NE/710115 प्रवचन - श्रील प्रभुपाद इलाहाबादमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"विष्णुदूतले भन्नुहुन्छ कि 'कसैले जति नै धेरै पाप कर्म गरेको भए पनि, यदि..., यदि उसले एक पटक नारायणको पवित्र नाम उच्चारण गर्छ भने ऊ तुरुन्तै मुक्त हुन्छ।' यो तथ्य हो। यो अतिशयोक्ति होइन। पापी मानिस, कुनै तरिकाले यो हरे कृष्ण मन्त्र जपेछ भने, ऊ तुरुन्तै सबै फलबाट मुक्त हुन्छ। तर कठिनाइ यो हो कि उसले फेरि गर्छ। त्यो नामपरध, अपराध हो। दस प्रकारका अपराधहरू छन्। यो सबैभन्दा गम्भीर अपराध हो, कि हरे कृष्ण मन्त्र जपेर सबै पापको फलबाट मुक्त भइसकेपछि यदि उसले फेरि उही पाप गर्छ भने त्यो गम्भीर अपराध हो। सामान्य मानिसको लागि यो त्यति गम्भीर नहोला, तर जो हरे कृष्ण मन्त्र जपिरहेको छ, यदि उसले 'मैले केही पाप गरे पनि म मुक्त हुनेछु किनभने मैले हरे कृष्ण मन्त्र जपिरहेको छु ' भन्ने ठानेर मन्त्रको फाइदा उठाएको छ भने, उ मुक्त त हुनेछ, तर अपराधी भएकोले उसले हरे कृष्ण मन्त्र जपको अन्तिम लक्ष्य हासिल गर्दैन।"
710115 - प्रवचन SB 06.02.09-10 - इलाहाबाद