NE/Prabhupada 0059 - आफ्नो वास्तविक कर्तव्य नबिर्सिनुहोस्
Lecture on BG 2.14 -- Mexico, February 14, 1975
प्रश्न यो छ कि " यदि म शाश्वत छु भने, किन जीवनमा यति धेरै दु:खदायी क्षणहरु छन् ? र म किन मर्न बाध्य छु?" यो वास्तवमा बुद्धिमान प्रश्न हो, कि "यदि म शाश्वत छु भने किन म यो भौतिक शरीरमा रहुँ जुन मृत्यु, जन्म, बुढ्यौली र रोगको अधिनमा छ ?" तसर्थ कृष्णले भन्नुहुन्छ कि जीवनमा यो दु:खदायी स्थिति यस भौतिक शरीरको कारणले गर्दा हो | जो कर्मी छन्, अर्थात् जो इन्द्रियतृप्तिमा लागेका छन्.... तिनीहरुलाई कर्मी भनिन्छ | कर्मीहरुलाई भविष्यको मतलब छैन, तिनीहरुलाई जीवनमा तत्कालका सुविधा चाहिन्छ | जस्तै एउटा बच्चा आमाबुवाको हेरचाह बिना दिउँसभर खेल्छ र भविष्यको बारेमा ख्याल गर्दैन, शिक्षा लिंदैन |
तर मानव जीवनमा यदि हामी वास्तवमा बुद्धिमान छौं भने, हामीले सक्दो प्रयास गर्नुपर्छ, कसरी त्यो जीवन वा शरीर प्राप्त गर्ने जसमा मृत्यु, जन्म, बुढ्यौली र रोग हुँदैन | यस कृष्ण भावनामृत अभियान मानिसलाई त्यस प्रयोजनको लागि शिक्षा दिन हो | अब, कसैले भन्न सक्छ, " यदि म केवल कृष्ण भावनामा समर्पित भएँ भने मेरा भौतिक आवश्यकता कसरी पुरा हुन्छन् ?" यसको उत्तर भगवाद गीतामा छ कि जो केवल कृष्ण भावनामा संलग्न छ, उसको जीवनका आवश्यकता कृष्णले सम्हाल्नुहुन्छ | कृष्णले सबैको हेरचाह गरिरहनुभएको छ | एको यो बहूनां विदधाति कामान्: "एक परमपुरुषले सबै जीवको आवश्यकता पुरा गर्नुहुन्छ |" त्यसैले एक भक्त, जो घर फर्कन, भगवाद् धाम फर्कन प्रयासरत छ, उसलाई कुनै कमी हुँदैन | ढुक्क हुन सकिन्छ | कृष्णले भगवाद गीतामा भन्नुहुन्छ, तेषां सतत युक्तानां योगक्षेमं वहाम्यहम् (भ गी ९।२२ ) | "एक भक्त जो सधैं मेरो सेवामा लागेको छ, म ख्याल राख्छु, कसरी उसको जीवनको आवश्यकता पुरा हुन्छ |"
एउटा व्यवहारिक उदाहरण यो छ कि यस कृष्ण भावनामृत अभियानमा हाम्रा सयवटा केन्द्र छन्, र हरेक मन्दिरमा, कम्तिमा २५ देखि २५० भक्तसम्म बस्छन् | हामीसँग कुनै निश्चित आयस्रोत छैन, र हामी हरेक स्थानमा प्रत्येक महिना असी हजार डलर खर्च गर्दैछौं | तर कृष्णको कृपाले हामीलाई केहि कमी छैन, सबै कुराको आपूर्ति भइरहेको छ | मानिसहरु कहिलेकहीं छक्क पर्छन् कि " यी मानिसहरु काम गर्दैनन्, कुनै पेशा छैन, केवल हरे कृष्ण जप्छन् | यी कसरी बाँच्छन् ?" त्यो कुनै प्रश्न होइन | यदि कुकुर र बिरलोहरु भगवानको कृपामा बाँच्न सक्छन् भने भक्तहरु भगवानको कृपाले धेरै सुविधासहित बाँच्न सक्छन् | त्यस्तो प्रश्न छैन, तर यदि कसैले सोच्छ कि " मैले कृष्ण भावना ग्रहण गरें, तर म धेरै कुराको लागि दु:ख पाउँदैछु", तिनीहरुको लागि वा हामी सबैको लागि उपदेश छ, मात्रा-स्पर्शास् तु कौन्तेय शीतोष्ण-सुख-दुःख-दाः (भ गी २।१४ ) | "यी पीडा र आनन्द भनेको जाडो र गर्मीजस्तै हुन् |" जाडोमा पानी पीडादायी हुन्छ, र गर्मीमा पानी आनन्ददायी हुन्छ | त्यसैले पानीको स्थिति के छ त ? यो आरामदायी छ कि पीडादायी छ? यो न पीडादायी छ, न आनन्ददायी छ, तर निश्चित मौसममा, छालालाई छोएर यो पीडादायी वा आनन्ददायी जस्तो लाग्छ | त्यस्ता पीडा र आनन्दको बारेमा यहाँ बताइएको छ: "तिनीहरु आउँछन् र जान्छन् " तिनीहरु स्थायी छैनन् |" आगम अपायिनः अनित्याः (भ गी २।१४ ) अर्थात् "तिनीहरु आउँछन् र जान्छन्, त्यसैले तिनीहरु स्थायी छैनन् |" तसर्थ कृष्णले सल्लाह दिनुहुन्छ, तांस् तितिक्षस्व भारत (भ गी २।१४ ): "केवल सहेर बस।" तर आफ्नो कर्तव्य बिर्सिनुहुँदैन, कृष्ण भावाना | यी भौतिक पीडा र आनन्दको मतलब नगर्नुहोस् |