NE/Prabhupada 0442 - इशाई दर्शनमा मानिसले भगवानसँग प्रार्थना गर्छ ,"कृपया हामीलाई दैनिक रोटि दिनुहोस्"

Revision as of 06:54, 24 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0442 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 2.8-12 -- Los Angeles, November 27, 1968


भक्त: "कृष्णले स्पष्ट रुपमा भन्नुहुन्छ कि भविष्यमा पनि भगवानको र अरुको व्यक्तित्व, जसरी यो उपनिषदहरुमा पुष्टि गरिएको छ, शाश्वत रुपमा निरन्तर हुनेछ | कृष्णको यो बयान आधिकारिक हो |"

प्रभुपाद: हो, उपनिषदमा भनिएको छ नित्यो नित्यानाम् | अब, नित्य भनेको शाश्वत र भगवान परम-शाश्वत हुनुहुन्छ र हामी आत्मा, हामी पनि धेरै शाश्वत हौँ | उहाँ अगुवा शाश्वत हुनुहुन्छ | एको बहुनाम्......... उहाँ कसरी अगुवा हुनुहुन्छ ? एको बहूनां विदधाति कामान् | ती एक शाश्वत व्यक्तिले अरु सबै शाश्वतको आवश्यकता पुरा गर्नुहुन्छ | यी कुराहरु वेदमा स्पष्ट रुपमा बताइएको छ | र वास्तवमा हामी अनुभव गर्दैछौं | जस्तै इशाई दर्शनमा, व्यक्ति चर्च जान्छ र भगवानलाई प्रार्थना गर्छ, "हाम्रो दैनिक रोटि दिनुहोस् |" किन ऊ भगवानलाई माग्दैछ ? अवश्य पनि, यी नास्तिक मानिसहरुले तिनीहरुलाई सिकाउँदैछन्, "रोटि कहाँ छ ? तिमी चर्च जाँदैछौ | तिमी हामीसँग आऊ; हामी तिमीलाई रोटि दिनेछौं |" यो वैदिक विचार पनि छ | वेदमा भनिन्छ, एको बहूनां विदधाति कामान् | ती परम एक शाश्वत, उहाँले प्रदान गर्दै हुनुहुन्पर्छ, उहाँले अरु सबै शाश्वतको पालन गर्दै हुनुहुन्छ | र बाइबलमा पनि भनिएको छ कि "तिमी जाऊ, भगवानसँग आफ्नो रोटि माग |" जबसम्म भगवान पालनकर्ता र प्रदायक हुनुहुन्छ, यो उपदेश किन छ ? तसर्थ उहाँ अगुवा हुनुहुन्छ, उहाँ पालनकर्ता हुनुहुन्छ | र वेदमा स्पष्ट रुपमा यो स्थितिको बारेमा बताइएको छ | उहाँ परम हुनुहुन्छ | र यो जानेर कोहि पनि शान्तिमा रहन सक्छ | त्यो वैदिक उपदेश हो | अघि बढ |

भक्त: "कृष्णको यो बयान आधिकारिक छ किनकि कृष्ण भ्रममा पर्न सक्नुहुँदैन | यदि व्यक्तित्व......"

प्रभुपाद: हो | यदि मायावादी दार्शनिकले भन्छ कि कृष्णको यो बयान माया हो, कि "उसले भन्छ कि 'सबजना अतितमा व्यक्ति थिए |' होइन, अतितमा सबजना एक थुप्रो, सजातीय थिए | मायाको कारण हामी व्यक्ति बनेका छौं |" यदि मायावादीले त्यस्तो भन्छ, तब कृष्ण बद्ध जीवमध्ये एक बन्नुहुन्छ | उहाँ बन्नुहुँदैन...... उहाँले आफ्नो अधिकार गुमाउनुहुन्छ | किनकि बद्ध जीवले तपाईलाई सत्य दिन सक्दैन | म बद्ध जीव हुँ | मैले कुनै कुरा भन्न सक्दिनँ जुन परम छ | त्यसैले कृष्णलाई परमब्रह्मको रुपमा स्वीकारिएको छ | यदि मायावादी सिद्धान्तलाई स्विकारिन्छ, तब कृष्णको सिद्धान्त अस्विकार गर्नुपर्छ | यदि कृष्णलाई अस्विकार गरिन्छ, तब कृष्णको पुस्तक, भगवद गीता पढ्ने कुनै आवश्यकता छैन | यो बेकार छ, समयको नाश | यदि उहाँ हामीजस्तो बद्ध जीव हुनुहुन्छ...... किनकि हामीले बद्ध जीवबाट कुनै उपदेश लिन सक्दैनौं | त्यसैले अध्यात्मिक गुरु, उहाँलाई बद्ध जीव माने पनि, तर उहाँले आफ्नो पक्षबाट केहि बोल्नुहुँदैन | उहाँले कृष्णको पक्ष बाट बोल्नुहुन्छ | त्यसैले जबसम्म....... वैदिक सिद्धान्त अनुसार जबसम्म कोहि भौतिक अवस्थाबाट मुक्त हुँदैन, उसले हामीलाई कुनै पूर्ण ज्ञान दिन सक्दैन | बद्ध जीव, ऊ शैक्षिक रुपमा जति विकसित भए पनि, उसले हामीलाई कुनै पूर्ण दिन सक्दैन | जो यी भौतिक कानुनको बन्धनभन्दा माथि छन्, उनले हामीलाई पूर्ण ज्ञान दिन सक्छ | त्यसैगरी शंकराचार्य, उनी पनि निराकारवादी हुन्, तर उनले कृष्णलाई परम अधिकारीको रुपमा स्वीकार्छन् | स भगवान स्वयं कृष्ण | "कृष्ण सर्वोच्च पुरुषोत्तम भगवान हुनुहुन्छ |" आधुनिक मायावादी दार्शनिकहरु, तिनीहरु शंकराचार्यको यस बयान खोल्दैनन् | मानिसलाई ठग्न | तर शंकराचार्यको बयान त्यहाँ छ | हामी प्रमाण दिन सक्छौं | उनले कृष्णलाई परम अधिकारीको रुपमा स्वीकार्छन् | उनले कृष्णको महिमागान गर्न वा आराधना गर्न धेरै राम्रा कविताहरु लेखेका छन् | र अन्तिम समय उनले भन्छन्, भज गोविन्दं भज गोविन्दं भज गोविन्दं मूढ​-मते | "तिमीहरु धुर्त मुर्खहरु | तिमीहरु बुझ्नलाई व्याकरणमा निर्भर छौ |" "यो सब बेकार हो |" भज गोविन्दम | "केवल गोविन्दको आराधना गर |" भज गोविन्दं.......उनले तीन पटक भन्छन् | "केवल गोविन्दको अरदहना गर |" भज गोविन्दं भज गोविन्दं भज गोविन्दम् | जस्तै चैतन्य महाप्रभुले तीन पटक भन्नुहुन्छ, हरेर् नाम हरेर् नाम हरेर् नाम (चै च आदि १७|२१) तीन पटक भनेको धेरै जोड दिनु | जस्ती हामीले कहिलेकाही भन्छौं,"तिमी यो गर, यो गर, यो गर |" त्यो भनेको अझै अस्विकार नगर्ने | सबै झन्झट समाप्त गर्ने | जबसम्म कुनै कुरामा तीन पटक जोड दिइन्छ, त्यो भनेको अन्तिम | त्यसैले शंकराचार्यले भन्छन्, भज गोविन्दं भज गोविन्दं भज गोविन्दं मूढ​-मते | मुढ, मुढ मैले धेरै पटक व्याख्या गरिसकें | मुढ भनेको धुर्त, गधा | तपाई आफ्नो व्याकरणको बुझाईमा निर्भर हुनुहुन्छ, दुकृन् करणे | दुकृन्, यी व्याकरणका प्रत्यय र उपसर्ग, प्रकरण हुन् | तपाई क्रिया धातुमा निर्भर हुनुहुन्छ, र आफ्नो अर्थ भिन्न रुपमा सिर्जना, व्याख्या गर्दै हुनुहुन्छ | यो सब बेकार हो | यो दुकृन् करणे, तपाईको शब्दको व्याकरण खेलले तपाईलाई मृत्युको समयमा बचाउने छैन | तपाई धुर्त, तपाई केवल गोविन्द, गोविन्द, गोविन्द भज्नुहोस् | त्यो शंकराचार्यको पनि उपदेश हो | किनकि उनी महान भक्त थिए | तर उनले नास्तिकको नक्कल गरे किनकि उनले नास्तिकसँग व्यवहार गर्नुपर्थ्यो | जबसमा उनले आफुलाई आफुलाई नास्तिकको रुपमा प्रस्तुत गर्दैनन्, नास्तिक अनुयायीहरुले उनलाई सुन्नेछैनन् | तसर्थ उनले त्यस समयको लागि मायावादी दर्शन प्रस्तुत गरे | मायावाद दर्शनलाई शाश्वत रुपमा स्वीकार्न सकिंदैन | शाश्वत दर्शन भगवद गीता हो | त्यो मत छ |