NE/Prabhupada 0307 -कृष्णको बारेमा स्मरण गर्नेमात्र होइन, तर कृष्णको लागि कार्य गर्ने, कृष्णलाई महशुस गर्ने
Lecture -- Seattle, October 2, 1968
प्रभुपाद : तिम्रो मनले भन्यो ,"त्यो नयाँ इस्कोन मन्दिरमा जाऔं, " त्यसैले तिम्रो खुट्टाले तिमीलाई यहाँ त्यायो | मन .... सोच्नु, महशुस गर्नु, चाहनु, यी मनका क्रियाकलापहरु हो | मनले सोच्छ, महशुस गर्छ र तिनीहरुले काम गर्छन् | त्यसैले तिमीले आफ्नो मनलाई कृष्णको बारेमा स्मरण गर्नमात्र होइन, तर कृष्णको लागि कार्य गर्न, कृष्णलाई महशुस गर्न पनि प्रयोग गर्नुपर्छ | त्यो पूर्ण ध्यान हो | त्यसलाई समाधि भनिन्छ | तिम्रो मन नियन्त्रण बाहिर जाँदैन | तिमीले आफ्नो मन यसरीलाई व्यस्त राख्नुपर्छ कि मनले सधैं कृष्णको बारेमा सोच्छ, कृष्णलाई महशुस गर्छ र कृष्णको लागि कार्य गर्छ | त्यो पूर्ण ध्यान हो |
युवा (२): आफ्नो आँखाले के गर्ने ? आँखा बन्द गर्ने ?
प्रभुपाद : हो, आँखा पनि एउटा इन्द्रिय हो | मन सामान्य इन्द्रिय हो र राज्यपालको अधिनमा, धेरै मातहतका र तल्लो तहका कर्मचारी हुन्छन् | आँखा, हात, खुट्टा, जिब्रो, दश इन्द्रियहरु, तिनीहरु मनको निर्देशनमा कार्यरत छन् | त्यसैले मन इन्द्रियको माध्यमबाट प्रस्तुत हुन्छ | त्यसैले जबसम्म तिमीले आफ्नो इन्द्रियहरुलाई मनले सोचे अनुरुप तथा महशुस गरे अनुरुप संग्लग्न गराउँदैनौ, तबसम्म कुनै पूर्णता प्राप्त हुँदैन | केही विचलन हुनेछ | यदि तिम्रो मनले कृष्णको बारेमा सोच्छ र तिम्रो आँखाले अरु केहि हेर्दैछ भने कुनै व्यवधान वा विरोधाभाष उत्पन्न हुन्छ | त्यसैले तिमीले सर्वप्रथम आफ्नो मनलाई कृष्णामा एकाग्र पार्नुपर्छ, तब अरु सबै इन्द्रियहरु कृष्णको सेवामा संग्लग्न हुनेछन् | यो हो भक्ति | सर्वोपाधि-विनिर्मुक्तमं तत्-परत्वेन निर्मलम हृषीकेण हृषीकेश- सेवनम् भक्तिर उच्यते (चै च मध्य १९|१७०) हृषीक भनेको इन्द्रिय | जब हामीले आफ्ना इन्द्रियहरुलाई इन्द्रियका मालिकको सेवामा संग्लग्न गराउँछौं.... कृष्णलाई हृषीकेश भनिन्छ, अथवा इन्द्रियहरुका स्वामी | इन्द्रियहरुका स्वामी, यो बुझ्ने प्रयास गर | जस्तै यो हात | यो हात राम्ररी कार्यरत छ, तर यदि हातमा पक्षाघात भयो भने अथवा कृष्णले शक्ति फिर्ता लिनुभयो भने तिम्रो हात बेकार हुन्छ | तिमीले त्यसलाई पुनर्स्थापना गर्न सक्दैनौ | त्यसैले तिमी आफ्नो हातको मालिक होइनौ | तिमीले गलत रुपमा सोच्दैछौ कि "म हातको स्वामी हुँ |" तर वास्तवमा, तिमी स्वामी होइनौ | स्वामी कृष्ण हुनुहुन्छ | त्यसैले जब तिम्रा इन्द्रियहरु तिनका स्वामीको सेवामा संग्लग्न हुन्छन्, त्यसलाई भक्ति अथवा भक्तिमय सेवा भनिन्छ | अहिले इन्द्रियहरु मेरा उपाधिमा संग्लग्न छन् | म सोच्दैछु कि "मेरो शरीर आफ्नी श्रीमती वा अरु कसैको सन्तुष्टिको लागि हो," अन्य धेरै कुराहरुओक लागि हो,"मेरो देश, मेरो समाज |" यो उपाधि हो | तर जब तिमी अध्यात्मिक स्तरमा पुग्छौ, तिमीले बुझ्छौ कि "म भगवानको अंश हुँ; तसर्थ मेरा गतिविधिहरुको लक्ष्य भगवानको सन्तुष्टि हुनुपर्छ |" त्यो भक्ति हो | सर्वोपाधि-विनिर्मुक्तम् (चै च मध्य १९|१७०), सबै उपाधिबाट मुक्त हुनु | जब तिम्रा इन्द्रीयहरू शुद्ध हुन्छन्, र जब ती इन्द्रीयहरू तिनका मालिकको सेवामा प्रयोग हुन्छन्, त्यसलाई कृष्ण भावनामा कार्य गर्नु भनिन्छ | तिम्रो प्रश्न के छ ? ध्यान, मनको संग्लग्नटा त्यस प्रकार हुनुपर्छ | तब त्यो पूर्ण हुन्छ | अन्यथा, मन यति चन्चल र परिवर्तनशिल हुन्छ कि यदि तिमीले यसलाई कुनै विन्दुमा केन्द्रित गराएनौ भने... केन्द्रित बनाउनु भनेको... मन केहि कार्य गर्न चाहन्छ किनकि मनको लक्षण भनेको सोच्नु, महशुस गर्नु र चाहनु हो | त्यसैले तिमीले आफ्नो मनलाई यसरी अभ्यास गराउनुपर्छ कि तिमीले कृष्णको बारेमा सोच्नेछौ, तिमीले कृष्णलाई महशुस गर्नेछौ, तिमीले कृष्णको लागि कार्य गर्नेछौ | तब त्यो समाधि हो | त्यो पूर्ण ध्यान हो |