NE/Prabhupada 0688 - माया विरुद्ध युद्ध घोषणा गर्नु

Revision as of 04:36, 26 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0688 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid URL, must be MP3

Lecture on BG 6.35-45 -- Los Angeles, February 20, 1969


प्रभुपाद: जहाँसम्म योग अभ्यासको कुरा छ, कृष्ण र अर्जुन बीचको छलफल व्याख्या गरिएको छ | अब, मानौं कि मैले योग अभ्यास गर्दैछु- मेरो मतब वास्तविक योग, झुटो योग होइन | र यदि मैले यो राम्ररी गर्न सक्दिनँ, म असफल हुन्छ | तब नतिजा के हुन्छ ? मानौं मैले मेरो व्यापार त्याग्छु, मैले मेरो साधारण जागिर त्याग्छु र योग अभ्यास गर्न सुरु गर्छु | तर कुनै कारणले यो सम्पन्न हुँदैन, यो असफल हुन्छ | तब नतिजा के हुन्छ ? त्यो प्रश्न अर्जुनद्वारा सोधिएको छ | त्यो जवाफ कृष्णद्वारा दिइन्छ | के हो त्यो ? अघि बढ | "अर्जुनले भने....."

भक्त: "अर्जुनले भने: 'श्रद्धापूर्वक योग-अभ्यासमा लागेको मानिसको गन्तव्य के हुन्छ जो दृढ रहन सक्दैन ? जसले सुरुवातमा आत्म-साक्षात्कारको विधि लिन्छ, तर पछी संसारिक प्रभावले गर्दा योग अभ्यास छाडिदिन्छ र योग सिद्धिमा पूर्णता प्राप्त गर्दैन ?' (भ गी ६|३७)" तात्पर्य: "त्यस बाटो..... आत्म-साक्षात्कार वा योग सिद्धिको बाटो भगवद गीतामा वर्णित छ | आत्म-साक्षात्कारको प्रमुख सिद्धान्त यो ज्ञान हो कि जीव यस भौतिक शरीर होइन, तर ऊ त्यो भन्दा भिन्न हो र उसको खुसी आनन्द र ज्ञानले पूर्ण शाश्वत जीवनमा छ |"

प्रभुपाद: अब, आत्म साक्षात्कारको अवस्थासम्म आउनुभन्दा अघि एक मानिसले यो जान्नुपर्छ- जुन भगवद गीताको सुरुवात हो, कि ऊ यो शरीर होइन | जीव यो भौतिक शरीर होइन तर ऊ योभन्दा फरक छ, र उसको खुसी शाश्वत जीवनमा छ | जीवन शाश्वत छैन | योग विधिको पूर्णता भनेको आनन्द र ज्ञानले पूर्ण शाश्वत जीवन प्राप्त गर्नु हो | त्यो पूर्णता हो | त्यसैले हामीले कुनै पनि योग विधि त्यस लक्ष्यका साथ् सम्पन्न गर्नुपर्छ | यो होइन कि म कुनै योग-कक्षा बोसो घटाउन जान्छु वा मेरो शरीरलाई इन्द्रियतृप्तिको लागि धेरै स्वस्थ राख्न | यो योग विधिको अन्त्य होइन | तर मानिसहरुलाई यसरी सिकाइन्छ | "ओहो, यदि तिमी यस योग अभ्यास गर्छौ......" त्यो तपाई गर्न सक्नुहुन्छ, यदि तपाईले कुनै व्यायाम गर्नुहुन्छ, तपाईको शरीर स्वस्थ हुन्छ | शारीरिक अभ्यासका विभिन्न विधि छन्, सन्दो विधि, यो भारोत्तोलन, यो...... धेरै खेलकुद छन्, तिनीहरुले पनि शरीर स्वस्थ राख्छन् | तिनीहरुले खानेकुरा राम्ररी पचाउन मदत गर्छन्, तिनीहरुले बोसो घटाउन मदत गर्छन् | यस प्रयोजनको लागि योग-अभ्यास गर्ने कुनै जरुरत छैन | वास्तविक प्रयोजन यहाँ छ - यो अनुभूति गर्नु कि म यो शरीर होइन | म शाश्वत आनन्द चाहन्छु, म पूर्ण ज्ञान चाहन्छु, म शाश्वत जीवन पनि चाहन्छु | त्यो योग विधिको अन्तिम लक्ष्य हो | अघि बढ |

भक्त: "यी दिव्य हुन्छन्, शरीर र मनभन्दा पर | आत्म-साक्षात्कार ज्ञानको मार्गबाट पाइन्छ, अष्टाङ्ग योगको अभ्यासले वा भक्ति योगले | हरेक विधिमा एक मानिसले जीवको मौलिक स्थिति अनुभूति गर्नुपर्छ, उसको भगवानसँगको सम्बन्ध, र ती गतिविधिहरु जहाँ उसले छुटेको सम्बन्ध पुनर्स्थापना गर्न सक्छ र कृष्ण भावनाको उच्चतम पूर्णताको स्तर प्राप्त गर्न सक्छ | माथि उल्लेख गरिएका मध्ये कुनै एक विधि पालन गरेर एक मानिस अवश्य पनि परम लक्ष्यमा ढिलो-चाँडो पुग्न सक्छ | भगवानद्वारा यो कुरा दोश्रो अध्यायमा बताइएको छ | भक्ति योगको दिव्य मार्गमा गरिएको सानो प्रयास पनि यस युगको लागि उपयुक्त छ, किनकि यो भागवत-साक्षात्कारको सबभन्दा प्रत्यक्ष विधि हो | फेरी पनि पक्का हुनको लागि, अर्जुनले भगवान कृष्णलाई आफ्नो भूतपूर्व बयान पुष्टि गर्न भन्दैछन् | एक मानिसले इमान्दारीपूर्वक आत्म-साक्षात्कारको मार्ग पालन गर्न सक्छ | तर ज्ञान प्राप्ति र अष्टाङ्ग योग विधिको अभ्यास यस युगको लागि साधारणतया धेरै कठिन छन् | तसर्थ कसैले इमान्दारीपूर्वक प्रयास गरे पनि ऊ धेरै कारणले असफल हुन सक्छ | प्रमुख कारण भनेको त्यस विधि सम्पन्न गर्न ऊ पर्याप्त मात्रामा गम्भीर नहुनु हो | दिव्य मार्गमा अघि बढ्नु भनेको भ्रामिक शक्तिमाथि युद्ध घोषणा गर्नु हो |"

प्रभुपाद: जब हामी कुनै आत्म-साक्षात्कारको विधि स्वीकार्छौं, यो व्यवहारिक रुपमा भ्रामिक शक्ति, मायामाथि युद्ध घोषणा गर्नु हो | त्यसैले जब मायाको प्रश्न हुन्छ, वा युद्धको प्रश्न हुन्छ, तब मायाले अवश्य पनि धेरै कठिनाई अगाडी ल्याउँछिन्, त्यो पक्का छ | तसर्थ असफलता हुन सक्छ तर एक मानिस धेरै स्थिर हुनुपर्छ | अघि बढ |

भक्त: "परिणामतः जब एक व्यक्ति भरमिक शक्तिको बन्धनबाट निस्कने प्रयास गर्छ, उनले त्यस अभ्यासरत व्यक्तिलाई धेरै आकर्षणले हराउन खोज्छिन् | एउटा बद्ध जीव पहिल्यै प्रकृतिको भौतिक शक्तिले आकर्षित हुन्छ र त्यहाँ यस्तो दिव्य अभ्यास गर्दा फेरी आकर्षित हुने धेरै मौका हुन्छ | यसलाई भनिन्छ योगाच् चलित​-मानसः:…"

प्रभुपाद: चलित​-मानसः | चलित​-मानसः भनेको मन योग-अभ्यासबाट मोडिनु | योगाच् चलित​-मानसः | योगात् भएंको योग अभ्यास बाट र चलित भनेको मोडिनु | मानस: भनेको मन | योगाच् चलित​-मानसः | त्यसैले धेरै मौका छ | सबको अनुभव छ | तपाई कुनै पुस्तक पढ्ने प्रयास गर्नुहुन्छ, एकाग्रता, तर मनले अनुमति दिंदैन, यो विचलित छ | त्यसैले मनलाई नियन्त्रण गर्नु धेरै महत्वपूर्ण कुरा हो | त्यो वास्तविक अभ्यास हो | अघि बढ |

भक्त: "जो दिव्य मार्गबाट मोडिएको हुन्छ | आत्म-साक्षात्कारको मार्गबाट हट्नुको नतिजा जान्न अर्जुन जिज्ञासु छन् |"

प्रभुपाद: हो, यो धेरै महत्वपूर्ण प्रश्न हो | कि एक मानिसले कुनै प्रकारको योग अभ्यास सुरु गर्न सक्छ, कि अष्टाङ्ग योग, वा ज्ञान योग, भनेको दार्शानिक कल्पना गर्नु, र भक्ति योग विधि | तर यदि कोहि योग विधि सम्पन्न गर्न असफल हुन्छ, त्यसको नतिजा के हुन्छ ? त्यो धेरै महत्वपूर्ण प्रश्न छ, र यो अर्जुनले सोधेका छन्, र कृष्णले यसको जवाफ दिनुहुनेछ | (विराम)