NE/Prabhupada 0392 - नारद मुनि बाजाय वीणा तात्पर्य

Revision as of 04:28, 24 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0392 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Pu...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Purport to Narada Muni Bajay Vina -- Los Angeles, September 22, 1972


नाम अमनि, उदित हय​, भकत​-गीता-सामे | यो भजन भक्तिविनोद ठाकुरद्वारा लिखित भजन हो | यो भजनको तात्पर्य यो हो कि नारद मुनि, एक महान आत्मा, भन्नुहुन्छ, उहाँ तारको बाजा विना बजाउँदै हुनुहुन्छ | विना नारद मुनिले बोक्ने बाजा हो | त उहाँले त्यो बाजामा एउटा ध्वनि निकाल्नु हुन्छ राधिका-रमण | कृष्णको अर्को नाम राधिका-रमण हो | र जब उहाँले आफ्नो तार बजाउनु भयो, तुरुन्तै सबै भक्तहरुले उहाँलाई प्रतिक्रिया किन थाल्नुभयो, र त्यो धेरै सुन्दर ध्वनि हुनगयो | अमिय धारा वरिषे घन​ | र जब त्यो तारको बाजामा गाउँने चल्दै थियो, त्यहाँ अमृतको वर्षा हुन थाल्यो, र सबै भक्तहरु, परमानन्दमा, उनीहरुको आफ्नो सन्तुस्टीको सिमासम्म नाच्न थाले | तब, जब उनीहरु नाच्दै थिए, यस्तो देखिएको थियो कि उनीहरु माधुरी पुरा नामको मदिरा पिएर नशामा माग्न थिए | र जसरि एक पिएर पागल जस्तै हुन्त्यो, त्यसरी नै परमानन्दमा, सबै भक्तहरु पागल भए | र कोहि रुदै थिए, र कोहि नाच्दै थिए, र कोहि, उनीहरुले सार्वजनिक रूपमा नाच्न नसके पनि उनीहरुले हृदयमा नाच्दै थिए | यो तरिकामा, शिवजीले तुरुन्तै नारद मुनिलाई अंगालो हाल्नुभयो, र आफ्नो परमानन्द आवाजमा बोल्न थाल्नुभयो | र शिवजीलाई नारद मुनिसँग नाचेको देखेर ब्रह्माजीले पनि उहाँहरुलाई साथ दिनुभयो, र भन्न थाल्नुभयो, " सबैजना, कृपया हरिबोल हरिबोल बहाना!" यो तरिकामा, बिस्तारै स्वर्गका राजा इन्द्रले पूर्ण सन्तुष्टिका साथ उहाँहरुलाई साथ दिए र नाच्दै र "हरि हरि बोल " भन्न थाले | यो तरिकाले, भगवानको पवित्र नामको दिव्य ध्वनिको प्रभावले, पुरै ब्रह्माण्ड परमानन्दित भयो, र भक्तिविनोद ठाकुर भन्नुहुन्छ, " जब पुरै ब्रह्माण्ड परमनान्दित भयो, मेरो सबै इच्छाहरु सन्तुष्ट भए, र त्यसैले मा रुप गोस्वमीको चरण कमलमा प्राथना गर्छु, कि यो हरि-नामको जप यसरि नै राम्ररी चलिरहोस् |"