NE/Prabhupada 0827 - आचार्यले केवल शास्त्रको निर्देशन बताउँछन्

Revision as of 10:55, 26 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0827 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

The Nectar of Devotion -- Vrndavana, November 5, 1972


अतः श्रीचैतन्य महाप्रभुले हामीलाई शिक्षा दिनुभएको छ....यो शास्त्रमा वर्णित छ । श्रीचैतन्य महाप्रभुले सूचित गर्नुभएको छ....आचार्यको कर्तव्य... शास्त्र सम्पूर्ण कुरा वर्णन गरिएको छ । आचार्यले कुनै नयाँँ कुरा आविष्कार गर्र्दैन । यदि गर्दछ भने ऊ आचार्य होइन । आचार्यले केवल सूचित गर्दछ, “यस्तो बताइएको छ ।” जस्तै, रात्रिको अन्धकारमा हामीले केही पनि राम्ररी देख्न सक्दैनौँ । हामीले केही पनि देख्न सक्दैनौँ तर जब सूर्योदय हुन्छ, सूर्योदयको प्रभाव यस्तो हुन्छ कि हामीले सबै कुरा देख्न सक्दछौँ । वस्तुहरूको उत्पादन गरिरहनुपर्दैन । सबै कुराहरू पहिलेदेखि नै छन् । घर, नगर तथा सबै कुराहरू पहिलेदेखि नै विद्यमान छन् तर जब सूर्योदय हुन्छ तब हामी सबै कुरालाई राम्ररी देख्न सक्छौँ । त्यसैगरी, आचार्य अथवा अवतारले कुनै नयाँ कुरा आविष्कार गर्नुहुन्न । उहाँहरूले केवल वस्तुहरूलाई यथारूपमा देख्नका लागि प्रकाश दिनुहुन्छ । अतः श्रीचैतन्य महाप्रभुले बृहन्नारदीय पुराणबाट यो श्लोकको चर्चा गर्नुभयो । उक्त श्लोक बृहन्नारदीय पुराणमा पहिलेदेखि नै उल्लिखित थियो । हरेर्नाम हरेर्नाम हरेर्नामैव केवलं कलौ नास्त्यैव नास्त्यैव नास्त्यैव गतिरन्यथा (चै.च. आदिलीला १७।२१) । यो श्लोक बृहन्नारदीय पुराणमा पहिलेदेखि नै उल्लिखित थियो । यो कलियुगमा हामीले गर्नुपर्ने कर्मको सूचना हो । श्रीचैतन्य महाप्रभुले भन्नुभयो । हुन त उहाँ स्वयं कृष्ण हुनुहुन्छ – उहाँले अनेक शिक्षाहरू प्रतिपादन गर्न सक्नुहुन्थ्यो तर उहाँले त्यसो गर्नुभएन । यस्तो मानिसलाई आचार्य भनिन्छ । आचार्यले कुनै नयाँ धर्मको सूत्रपात गर्दैन अथवा कुनै नयाँ किसिमको हरे कृष्ण मन्त्रको आविष्कार गर्दैन । त्यस्तो मन्त्रमा शक्ति हुँदैन । जस्तै, हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे । हरे राम, हरे राम, राम राम, हरे हरे । यो शास्त्रमा उल्लिखित मन्त्र हो । अतः यो शक्तिशाली हुुन्छ । अब यदि मैले यी १६ शब्दमा केही थपघट गरेँ भने त्यो मेरो आविष्कार हुनेछ । त्यस्तो मन्त्रमा कुनै पनि शक्ति हुँदैन । तिनीहरू यो बुझ्दैनन् । तिनीहरू सोचिरहेका छन् : यदि तिनीहरूले हरे कृष्णमा केही मन्त्र थपेर नयाँ मन्त्र बनाए भने त्यसमा बढी शक्ति हुन्छ होला । तर यसको कारणले सम्पूर्ण मन्त्र शक्तिहीन बन्दछ । उसले कुनै नयाँ शक्ति प्राप्त गर्न सक्दैन । यदि उसले कुनै नयाँ संशोधन गर्दछ भने उसले सबै कुरा बिगार्दछ । श्रीचैतन्य महाप्रभु स्वयं कृष्ण भएतापनि उहाँले कहिल्यै पनि त्यसो गर्नुभएन । उहाँले शास्त्रलाई नै आधार मान्नुहुन्थ्यो । कृष्ण स्वयं भगवान् हुनुहुन्छ । कृष्ण पनि स्वयं भन्नुहुन्छ : यः शास्त्रविधिं उत्सृज्य वर्तते कामकारतः । न स सिद्धिं अवाप्नोति (भगवद्गीता १६।२३) । कृष्ण भन्दै हुुनुहुन्छ कि कसैले पनि शास्त्रको निर्देशनलाई परित्याग गर्न सक्दैन । कृष्ण भन्नुहुन्छ ः ब्रह्मसूत्रपदैश्चैव हेतुमद्भिर्विनिश्चितैः (भगवद्गीता १३।५) । कृष्णले नयाँ शिक्षा दिन सक्नुहुन्छ । कृष्णले जे भन्नुहुन्छ त्यो शास्त्र हो, त्यो वेद हो । तापनि उहाँ शास्त्रकै आधारमा चल्नुहुन्छ । अतः आचार्यको दायित्व नै शास्त्रको निर्देशनबारे ज्ञान दिनु हो । यी निर्देशनहरू वेदमा पहिला नै उल्लेख गरिएका छन् । आचार्यको दायित्व हो... जस्तै, औषधीहरू अनेक प्रकारका हुन्छन् । यदि तिमी कुनै औषधी पसलमा जान्छौ भने त्यहाँ अनेक औषधीहरू भेटिन्छन्, तर अनुभवी चिकित्सकले तिमीलाई त्यस्तो औषधी दिनेछ जुन विशेष रूपले तिम्रो लागि उपयुक्त हुन्छ । तिमी भन्न सक्दैनौ कि, “महाशय, हजुर किन औषधी छान्दै हहुनुहुन्छ ? तपाईं मलाई कुनै पनि औषधी दिन सक्नुहुन्छ ।” यस्तो भन्नु पागलपन हो । जुन पायो त्यही औषधी खानुहुँदैन । एउटा विशेष शरीर, एउटा विशेष बोतल र एउटा विशेष औषधी जुन तिम्रा लागि उपयुक्त हुन्छ, अनुभवी चिकित्सकले तिमीलाई त्यही औषधी दिनेछ । त्यस्तो मानिसलाई आचार्य भनिन्छ । अतः तिमी भन्न सक्दैनौ कि “सबै औषधी नै हो, जुन औषधी लिए पनि मेरो रोग हुनेछ ।” होइन । त्यो ठीक होइन । तर आजभोलि यही चलिरहेको छ । यतो मत ततो पथ । किन यतो मत ततो पथ ? एउटा विशेष समयमा तिम्रो लागि उपयुक्त हुने विशेष मत, त्यस्तो मतलाई स्वीकार गर्नुपर्दछ, अरु कुनै मतलाई स्वीकार गर्नुहुँदैन । र त्यसैगरी, यो कलियुगमा, जब मानिसहरूको आयु पनि अत्यन्त थोरै हुन्छ, तिनीहरू दुर्भाग्यशाली हुन्छन्, अत्यन्त मन्दबुद्धिका हुन्छन् अनि तिनीहरू कुनै पनि किसिमको अनधिकृत धर्मलाई अपनाउँदछन्, तिनीहरूका जीवनमा अनेक विघ्नवाधाहरू आउँदछन्.... त्यसकारण, यो कलियुगका निम्ति श्रीचैतन्य महाप्रभुले दिनुभएको यो विशेष औषधी हो ः हरेर्नाम हरेर्नाम हरेर्नामैव केवलम् कलौ नास्त्येव नास्त्येव नास्त्येव गतिरन्यथा (चै.च. आदिलीला १७।२१) । प्रभु कहे, इहा हैते सर्वसिद्धि हैबे तोमार । अतः हामीले श्रीचैतन्य महाप्रभुको निर्देशन पालन गर्नुपर्दछ, उहाँले विशेष रूपले यो कलियुगमा अवतार लिनुभएको छ । कलौ संकीर्तन प्रायैर्यजन्ति हि सुमेधसः । यो शास्त्रको उपदेश हो । कृष्णवर्णं त्विषा कृष्णं सांगोपांगास्त्र–पार्षदम् यज्ञैः संकीर्तन प्रायैर्यजन्ति हि सुमेधसः (श्रीमद्भागवत ११।५।३२) । यो शास्त्रको निर्देशन हो कि यस्तो रूप धारण गर्नुभएका भगवान्, जो आफ्ना पार्षदहरूका साथमा हुनुहुन्छ.....सांगोपांगास्त्र–पार्षदम् । त्यसकारण, श्रीचैतन्य महाप्रभु सधैँ आफ्ना पार्षदहरू : श्रीअद्वैत प्रभु, श्रीनित्यानन्द प्रभु, श्रीगदाधर प्रभु, श्रीश्रीवास प्रभु । त्यसकारण, पूजाको पद्धति हो श्रीकृष्ण चैतन्य प्रभु नित्यानन्द श्रीअद्वैत गदाधर श्रीवासादि गौरभक्तवृन्द । यही नै परिपूर्ण पद्धति हो । केही पनि घटाउनु पर्दैन । पर्दैन । शास्त्रमा यो उल्लेख भइसकेको छ । यो श्रीमद्भागवतमा उल्लेख भइसकेको छ । कृष्णवर्णं त्विषाकृष्णं सांगोपांगास्त्र....(श्रीमद्भागवत ११।५।३२) । त्यसकारण, जब हामी श्रीचैतन्य महाप्रभुको पूजा गर्दछौँ तब हामी उहाँका पार्षदहरूलाई पनि उहाँसँगै पूजा गर्दछौँ । श्रीकृष्ण चैतन्य प्रभु नित्यानन्द श्रीअद्वैत गदाधर श्रीवासादि गौरभक्तवृन्द । केही पनि थपघट गर्नुपर्दैन । यो शास्त्रको निर्देशन हो । अतः यो कलियुगका सम्पूर्ण पापकर्महरूबाट मुक्त हुनका लागि, यो पहिला नै शास्त्रमा उल्लेख गरिएको थियो र यसलाई सबैभन्दा ठूला आचार्य श्रीचैतन्य महाप्रभुले स्वयं पुष्टि गर्नुभएको छ । चेतोदर्पणमार्जनं भवमहादावाग्नि निर्वापणम् (श्रीमद्भागवत ११।५।३२) । अतः हामी सबैले यो हरे कृष्ण महामन्त्रलाई स्वीकार गरेर कीर्तन गर्नुपर्दछ हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे । हरे राम हरे राम राम राम हरे हरे ।

धेरै धेरै धन्यवाद ।

हरे कृष्ण ।