यदि हामीले कृष्णलाई सिधै सम्बोधन गर्नु राम्रो हैन, तर यदि हामीले कृष्णलाई : नन्द - नन्दन, यशोदा - नन्दन , देवकी - नन्दन भनेर सम्बोधन गर्यौ भने, पार्थ​-सारथि - उहाँको भक्तसँगको सम्बन्धमा - तब उहाँ अझ धेरै खुसि हुनुहुन्छ| त्यसैले भजहू रे मन श्री-नन्द​-नन्दन​ | किन श्री-नन्द​-नन्दन​ ? अब, अभय​-चरणारविन्द रे | यदि तिमीले नन्द - नन्दन, कृष्णको चरण कमलको आश्रय लियौ भने , तिमीसँग अरु केहि डर, चिन्ता हुदैन | समाष्रिता ये पद​-पल्लव​-प्लवं महत्-पदं पुण्य​-यशो मुरारे: | भवाम्बुधिर वत्स​-पदं परं पदं पदं पदं यद विपदां न तेषाम् ( श्री भ १०|१४|५८) | यो भगवाद - दर्शन हो | पदं पदं यद विपदाम् | यो भौतिक दुनिया, पदं पदं भनेको पाईला पाईलामा खतरा छ | त जसले कृष्णको चरण कमलको शरण लिन्छ, महत्-पदं पुण्य​-यशो मुरारे: समाष्रिता, उसको लागि त्यहाँ कुनै खतरा हुदैन | अभय​-चरणारविन्द रे. | यो कसरि कृष्णको पुरै शरण लिन सम्भव छ , जुन निडर छ, कुनै चिन्ता बिना, वैकुण्ठ ? दुर्लभ मनव​-जनम सत्-सङ्गे | तिमीले यदि भक्तसंग गर्यौ भने यो सम्भव छ | यदि तिमीले सोच्छौ " अब मैले धेरै प्रगति गरेको छु | अब म एक्लै बस्छु, र हरे कृष्ण जप गर्छु, हरिदास ठाकुरको अनुकरण गर्दै," यो वेकर हो | तिमीले हरिदास ठाकुरको अनुकरण गर्नसक्दैनौ | तिमीले भक्तहरु को सङ्ग गर्नुपर्छ | दुर्लभ मनव​-जनम सत सङे | सत सङे भनेको | सतां प्रसङ्गान मम वीर्य​-संविदो ( श्री भ ३|२५|२५) | यदि तिमी भक्तहरुसँग बस्यौ भने, त्यसपछि उनीहरुको सङ्गले, उनीहरुसँग बोलेर, तिमीले वास्तविक भागवत् चेतनाको बुझाई पाउँछौ | यो धेरै व्यवहारिक छ | जसरी भौतिक संसारमा त्यहाँ धेरै सङ्गहरु छन्, समाजहरु छन् | व्यापारी, उनीहरुसँग स्टॉक विनिमय गर्ने संघ छ, यसले विनिमय गर्छन् | उनीहरुको आफ्नै सङ्ग छ | उनीहरु त्यहाँ जान्छन्, र उनीहरुको व्यापारको सुविधा धेरै राम्रो छ | त्यसरी नै, धेरै सभाहरु छन् | यदि तिमि पिउन र इन्द्रिय तृप्ति गर्न खोज्छौ भने, तिमि विभिन्न संघहरुमा जान्छौ र सङ्ग गर्छौ र तिमीले कसरि पिउने,कसरि यौन गर्ने राम्ररी सिक्छौ | त्यसैले सङ्ग धेरै महत्वपूर्ण छ | त्यसैले, हाम्रो कृष्ण चेतनाको समाज, हामीले मानिसहरुलाई हामीसँग सङ्ग गर्ने मौका दिदै छौ | त कि उसले कृष्णलाई बुझ्न सक्छ, कृष्ण चेतना के हो | त्यसैले गोविन्द दासले सुझाव दिनुहुन्छ, दुर्लभ मानव​-जनम​-सत्-सङ्गे | मानव |तो मानव जीवन धेरै दुर्लव छ , धेरै विरलै पाइन्छ | कुकुरको सङ्ग, कागको सङ्ग, हाँसको सङ्ग होइन | त्यो सङ्ग प्रकृतिले दिएकी हुन् | " एकै प्वाँख भएका चराहरुको एकै सङ्ग हुन्छ|" काग, उनीहरु कागसँगै मिसिन्छन्, र हाँस हाँससँगै | सेतो हाँस, धेरै राम्रो पानि, राम्रो बगैंचा मन पराउँछन् | कागहरुलाई त्यो मन पर्दैन | कागहरुलाई जहाँ फोहोर कुरा फलेको हुन्छ त्यहि मनपर्छ | उनीहरुले त्यहाँ आनन्द लिन्छन् | त्यसरी नै, प्रकृतिको गुण अनुसार, मानव समाजमा पनि धेरै सङ्गहरु छन् | तर यहाँ सिफारिश गरिएको छ : दुर्लभ मानव सत्-सङ्गे कागहरु सँग नभएर हाँसहरु सँग | तिमि त्यो हाँसलाई दुध र पानि दियौ भने, त्यसले दुध जति लिन्छ र पानि छोड्छ | त्यसरी नै हाँस, एक हंस​, परमहंस​​ भनेको यो मनुष्य जीवन, जसले जीवनको अध्यात्मिक भागलाई लिन्छ र भौतिक भागलाई त्याग्छ, उसलाई हंस​ भनिन्छ, परमहंस​ | हामी मिसिएका छौ | हाम्रो शरीर भौतिक छ, तर म आत्मा हु | त हामीलाई उपायहरु आउनुपर्छ, यो भौतिक बन्धनबाट कसरी निस्किने भन्ने विषयमा | यो भौतिक शरीरबाट नै सिर्जना हुन्छ, तर जब यो आउँछ, यसले भौतिक शरीरनै नाश हुन्छ | धेरै राम्रो, राम्रो उदाहरण | अग्नि, काठमा आगो लाग्छ, सबैलाई थाहा छ | त तिमि आगो बाल , र यदि तिमीले त्यसलाई सुक्खा बनायौ भने आगो धेरै चाडो लाग्छ | र जब त्यो आगो बल्छ, त्यो काठ सकिन्छ | त्यो काठको कुनै अस्तित्व नै हुदैन | त्यसरी नै, तिमीले आफ्नो अध्यात्मिक चेतना सुरु गर्न सक्यौ भने, कृष्ण चेतना, जब यो राम्ररी चल्छ, तब तिम्रो भौतिक अस्तित्व सबै सकिन्छ | यो प्रक्रिया हो | दुर्लभ मानव​-जनम सत्-सङ्गे तरह ए भव​-सिन्धु रे | यो प्रक्रियाबाट, यो अज्ञानको सागरको अर्को किनारमा जान सक्छौ | तब, एकले भन्न सक्छ " यदि मैले कृष्ण चेतना आन्दोलनमा समावेश भए भने, मेरो पारिवारिक कार्य कसरि चल्छ ? मेरा श्रीमती, बच्चा, समाज, मित्र, प्रेमलाई कसले हेर्छ ? मसँग धेरै व्यापारहरु छन् |" त्यसैले उहाँले भन्नु हुन्छ, शीत आतप बात बरिषण एइ दिन जामिनी जागि रे: " मेरो प्यारो मन, तिमीले धेरै मिहेनत गर्दै छौ |" शीत आतप | " कठोर चिसोमा तिमि काम गर्न जादै छौ | प्रखर गर्मिमा तिमी काम गर्न जादै छौ | पानिको धारामा तिमी काम गर्न बन्द गर्दैनौ |" शीत आतप बात बरिषण " रातिको कार्य, पुरै रातभर काम गर्ने |" मानिसहरुले त्यो गर्दै छन् | शीत आतप बात बरिषण एइ दिन जामिनी जागि रे: पुरै दिनभर, अझै मैले केहि पैसा पाउँछु, म तिमीलाई रातमा पनि अधिक कार्य गर्न दिन्छु | यो तरिकाले हामीले कार्य गर्दै छौ | किन तिमीले कार्य गर्दै छौ ? किन तिमि काम गर्दैछौ ? शीत आतप बात बरिषण एइ दिन जामिनी जागि रे: बिफले सेविनु कृपण दुरजन चपल सुख लभ लागिऽ रे " यो तरिकामा मैले आफ्नो समय खेर फलेको छु," बिफले सेविनु, " कृपन दुरजन​हरुको सेवामा, कोहि समाज, मित्रता र प्रेमको सेवामा | कृपन, उनीहरु कहिले नि कृष्ण चेतनामा संलग्न हुदैनन्, तर म उनीहरुको सेवामा संलग्न छु |" त यो साधारण छ, सबै परिवारको हैन | तर धेरै ९९.९ | त बिफले सेविनु, " यो तरिकामा मैले आफ्नो समय खेर फलेको छु | र आनन्द के छ ?" चपल सुख लब लागिऽ रे | केहि समयको यौन, त्यति हो |" यौन बिना, धेरै कस्ठ | त्यसैले गोविन्द दास भन्नुहुन्छ " तिमीले धनको भोग गर्न खोज्दै छौ," एइ-धन​, यौवन​, पुत्र​, परिजन​ | भौतिक खुसि भनेको पैसा संकलन गर्नु हो, धन; र जन, धेरै अनुयायी र आश्रितहरु - श्रीमती, बच्चा, मित्र, समाज, धेरै कुराहरु, देश | त्यसैले पुत्र​, परिजन​, इथे कि आछे परतीति रे | " तिमीले यसमा कुनै दिव्य आनन्द पाउँदैनौ |" कमल​-दल​-जल​, जीवन टलमल​ | यो जिन्दगि ढलमल हुन्छ | तिमीले यो जीवन कहिले सकिन्छ भन्न सक्दैनौ | उदाहरण यहाँ दिएको छ, कमल​-दल​-जल​, कमलको पात जस्तै | यदि तिमीले पातमा पानि राख्यौ भने, त्यहाँ बस्दैन, त्यो ढलमल हुन्छ | कुनै समयमा त्यो खस्नसक्छ | त्यसरी नै, हाम्रो जीवन पनि त्यस्तै छ, ढलमल | हरेक समयमा - सकिन्छ | कमल​-जल​-दल​, जिवन​... भजहु हरि-पद नीति रे | त्यसैले आफुलाई जति सक्दो कृष्ण चेतनामा संलग्न गराउनुपर्छ | मृत्यु आउँनु भन्दा पहिला समाप्त गर्नुपर्छ | यो हाम्रो उदेश्य हो | र कृष्ण चेतना के हो ? श्रवनम्, किर्तनम्, स्मरन​, वन्दन​, पाद​-सेवन​... पूजन​, सखी-जन​, आत्म​-निवेदन​, नौ प्रकारका भक्तिमय सेवाहरु छन्, गोविन्द​-दास​-अभिलाष रे | त सबैजनाले गोविन्द दास जस्तै इच्छा गर्नुपर्छ | श्रवण, किर्तन, यी भक्तिमय कार्यहरु हुन् | सुन्ने, जप गर्ने, सम्जिने, अर्चना, अर्चविग्रहको पुजा गर्ने, वन्दना, प्राथना गर्ने | यी सबै नौ प्रकारका हुन् | त मानव जीवन यो उदेश्यका लागि हो र ..... यो प्रक्रियाबाट, हामीले कृष्ण चेतना वा अध्यात्मिक चेतनाको आगो बिस्तारि बाल्न सक्छौ | र त्यो आगोबाट, बलेको आगोबाट काठपनि बालेर खरानी हुन्छ, त्यसरी नै हाम्रो, सबै हाम्रा आवरणहरु...... आत्मा पनि पदार्थले आवरण भएको हुन्छ, अज्ञानताको कारण | त यो आवरण र अज्ञानता खरानीमा परिवर्तन हुन्छ, र तिमि मुक्त हुन्छौ र फेरी घर फर्किन्छौ, भगवाद धाम फर्किन्छौ | यो भजनको तात्पर्य यो हो |