NE/Prabhupada 0833 - कृष्ण, वैष्णव, गुरु र अग्निलाई साक्षी राखेर सन्यासीको रुपमा सेवा गर्ने प्रतिज्ञा
Sannyasa Initiation -- Bombay, November 18, 1975
हाम्रा संन्यासीहरू अत्यन्त कठोर परिश्रम गरिरहेका छन्, प्रचार गरिरहेका छन्, चन्दा संकलन गरिरहेका छन्—तर आफ्नो लागि एक पैसा पनि खर्च गर्दैनन् । सर्वप्रथम, ब्रह्मचारीहरूलाई प्रशिक्षण दिनुपर्दछ । ब्रह्मचारी गुरुकुले वसन्दान्तो गुरोर्हितम् (श्रीमद्भागवतम् ७।१२।१) । ब्रह्मचारीलाई गुरुको सेवाका लागि गुरुकुलमा बस्ने प्रशिक्षण दिइन्छ । त्यही सिद्धान्त, जब परिपक्व हुन्छ, र जब मानिसले कृष्णको सेवाका लागि आफ्नो जीवन समर्पण गर्दछ.... कृष्णको सेवा भनेको सम्पूर्ण संसारकै सेवा हो । कृष्ण भन्नुहुन्छः सर्वधर्मान् परित्यज्य मामेकं शरणं ब्रज (भगवद्गीता १८।६६) । एउटा संन्यासी घर–घरमा जानुपर्दछ । महद्–विचलनं नृणां गृिहणां दीनचेतसाम् (श्रीमद्भागवत १०।८।४) । संन्यासीलाई महात्मा पनि भनिन्छ । उसलाई किन महात्मा भनिन्छ ? किनभने उसको आत्मा अब फराकिलो भएको छ । गृहिणाम् दीनचेतसाम् । महद्विचलनम् । महात्माहरू देश–विदेश तथा घर–घर यात्रा गर्दछन् – महद्विचलनं नृणां गृहिणाम् – विशेषगरी दीन–चेतसाम् अर्थात् मन अत्यन्त संकुचित भएका गृहस्थहरूका लागि तिनीहरू दीनचेतसाम् हुन्छन् । यी सबै भौतिकवादी मानिसहरू केवल आफ्नो इन्द्रियतृप्ति गर्ने इच्छा गर्दछन् । त्यसकारण, तिनीहरूलाई दीनचेतसाम् अर्थात् संकुचित मन भएको भनिन्छ । त्यसकारण, तिनीहरूलाई ज्ञान प्रदान गर्नका लागि संन्यासीहरू ढोका–ढोकामा जान्छन्, देश–विदेश जान्छन्, केवल मानिसहरूलाई जीवनको उद्देश्य सिकाउनका लागि । भारतमा अझै पनि यो संस्कार कायम छ । आज पनि कुनै संन्यासी कुनै गाउँमा जान्छ भने, मानिसहरू उक्त संन्यासीलाई निमन्त्रणा गर्नेछन् र उहाँबाट श्रवण गर्ने प्रयास गर्नेछन् । र तिमीहरूले अहिले कृष्ण, वैष्णव, गुरु तथा अग्निलाई साक्षी राखेर यही सेवा गर्ने प्रतिज्ञा लिइरहेका छौ । त्यसकारण, तिमीहरू आफ्नो दायित्वलाई नभुल्न अत्यन्त सावधान रहनुपर्दछ । तिमीहरूले राम्रो अवसर प्राप्त गरेका छौ । तिमीहरू यी मानिसहरूलाई उद्धार गर्नका लागि अफ्रिका गइरहेका छौ । शुकदेव गोस्वामी भन्नुहुन्छः किराँतहूणान्ध्रपुलिन्दपुल्कशा आभिरशुम्भा यवनाः खसादयः । येऽन्ये च पापा...(श्रीमद्भागवतम् २।४।१८) माथि उल्लिखित वर्गका मानिसहरूलाई अत्यन्त पतित मानिन्छ, किराँत अर्थात् काला मानिसहरू । तिनीहरूलाई निषाद भनिन्छ । निषादको जन्म राजा वेनबाट भएको थियो । त्यसकारण, तिनीहरूको चोर्ने आदत हुन्छ; त्यसकारण, तिनीहरूलाई अलग स्थान अर्थात् अफ्रिकाका जंगलहरू दिइएको छ । श्रीमद्भागवतम्मा तिनीहरूका बारेमा उल्लेख गरिएको छ । .....तर सबैजनाको उद्धार हुन सक्दछ । किरात–हूणान्ध्र–पुलिन्द–पुल्कशा आभीरशुम्भा यवनाः खसादयः ।। येऽन्ये च पापा.... यसलाई पापपूर्ण जीवन भनिन्छ । तर शुकदेव गोस्वामी भन्नुहुन्छ, “अन्य अनेक वर्गका मानिसहरू पनि हुन सक्छन् जसबारे यहाँ उल्लेख गरिएको छैन ।” येऽन्ये च पापा यदपाश्रयाश्रयाः “यदि तिनीहरू वैष्णवको आश्रय लिन्छन् भने “शुध्यन्ति” तिनीहरू शुद्ध बन्नेछन् ।” त्यसकारण, तिमीहरू अत्यन्त दृढ वैष्णव बन्नुपर्दछ; त्यसपछि, तिमीहरू तिनीहरूलाई उद्धार गर्न सक्षम हुनेछौ । शुध्यन्ति । अर्को जन्म नलिईकन तिनीहरू कसरी शुद्ध हुन सक्दछन् ? हो । प्रभविष्णवे नमः । किनभने वैष्णवले उनीहरूको उद्धार गर्न सक्दछ, विष्णुको शक्तिद्वारा तिनीहरू शक्तिशाली बन्दछन् । र पछिल्लो पटक नैरोबी जाँदा हामीले यो प्रत्यक्ष रुपमा व्यवहारमै देखेका छौँ, अफ्रिकामा अनेकौँ भक्तहरू छन्, यी भक्तहरूले अत्यन्त राम्रोसँग भक्तिमा उन्नति गरिरहेका छन् । तिनीहरू असल–असल प्रश्नहरू गर्दछन् । तिनीहरू नियमहरूको पनि पालन गरिरहेका छन् । साथै, अफ्रिकी मानिसहरू त्यति सुविधासम्पन्न छैनन् र तथाकथित सभ्य पनि छैनन् । त्यसकारण, उनीहरू भगवान्लाई भुल्दैनन् । तर यदि तिमीले इमानदारीपूर्वक कर्म ग¥यौ र आफ्नो प्रयासले एकजनाको मात्र पनि उद्धार ग¥यौ भने, तिमीलाई कृष्णले तत्काल चिन्नुहुनेछ । न च तस्मान्मनुष्येषु कश्चित् मे प्रियकृत्तमः (भगवद्गीता १८।६९) । कृष्णद्वारा चिनिने यो सबैभन्दा छिटो उपाय होः प्रचार कार्यद्वारा ।