NE/Prabhupada 0836 - यो मनुष्य जीवनओ पूर्णताका लागी हामीले कुनै पनि वस्तुलाई परित्याग गर्न तत्पर रहनुपर्छ

Revision as of 06:01, 27 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0836 - in all Languages Category:NE-Quotes - 1966 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on CC Madhya-lila 20.100-108 -- New York, November 22, 1966


हुन त एउटा साधु अथवा एउटा भक्तले सबै कुरा जानेको हुन्छ, तापनि उसले आफूलाई सदैव केही पनि नजान्ने मानिसका रुपमा लिन्छ । उसले कहिल्यै पनि भन्दैन कि “म सबै कुरा जान्दछु ।” तर वास्तवमा सबै कुरा जान्न सम्भव पनि छैन । त्यो सम्भव छैन । तर...जस्तैः सर आइज्याक न्युटन, उहाँ योसँग सहमत हुनुहुन्छ कि “मानिसहरू मलाई धेरै नै विद्वान् ठान्दछन् तर मै जान्दिनँ कि मैले कति जानेको छु । म केवल समुद्रको किनारमा बसेर केही गिटीहरू संकलन गरिरहेको छु ।” उहाँको स्थिति यस्तो छ । यदि वास्तवमै विद्वान् मानिस हो भने उसले कहिल्यै पनि भन्दैन कि “म विद्वान् मानिस हुँ ।” उसले केवल भन्नेछ,“म एक नम्बरको मूर्ख हुँ । म केही पनि जान्दिनँ ।” त्यसकारण, श्रीचैतन्य महाप्रभुले सनातन गोस्वामीको विनम्रताको प्रशंसा गर्नुभएको थियो, किनभने वास्तवमा सनातन गोस्वामी अत्यन्त विद्वान् मानिस हुनुहुन्थ्यो र समाजका अत्यन्त वरिष्ठ व्यक्तित्व हुनुहुन्थ्यो । त्यसकारण, विनम्रताको आदानप्रदानको सन्दर्भमा, महाप्रभुले पनि स्वीकार गर्नुभयो, “होइन, तपाईं पतित हुनुहुन्न । तपाईं निरुत्साहित नहुनुहोस् । कुनै पनि विद्वान् मानिसले यस्तो भन्नु कर्तव्य हो । तर तपाईं मूर्ख हुनुहुन्न ।” कृष्ण शक्ति धर तुमिः (चै.च. मध्यलीला २०।१०५) । “किनभने तपाईं कृष्णको भक्त भइसक्नुभएको छ ।” मैले तिमीहरूलाई भनिसकेको छुः अवकाश लिनुपूर्व अर्थात् श्रीचैतन्य महाप्रभुको शरणमा आउनुपूर्व यी गोस्वामीहरू संस्कृतका अत्यन्त विद्वान् पण्डित हुनुहुन्थ्यो । उहाँहरू भागवतको अध्ययन गर्ने गर्नुहुन्थ्यो । एकपटक सनातनले नवाबलाई झुटो निवेदन दिए कि, “म बिरामी छु । म कार्यालयमा आउन सक्दिनँ ।” त्यसपछि, नवाब शाह स्वयं एकदिन व्यक्तिगत रुपमै सनातनको घरमा गए, “यो भद्र मानिसले केवल बिरामी भएको निवेदन पेश गरेर कार्यालयमा आउन बन्द गरिरहेको छ । यो के हो ?” त्यसकारण, जब नवाब शाह सनातनको घरमा पुगे तब उनले देखे कि सनातन त विद्वान् पण्डितहरूसँग बसेर श्रीमद्भागवतम्को अध्ययन गर्नमा व्यस्त छन्, अनि नवाबले बुझे, “ओहो, तिम्रो रोग त यो पो रहेछ । अब तिमी श्रीमद्भागवततिर लाग्यौ ।” त्यसकारण, वास्तवमा सनातन अत्यन्त विद्वान् मानिस हुनुहुन्थ्यो तर आफ्नो विनम्र व्यवहारको कारणले, सनातनले आफूलाई यो भद्र शैलीमा भगवान् श्रीचैतन्यसामु समर्पण गर्नुभयो । त्यसकारण, श्रीचैतन्य महाप्रभुले भन्नुभयो, सद्धर्मस्यावबोधाययेषां निर्बन्धिनी मतिः । अचिरादेव सर्वार्थः सिध्यत् येषां अभीप्सितः (चै.च. मध्यलीला २४।१७०) । श्रीचैतन्य महाप्रभुले भन्नुभयो, “परमसिद्धि प्राप्त गर्ने तपाईंको इच्छा छ; त्यसकारण, तपाईं यति धेरै विनम्र हुनुहुन्छ ।” श्रीचैतन्य महाप्रभुले नारदीय पुराणबाट एउटा श्लोक भन्नुभयो कि जो गम्भीर छ.... जो आफूलाई पूर्ण रुपमा जान्न अत्यन्त गम्भीर छ र उसले यसको खोजी गरिरहेको छ भने उसले सफलता पाउने निश्चित छ । एउटै मात्र कुरा के हो भने मानिस अत्यन्त गम्भीर हुनुपर्दछ । यो श्लोकको तात्पर्य होः धर्मस्यावबोधाय येषां निर्बन्धिनी मतिः । निर्बन्धिनी मतिः भनेको उसले पहिला नै दृढ निश्चय गरिसकेको छ कि, “यो जीवनमा म मेरो जीवनलाई परिपूर्ण बनाउनेछु ।” उसले परमसिद्धि प्राप्त गर्ने निश्चित छ । निश्चित छ । यदि उसले विचार गर्दछ, “म प्रयास गर्नेछु । यो कृष्णभावनामृतको विभागलाई पनि परीक्षण गरेर हेर्नेछु, साथसाथै, अन्य विभागहरूको पनि परीक्षण गर्ने नै छु । अब हामी यो मार्गमा लागौँ....” होइन । यही जीवनमा पूर्ण सिद्धि प्राप्त गर्न मानिस अत्यन्त गम्भीर हुनुपर्दछ । त्यसकारण, मानिस सनातन गोस्वामीजस्तै गम्भीर हुनुपर्दछ । र त्यो उद्देश्य प्राप्तिका लागि सनातनले आफ्नो सर्वस्व त्याग गर्नुभयो र एउटा भिखारी बन्नुभयो । त्यसकारण, यो मनुष्य जीवनमा परमसिद्धि प्राप्त गर्नका लागी हामीले कुनै पनि वस्तुलाई परित्याग गर्न तत्पर रहनुपर्दछ । त्यसपछि, हामीले परमसिद्धि पाउने निश्चित छ । हामी केवल अत्यन्त गम्भीर हुनुपर्दछ, यत्ति नै हो ।