NE/Prabhupada 0844 - केवल राजालाई प्रसन्न बनाएर तपाईले सर्वशक्तिमान परम्पिता भगवानलाई प्रसन्न पार्नुहुनेछ

Revision as of 06:44, 27 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0844 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

731216 - Lecture SB 01.15.38 - Los Angeles


त्यसकारण, परापूर्वकालमा यो सम्पूर्ण पृथ्वीलाई भारतवर्ष भनिन्थ्यो.... पृथ्वीलाई भारतवर्ष भनिन्थ्यो । र सम्पूर्ण पृथ्वीलाई एउटै सम्राटले शासन गर्दथे । त्यसकारण, यहाँ भनिएको छ, स्वराट् । स्वराट् भनेको पूर्णतः स्वतन्त्र हो । महाराज युधिष्ठिर अन्य कुनै पनि राजा अथवा राज्यको अधीनमा हुनुहुन्नथ्यो । उहाँ पूर्णतः स्वतन्त्र हुनुहुन्थ्यो । उहाँ जे चाहनुहुन्थ्यो, त्यो गर्न सक्नुहुन्थ्यो । त्यस्तो मानिसलाई राजा भनिन्छ । त्यस्तो मानिसलाई सम्राट भनिन्छ । यदि तथाकथित राजा अथवा राष्ट्रपति केही बदमाश मतदाताहरूको मतदानमा आश्रित हुन्छन् भने ऊ कस्तो किसिमको स्वराट् हो ? वर्तमान परिवेशमा, तथाकथित राष्ट्रपति केही बदमाशहरूको मतदानमा आश्रित छन् । यत्ति हो । बदमाशहरू जान्दैनन् कि कसलाई मतदान गर्नुपर्ने हो । त्यसकारण, एउटा अर्को बदमाश निर्वाचित हुन पुग्दछ, र जब उसले राम्रोसँग शासन गर्दैन तब ती मतदाताहरू रुन थाल्दछन् । तिमीहरूले नै उसलाई निर्वाचित गरेका हौ । अब तिमीहरू किन रुदैँछौ ? किनभने ती सबै बदमाश हुन् । तिनीहरूलाई ज्ञान छैन । आजभोलि यही चलिरहेको छ । तर वास्तवमा राज्यको शीर्षस्थ पुरुष स्वराट् अर्थात् पूर्णतः स्वतन्त्र हुनुपर्दछ । प्रजाहरूको मतदानमा आश्रित हुनुहुन्न । ऊ केवल भगवान् श्रीकृष्णमा आश्रित हुनुपर्दछ, महाराज युधिष्ठिरजस्तै । सम्पूर्ण पाण्डवहरू भगवान् श्रीकृष्णको अधीनमा थिए । त्यसकारण, राजा अथवा सम्राट भगवान् श्रीकृष्णको प्रतिनिधि हुनुपर्दछ । त्यसकारण, उनलाई नरदेव भनेर सम्मान गरिन्छ । राजाको अर्को नाम नरदेव हो अर्थात्ः “मनुष्यको रूपमा रहेका भगवान् ।” “मनुष्यको रूपमा रहेका भगवान्” त्यसकारण राजालाई आदर गर्नुपर्दछ । किनभने ऊ भगवान् श्रीकृष्णको प्रतिनिधि हो । कृष्णको कुनै पनि प्रतिनिधि....राजाजस्तै..... आजभोलिका राजा अथवा राष्ट्रपति होइन, तर यो आदर्श हुनुपर्दछ । त्यसकारण, ऊ भगवान्को परिपूर्ण प्रतिनिधि हुनुपर्दछ...... विश्वनाथ चक्रवर्ती ठाकुर भन्नुहुन्छ, यस्य प्रसादात् भगवत्प्रसादः । यदि राजा भगवान्का वास्तविक प्रतिनिधि छन् भने, केवल राजालाई प्रसन्न बनाएपछि तपाईंले सर्वशक्तिमान् परमपिता भगवान्लाई प्रसन्न पार्नुहुनेछ । यो.... त्यसोभए, महाराज युधिष्ठिरलाई राजसिंहासनमा विराजमान गराउनका लागि कृष्णले किन कुरुक्षेत्रको युद्ध रच्नुभयो त ? किनभने कृष्णलाई ज्ञान थियो “युधिष्ठिर नै मेरो सही प्रतिनिधि हो, दुर्योधन होइन । त्यसकारण, त्यहाँ युद्ध आवश्यक थियो र दुर्योधन तथा उसको दललाई विनाश गर्नु आवश्यक थियो, र यसप्रकार युधिष्ठिरलाई राजसिंहासनमा विराजमान गराउनु सम्भव हुन्थ्यो ।” त्यसकारण, मनोनयन.....यो परम्परा हो । र जब युधिष्ठिरले राज्यबाट अवकाश लिँदै हुनुहुन्थ्यो तब युधिष्ठिरको दायित्व थियो कि अर्को राजा..... “अतः अर्को सम्राट, ऊ पनि मजस्तै सुयोग्य हुनुपर्दछ ।” त्यसकारण, भनिएको छ, सुसमं गुणैः । सुसमं भनेको “दुरुस्त मेरो प्रतिनिधि । उसँग.... मेरा नाति परीक्षित मजस्तै सुयोग्य छन् । त्यसकारण, उसलाई राज्यारोहण गराउनुपर्दछ ।” कुनै आवारालाई राज्यारोहण गराइँदैन । होइन । यो सम्भव छैन । जब महाराज परीक्षितको जन्म भयो, कुरु परिवारको एक मात्र उत्तराधिकारी उहाँ मात्र बाँकी हुनुहुन्थ्यो । अन्य सबै कुरुवंशी राजकुमारहरू युद्धमा मारिए । तर परीक्षित भने त्यतिबेला गर्भावस्थामा हुनुहुन्थ्यो । परीक्षित आफ्नी आमाको गर्भमा हुनुहुन्थ्यो । उहाँकी आमा गर्भवती हुनुहुुन्थ्यो । परीक्षितका पिता अभिमन्यु अर्जुनका पुत्र हुनुहुन्थ्यो । अभिमन्यु केवल १६ वर्षको उमेरमा युद्धमा जानुभएको थियो । अभिमन्यु एक महान् योद्धा हुनुहुन्थ्यो । त्यसकारण, उहाँलाई वध गर्नका लागि सात–सातजना महारथीहरू लागेका थिए । भीष्म, द्रोण, कर्ण, दुर्योधन लगायत सबैजना मिलेर सँगसँगै युद्ध गरेका थिए । त्यहाँ अभिमन्युका लागि कुनै दया थिएन । यी अभिमन्यु उहाँको वध गर्नका लागि घेराउ गर्ने सम्पूर्ण योद्धाहरूका नाति तथा पनाति पर्नुहुन्थ्यो । उहाँ ती योद्धाहरूका अत्यन्त प्यारा नाति तथा पनाति हुनुहुन्थ्यो.... उहाँ भीष्मका पनाति पर्नुहुन्थ्यो, दुर्योधनका नाति पर्नुहुन्थ्यो । तर त्यो युद्ध–मैदान थियो, क्षत्रीयको धर्म थियो । यदि तपाईं युद्ध गर्न जानुहुन्छ भने तपाईंले आफ्नो विपक्षी दललाई मार्नैपर्दछ । ऊ तपाईंको प्रिय पुत्र हो कि नाति होस् अथवा पनाति होस्, केही फरक पर्दैन । यही नै कर्तव्य हो ।