NE/Prabhupada 0394 - निताइ-पद -कमल तात्पर्य

Revision as of 04:32, 24 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0394 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Pu...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Purport to Nitai-Pada-Kamala -- Los Angeles, January 31, 1969

निताइ-पद​-कमल​, कोटि-चन्द्र​-सुशीतल​, जे छायाय जगत जुराय् | यो भजन नरोत्तम दास ठाकुरले लेख्नुभएको हो, गौडीय वैष्णव सम्प्रदायका एक महान आचार्य | उहाँले वैष्णव दर्शनको बारेमा धेरै भजन लेख्नुभएको छ, र यो पुरै तरिकाले वैदिक निर्देशनको साथ यहि रुपमा सहमति दिन्छ | त यहाँ नरोत्तम दास ठाकुर गाउँदै हुनुहुन्छ " यो पुरै दुनिया भौतिक अस्तित्वको बलेको आगोको कारण कष्टमा छ | त्यसैले, यदि कसैले नित्यानन्द प्रभुको चरणको आश्रय लिन्छ भने....." जसको अभिर्भव दिवस आज जनवरी ३१, १९६९ मा रहेको छ | त्यसैले हामीले नरोत्तम दास ठाकुरको आदेश अश्वदन गर्नुपर्छ | त यो भौतिक अस्तित्वको बलेको आगोको दुखबाट राहत पाउँन, एकले नित्यानन्द प्रभुको चरण कमलको आश्रय लिनु जरुरि छ, किनकि यो चन्द्रमाको किरण जस्तै लाखौ चन्द्रमाहरु जोडेको जति शितल दिन्छ, त्यो भनेको एकले तुरुन्तै शन्त वातावरण पाउँछ | जसरि एउटा मानिस पुरै दिन काम गर्छ, र यदि ऊ चन्द्रमाको किरणमा आउँछ भने उसले राहत पाउँछ | त्यसरी नै, जुनै पनि भौतिक मानिस नित्यानन्द महाप्रभुको शरणमा आउँछ उसले तुरुन्तै राहत पाउँछ | त्यसपछि उहाँ भन्नुहुन्छ, निताइ-पद​-कमल​, कोटि-चन्द्र​-सुशीतल​, जे छायाय जगत जुराय्, हेनो निताइ बिने भ्ऐ, राधा-कृष्ण पाइते नाइ, धरो निताइ-चरण दुऽखनि उहाँ भन्नुहुन्छ " यदि तिमि घर फर्किन उत्सुक छौ, र राधा कृष्णको संगी बन्न चहान्छौ भने, उत्कृस्ट तरिका भनेको नित्यानन्द प्रभुको आश्रय लिनु हो |" तब उहाँ भन्नुहुन्छ, से सम्बन्ध नाहि जाऽर्, बृथा जन्म गेलो ताऽर्: "जसले नित्यानन्द महाप्रभुसँग सम्पर्क गर्नसकेको छैन, उसले आफ्नो अमुल्य जीवन नाश गरेको छ भनेर सोच्नु पर्छ |" बृथा जन्म गेलो ताऽर्: भनेको केहिको लागि नि होइन, र जन्म भनेको जीवन गेलो ताऽर्, नाश | किनकि उसले नित्यानन्द प्रभुसँग सम्पर्क गरेको छैन | नित्यानन्द नामले संकेत गर्छ.....नित्या भनेको शाश्वत | आनन्द भनेको खुसि | भौतिक आनन्द शाश्वत छैन | त्यो नै भिन्नता हो | त्यसैले जो बुद्धिमानी छन्, उनीहरु यो भौतिक दुनियाको अस्थिर खुसिमा इच्छा राख्दैनन् | हामी सबै जना, जीवित प्राणी, हामी आनन्दको पछाडी छौ | तर जुन आनन्द हामी खोज्दै छौ, त्यो धेरै अस्थिर छ, अस्थाई | त्यो आनन्द होइन | वास्तविक आनन्द नित्यानन्द हुन्, नित्य आनन्द | त जसको नित्यानन्दसँग सम्पर्क छैन, उसको जीवन नाश भएको छ भनेर बुझ्नुपर्छ | से सम्बन्ध नाहि जाऽर्, बृथा जन्म गेलो ताऽर्, सेइ पशु बोरो दुराचार् | नरोत्तम दास ठाकुरले यहाँ धेरै कठोर शब्दको प्रयोग गर्नुभएको छ | उहाँ भन्नुहुन्छ त्यस्ता मनुष्यहरु पशु हुन्, एक अनियन्त्रित जनावर जस्तै | जस्तै त्यहाँ कुनै जनावरहरु हुन्छन् जो तालिमप्राप्त हुनसक्दैनन्, त जस्ल्र नित्यानन्द प्रभुसँग सम्पर्क गरेको छैन, उसलाई एक अनियन्त्रित जनावर भनेर बुझ्नुपर्छ | सेइ पशु बोरो दुराचार् | किन ? किनकि निताइ ना बोलिलो मुखे: " उसले नित्यानन्दको पवित्र नाम कहिलेपनि लिएको छैन |" र मजिलो संसार​-सुखे, र यो भौतिक सुखमा लिन भएको छ |" विद्या-कुले कि कोरिबे तार् |" त्यो बेकारलाई थाहा छैन, कि उसको शिक्षा, परिवार, परम्परा र राष्ट्रले उसको के मद्धत गर्छ ?" यी कुराहरुले उसलाई मद्धत गर्न सक्दैन | यिनीहरु धेरै अस्थाई कुराहरु हुन् | केवल, यदि हामीले नित्य खुसि पाउँन चहान्छौ भने, हामीले नित्यानन्दसँग सम्पर्क गर्नुपर्छ | विद्या-कुले कि कोरिबे तार् | विद्या भनेको शिक्षा, र कुल भनेको परिवार, देश | त हामीसँग धेरै राम्रो पारिवारिक सम्बन्ध हुनसक्छ, वा हामीसँग धेरै रास्ट्रिय सम्मान हुनसक्छ, तर यो शरीरको अन्त्य पछि, यी कुराहरुले मद्धत गर्दैन | मैले आफ्नो कार्य बोकेर जानुपर्छ, र त्यो कामको हिसाबले, बलपुर्वक अर्को शरीर स्वीकार गर्नुपर्छ | यो मनुष्य शरीर भन्दा अरु शरीर हुनसक्छ | त यी कुराहरुले हामीलाई सुरक्षा वा वास्तविक आनन्द दिनसक्दैन | त नरोत्तम दास ठाकुर उपदेश दिनुहुन्छ कि विद्या-कुले कि कोरिबे तार् | अनि उहाँ भन्नुहुन्छ, अहङ्कारे मत्त होइया | " झुटो प्रतिष्ठा र पहिचानबाट पागल भएर....." यो शरीर र शारीरिक सम्बन्धको प्रतिष्ठाको झुटो पहिचान, यसलाई भनिन्छ अहङ्कारे मत्त होइया | एक यो झुटो प्रतिष्ठाको पछि लाग्यौ भने | अहङ्कारे मत्त होइया, निताइ-पद पासरिया | यो झुटो प्रतिष्ठाले गर्दा हामीले सोच्दै छौ, " अह, नित्यानन्द को हो ? उसले मेरो लागि के गर्नसक्छ ? मलाई मतलब छैन |" त यिनीहरु झुटो प्रतिष्ठाका संकेत हुन् | अहङ्कारे मत्त होइया, निताइ-पद पास​... असत्येरे सत्य कोरि मानि | त्यस्तो परिणाम यो हो कि मैले केहि झुट स्वीकार गर्नु हो | उदाहरणको लागि, मैले यो शरीर स्वीकार गरेको छु | यो शरीर, म यो शरीर होइन | त्यसैले, झुटो पहिचानले गर्दा म धेरै भन्दा धेरै फसिरहेको छु | त जो यो झुटो प्रतिष्ठाबाट आत्मसन्तुष्ट छ भने, अहङ्कारे मत्त होइया, निताइ-पद पा... असत्येरे सत्य कोरि मान, उसले केहि गलतलाई सहि भनेर स्वीकार गर्छ | त्यसपछि उसले भन्छ, निताइयेर कोरुणा हबे, ब्रजे राधा-कृष्ण पाबे | यदि तिमी घर फर्किन वास्तव मै इच्छुक छौ भने, नित्यानन्द महाप्रभुको कृपाको लागि आतुर होऊ |\ निताइयेर कोरुणा हबे, ब्रज राधा-कृष्ण पाबे, धरो निताइ-चरण दुऽखानि " कृपया नित्यानन्द प्रभुको चरण कमल समाऊ |" त्यसपछि उहाँ भन्नुहुन्छ, निताइयेर चरण सत्य​ | एकले सोच्न सक्छ किन हामीले के रुपमा यति धेरै आश्रयहरु समाउने, तर यो भौतिक दुनियामा पछि त्यो झुटो साबित हुन्छ | त्यसरी नै, हामीले नित्यानन्द प्रभुको चरण कमलको आश्रय लियौ भने - यो झुटो हुनजान्छ | तर नरोत्तम दास ठाकुरले आश्वासन दिनुहुन्छ, कि निताइयेर चरण सत्य​: " यो गलत हुदैन | किनकि नित्यानन्द शाश्वत हुनुहुन्छ, उहाँको चरण कमल पनि शाश्वत छ |" ताङ्हार सेवक नित्य​ | र जो नित्यानन्दको सेवामा संलग्न हुन्छ, उनीहरु पनि शाश्वत हुन्छन् | शाश्वत नभई, कसैले पनि शाश्वतको सेवा गर्नसक्दैन | यो वैदिक उपदेश हो | ब्राह्म नभई, एकले परब्रह्मको निकट जान सक्दैन | जसरि आगो नभई, कोहि पनि आगोमा प्रवेश गर्न पानी नभई, कोहि पनि पानी भित्र जान सक्दैन | त्यसरी नै, पुरै तरिकाले अध्यात्मिक नभएर, कोहि पनि अध्यात्मिक राज्य प्रवेश गर्न सक्दैनन् | त निताइयेर चरण सत्य​ | यदि तिमीले नित्यानन्द प्रभुको चरण कमल समायौ भने, तिमि तुरुन्तै अध्यात्मिक बन्छौ | जस्तै लागि तिमीले कुनै बिजुली समायौ भने, तिमि तुरुन्तै बिजुलिकरण हुन्छौ | त्यो स्वाभाविक हो | त्यसरी नै, नित्यानन्द शाश्वत खुसि हुनुहुन्छ; यदि तिमीले केहि तरिकाबाट नित्यानन्दको सम्पर्कमा आयौ भने, तिमी पनि शाश्वत खुशी हुन्छौ | ताङ्हार सेवक नित्य​ | तसर्थ जो नित्यानन्दको सम्पर्कमा आएको छ भने, उनीहरु शाश्वत भएका छन् | निताइयेर चरण सत्य​, ताङ्हार सेवक नित्य​, दृढ कोरिऽ धरो निताइर पाय् त उहाँलाई धेरै बलियो तरिकाले समाऊ | arottama boro duḥkhī, nitāi more koro sukhī | अन्तिममा नरोत्तम दास ठाकुर, यस भजनका लेखक, उहाँले नित्यानन्दलाई आवेदन गर्दै हुनुहुन्छ , "मेरो प्यारो भगवान, म धेरै दुखि छु | त कृपया मलाई खुसि बनाऊ | र कृपया मलाई आफ्नो चरण कमलको कुन्नामा राख्नुहोस् |" यो नै यस भजनको मूल सार हो |