NE/Prabhupada 0748 - भगवान् भक्तलाई सनतष्ट पार्न चाहनुहुन्छ

Revision as of 06:45, 26 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0748 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 1.8.29 -- Los Angeles, April 21, 1973


भगवान भगवाद गीतामा भन्नुहुन्छ : परित्राणाय साधूनाम विनाशाय च दुष्कृताम् | ( भ गी ४|८) | दुईटा उद्देश्य छ | जब भगवान अवतार लिनुहुन्छ, उहाँसँग दुईटा उदेश्य हुन्छ | एउटा उदेश्य परित्राणाय साधूनाम् र विनाशाय दुष्..... एउटा उदेश्य इमान्दार भक्तहरुको उद्धार गर्न हो, साधु भनेका पुण्य मानिसहरु हुन् | साधु ... मैले धेरै पटक भनेको छु.....साधु भनेका भक्त | साधु भन्नाले सांसारिक इमान्दारी वा ठग होइन, नैतिकता वा अनैतिकता होइन | यसको भौतिक कार्यकलापमा कुनै कुरा नै आउदैन | यो केवल अध्यात्मिक हो, साधु | तर कहिलेकाही हामी साधु भन्नाले संसारिक राम्रो, नैतिकता भन्छौ | तर वास्तवमा " साधु " भन्नाले दिव्य स्तरमा भन्ने बुझिन्छ | जो भक्तिमय कार्यमा व्यस्त हुन्छन् | स गुणान समतीत्यैतान् (भ गी १४|२६) | साधु भौतिक गुण भन्दा दिव्य हुन्छन् | परित्राणाय साधूनाम् | परित्राणाय भनेको मुक्ति हो | अब यदि एक साधु मुक्त भईसकेको छ भने, ऊ एक दिव्य स्तरमा छ, त उसलाई उद्धार गर्न के जरुरी छ ? यो प्रस्न हो | त शब्द प्रयोग गरिएको छ, विडम्बनम् | यो धेरौ भर्मित छ | यो धेरै विरुद्धपुर्वक छ | यो धेरै विरुद्धपूर्ण छ | यदि एक साधु उद्धार भईसकेको छ भने.... दिव्य स्तर भनेको ऊ अब , प्रकृतिका तिन गुणका अधिनमा हुदैन | किनकि यो भगवाद गीतामा उन्लेख गरिएको छ : स गुणान समतीत्य्ऐतान् ( भ गी १४|२६) | उसले भौतिक गुणलाई पार गर्छ | भक्त, साधु | त मुक्तिको कुरा कहाँ आउँछ ? मुक्ति......उसलाई मुक्तिनै चाहिदैन, साधु , तर ऊ भगवानलाई देख्न अतिनै चिंतित हुन्छ | त्यो उसको भित्रि इच्छा हुन्छ, तसर्थ कृष्ण आउनुहुन्छ | मुक्तिका लागि होइन | ऊ मुक्त भैसक्यो | ऊ भौतिक पकड़बाट मुक्त भईसक्यो | तर उहाँलाई सन्तुष्ट पर्न, कृष्णसधै नै... जसरी भक्तसधै नै भगवानलाई सन्तुष्ट बनाउने सोच्दछ, त्यसरी नै भक्त भन्दा नि भगवान भक्तलाई सन्तुष्ट बनाउन खोज्नु हुन्छ | यो नै प्रेमको आदान प्रदान हो | जसरी हाम्रो साधारण कुरामा पनि , यदि तिमी कसैलाई माया गर्नु हुन्छ भने, उसलाई सन्तुष्ट बनाउन खोजिन्छ | त्यसरी नै ऊ पनि आदनप्रदान गर्दछ | यदि भौतिक दुनियामा पनि प्रेम पुर्वक आदनप्रदान हुन्छ भने, त्यो अध्यात्मिक दुनियामा धेरै नै माथिको स्तरमा हुन्छ होला ? त्यहाँ एउटा श्लोक छ : " साधु मेरो मुटु हो, र म पनि साधुको मुटु हु |" साधुसधै कृष्णका बारेमा सोच्छन्, र कृष्ण सधै आफ्ना भक्तका बारेमा सोच्नु हुन्छ, साधु |