NE/Prabhupada 0451 - भक्त को हुन् र उनको आराधना कसरी गर्ने भनेर थाहा छैन भने हामी कनिष्ठ-अधिकारी हौँ
Lecture on SB 7.9.4 -- Mayapur, February 18, 1977
यहि योग्यता, शुद्ध भक्तिले एक मानिसलाई महा-भागवत बनाउँछ | तर स्तरहरु छन् | जन्मदेखिको महा-भागवतलाई नित्य-सिद्ध भनिन्छ | उनीहरु शाश्वत रुपमा सिद्ध, पूर्ण हुन्छन् | उनीहरु केहि प्रयोजनको लागि आउँछन् | त्यसैले प्रह्लाद महाराज यो प्रयोजनको लागि आउनुभयो कि राक्षसहरु, उनको पितानै भए पनि, उनले धेरै समस्या दिनेछन् किनकि उनी कृष्ण भावनाभावित थिए | यो उपदेश हो | प्रह्लाद महाराजले यो कुरा कृष्णको आदेशको कारण देखाउन चाहेका थिए | हिरण्यकशिपु पनि आयो- कसरी कृष्णको शत्रु बन्न; र प्रह्लाद महाराज आए, कसरी भक्त बन्ने देखाउन | यो चल्दै छ | महा-भागवत...... कनिष्ठ-अधिकारी, मध्यम-अधिकारी र महा-भागवत, वा उत्तम-अधिकारी | कनिष्ठ-अधिकारी, सुरुवातमा उनीहरुलाई अर्च-विग्रहको आराधना पूर्णताका साथ गर्न सिकाउनुपर्छ | शास्त्रको निर्देशन अनुसार, गुरुको निर्देशन अनुसार, एक मानिसले अर्च-विग्रहको आराधना गर्न सिक्नुपर्छ | अर्चायाम् एव हरये यः पूजां श्रद्धायेहते न तद्-भक्तेषु चान्येषु स भक्तः प्राकृतः स्मृतः (श्री भा ११|२|४७) तर एक मानिसले प्रगति गर्नुपर्छ | यो भक्तिमय सेवाको विकास हो | केवल अर्च-विग्रहको आराधनामा अडिएर, हामीले अरुकोलागि अनुभव गर्दैनौं- न चान्येषु न तद्-भक्त- तपाईलाई थाहा हुँदैन को भक्त हो, कसरी उनको आराधना गर्ने, तब हामी कनिष्ठ-अधिकारी रहन्छौं | र मध्यम-अधिकारी भनेको उनले आफ्नो स्थान, अरुको स्थान, भक्तको स्थान, भगवानको स्थान थाहा पाउनुपर्छ, र ती मध्यम-अधिकारी हुन् | ईश्वरे तद्-अधीनेषु बालिशेषु द्विषत्सु च (श्री भा ११|२|४६) | उनीसँग चार प्रकारको दृष्टिकोण हुन्छ: भगवान, ईश्वर; तद्-अधीनेषु, उनले भगवानको आश्रय लिएका हुन्छन्- त्यो भनेको भक्त- ईश्वरे तद्-अधीनेषु; बलिशु, अवोध बालबालिका, जस्तै यी बालबालिकाम, बलिश, अर्भकः; र द्विषत्सु, इर्ष्यालु | एउटा मध्यम-अधिकारीले यी चार प्रकारका मानिसहरुलाई चिन्छन् र उनले भिन्न रुपमा उनीहरुसँग व्यवहार गर्छन् | त्यो के हो ? प्रम-मैत्री-कृपोपेक्षा | ईश्वर, भगवान, कृष्णलाई प्रेम गर्न | र मैत्री | मैत्री भनेको मित्रता गाँस्नु | जो भक्त छ, हामीले ऊसँग मित्रता गाँस्नुपर्छ | हामी इर्ष्यालु हुनुहुँदैन; हामीले मित्र बनाउनुपर्छ | मैत्री | र अबोध, जस्तै यी बालबालिकाहरु, कृपा-उनीहरुलाई कृपा देखाउनुपर्छ, कि उनीहरु कसरी भक्त बन्नेछन्, कसरी उनीहरुले जप, नाच, सिक्नेछन्, उनीहरुलाई भोजन दिने, उनीहरुलाई शिक्षा दिने | त्यो कृपा हो | र अन्तिममा उपेक्षा | उपेक्षा भनेको जो इर्ष्यालु छन्, उनीहरुको सङ्ग नलिनुहोस् | उपेक्षा | "हुँदैन, उसलाई छाड्नुहोस्......." तर महा-भागवत, उनले कुनै उपेक्षा गर्दैनन् | उनले द्विषत्सुलाई पनि प्रेम गर्छन् | जस्तै प्रह्लाद महाराज | प्रह्लाद महाराजका पिता धरै, धेरै इर्ष्यालु थिए | तर पनि प्रह्लाद महाराजले आफ्नो व्यक्तिगत स्वार्थको लागि कुनै आशिर्वाद स्वीकार गरेनन् र उनले भगवान नृसिंह-देवलाई आफ्ना पितालाई क्षमा गर्न मागे, कि "मेरो पिताले....." उनले आफ्नो व्यक्तिगत स्वार्थको लागि केहि मागेनन् | तर पनि उनलाई थाहा थियो कि "मेरो जीवनभरि मेरो पिताले मेरो शत्रुको भूमिका खेल्नुभयो, धेरै प्रकारले अपराध......(विराम) त्यसैले यो मौका हो | भगवानसँग मेरो पितालाई क्षमा गर्न माग्नेछु |" कृष्णलाई यो थाहा थियो | उनको पितालाई पहिल्यै क्षमा दिइसकिएको थियो | किनकि ऊ प्रह्लाद महाराजको पिता थियो, ऊ मुक्त भयो | त्यस्ता राम्रा पुत्र पाउनु साधारण कुरा होइन | जब प्रह्लाद महाराजले नृसिंह-देवलाई "कृपया मेरो पितालाई क्षमा गर्नुहोस्" भनेर अनुरोध गरे, उहाँले तत्काल भन्नुभयो,"तिम्रो पितामात्र होइन- उसको पिता, उसको पिता, उसको पिता, सबजना मुक्त हुन्छन् |" त्यसैले हामीले प्रह्लाद महाराजबाट शिक्षा लिनुपर्छ कि यदि परिवारमा कुनै बालक भक्त बन्छ, ऊ सर्वोत्तम बालक हो | उसले परिवारलाई सर्वोत्तम सेवा दिंदैछ | तर धुर्तहरु, तिनीहरु अन्यथा रुपमा लिन्छन् कि "मेरो छोरो भक्त बनेको छ | उसलाई विभिन्न उपायद्वारा, अपहरणद्वारा फिर्ता ल्याउनुपर्छ |" मानिसहरु यति धुर्त छन् | तपाई देख्नुहुन्छ ? तिनीहरु यसलाई महान फाइदाको रुपमा लिंदैनन् कि "मेरो भाग्यमानी छोरो भक्त बनेको छ | मेरो सम्पूर्ण परिवार मुक्त हुनेछ |" तर तिनीहरुसँग ज्ञान छैन | तिनीहरुसँग दिमाग छैन | तसर्थ म भन्छु कि यो दिमाग भुट्ने होइन, यो दिमाग दिने हो | तिनीहरुसँग दिमाग छैन | (हाँसो) त्यसैले यसलाई धेरै गम्भिरतापूर्वक लिनुहोस् |
धेरै, धेरै धन्यवाद |
भक्तहरु: जय !