NE/Prabhupada 0012 - ज्ञानको स्रोत श्रवण हो

Revision as of 10:11, 26 November 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0012 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 16.7 -- Hawaii, February 3, 1975

हामी प्रत्येक जना, हामी अपूर्ण छौं | हामी हाम्रो आँखामाथि धेरै नै गर्व गर्छौं : " के तपाइँ मलाई देखाउँन सक्नुहुन्छ?" हाम्रा आँखाहरुसंग कस्ता योग्यता छन् की तपाइँ देख्न सक्नु हुन्छ ? उसले यो सोंचदैन की "म संग कुनै योग्यता छैन: तैपनि, म हेर्ने चाहन्छु " |

यी आँखाहरु, ओह! तिनीहरु विभिन्न परिस्थितिम निर्भर छन् | अब बिजुली छ, तपाईं देख्न सक्नुहुन्छ। बिजुली वंद हुने बित्तिकै, तपाइँ देख्न सक्नु हुन्न | त्यस्तो हो भने हाम्रो आँखाको मूल्य के हो त ? तपाइँ यो पर्खाल पारी के भैरहेको छ देख्न सक्नु हुन्न | त्यसैले ज्ञानका स्रोतका रूपमा आफ्ना तथाकथित इंद्रियहरुमाथी विश्वास नगर्नुस् । होइन |

ज्ञानको स्रोत श्रवण(सुन्नु) हुनुपर्छ। यसलाई श्रुति भनिन्छ। तसर्थ वेदको नाम श्रुति छ। श्रुति प्रमाणं, श्रुति प्रमाणं | जसरी की एउटा वालक वा एउटा केटो जान्न चाहन्छकी उसको बुबा को हो | यसैले प्रमाण के छ त? त्यो प्रमाण श्रुति हो, आमाबाट सुन्नु या श्रवण गर्नु | आमा भन्छन्, "उहाँ तिम्रो पिता हुनुहुन्छ " | र उस्ले सुन्छ | उस्ले यो हेर्दैन की त्यो मान्छे कसरी उसको बुवा भयो | किनभने उसको शरीर निर्माण हुनु पूर्व नै पिता थिए, उसले कसरी देख्न सक्छ त ? त्यसकारण हेरेर मात्रै, तपाईंले पक्का गर्न सक्नुहुन्न की तपाइँ को बुवा (पिता) को हो भनेर | तपाईंले विश्वस्त सूत्रबाट (अधिकारीबाट) श्रवण गर्नुपर्छ | आमा विश्वस्त सूत्र(अधिकारी) हुन्न |

तसर्थ श्रुति-प्रमाणं : श्रुति वा सुन्नु नै प्रमाण हो, देख्नु होइन | देख्नु ... हाम्रा त्रुटिपूर्ण आँखाहरु... यति धेरै अवरोध छन् । र त्यसैगरि, प्रत्यक्ष धारणाबाट, तपाईं सत्य प्राप्त गर्न सक्नुहुन्न। प्रत्यक्ष अवधारणा अनुमान मात्रै हो । डा. भ्यागुतो ।

डा. भ्यागुतो अनुमान लगाइरहेका छन् की आन्द्र महासागर के हो। ऊ कुँआभित्र छ, तीन फ़ीट कुँआ, र उसका केहि मित्र ले जानकारी दिए | ओह, मैले विशाल पानी देखेको छू " | " त्यो विशाल पानी के हो?" "आन्द्र महासागर |" "त्यो कत्रो ठूलो छ ?" धेरै धेरै ठूलो" | र डा. भ्यागुतोले सोचिरहेका छन्, सायद चार फ़ीट | यो कुंवा तीन फ़ीट छ | त्यो सायद चार फ़ीट होला | ल ठीक छ , पांच फ़ीट | लौ त, दस फ़ीट | र यसरी अनुमान लगाउँदै जादाँ कसरी भ्यागुतो, डॉ. भ्यागुतोले बुझन सक्ला आन्द्र महासागर र प्रशान्त महासागर ?

के तपाइँले आन्द्र र प्रशान्त महासागरको लम्बाई र चौड़ाई आकलन गर्न सक्नुहुन्छ, अनुमान का भरमा ? र त्यसकारण अनुमान का भरमा, तपाइँले प्राप्त गर्न सक्नु हुन्न | उनीहरूले धेरै वर्ष देखि यस ब्रह्माण्डको बारेमा अनुमान(अडकल) लगाई रहेका छन् , कति धेरै ताराहरु छन्, लम्बाई र चौड़ाई कति छन् , कहाँ छन् ... भौतिक संसारका बारेमा कसैलाई केहि जानकारी छैन भने आध्यात्मिक संसारको के कुरा गर्ने? त्यो अति परको कुरा हो | धेरै टाढा को | परस तस्मात् तू भावो अन्यो अभ्यक्तो अभ्यतात सनातनः (भ गी ८।२०) ।

तपाइँले भागवत - गीतामा भेटाऊन सक्नु हुन्छ | त्यहाँ अर्का प्रकृति छन् | यो प्रकृति हो, जे तपाइँले देख्नुहुन्छ , आकास, एउटा गोलों गुंबद | त्यो , र त्यो भन्दा माथि,फेरी पनि पांच तत्वहरुका तहहरु छन् | यसले ढाकेको हुन्छ | ठीक त्यसरी जसरी तपाइँ ले नरिवल देख्नु भएकोछ | यो एकदम कड़ा रुपमा ढाकिएको हुन्छ र त्यो भित्र पानी हुन्छ | त्यसै गरी यो पत्र भित्र ... र बाहिर, त्यहाँ पांच पात्रहरु(तहहरु) छन् ,एक अर्को भन्दा हजार गुणा ठूलो : जलका तह, हावाका तह , आगोका तह। त्यसैले तपाइँले यी सबै तहहरू छिर्नु पर्छ । अनि तपाइँले आध्यात्मिक संसार प्राप्त गर्नु सक्नु हुन्छ |

यी सबै ब्रह्माण्डहरु, असीमित संख्या, अनन्त कोटि यस्य प्रभा प्रभावकतो जगद-अन्द्द-कोटि (ब्र स ५।४०) जगद-अन्द्द अर्थात ब्रह्माण्ड | कोटि, धेरै लाखौं झुंडहरु एकसाथ, त्यो भौतिक संसार हो | र यो भौतिक संसार भन्दा पर आध्यात्मिक संसार छन् , अर्को अकास | त्यो पनि आकास नै हो | त्यसलाई परव्योम भनिन्छ | तसर्थ तपाइँ आफ्नो इन्द्रियको अवधारणाबाट, आंकलन गर्न सक्नु हुन्न की चन्द्र ग्रहमा र सूर्य ग्रहमा के छ भनेर, यो ग्रह, यो ब्रह्माण्ड भित्र | तपाइँले कसरी अनुमानका भरमा आध्यात्मिक संसारलाई बुझ्न सक्नु हुन्छ? यो मूर्खता हो | त्यसकारण शास्त्रले बताउँछ, "अचिन्त्याः खलु ए भावा न तामस तर्कणा योजयेत्" | अचिन्त्य, जून कल्पनातीत छ, तपाई को इन्द्रिय अवधारणा भन्दा पर, तर्क गरेरै बुझने र फेरी अनुमान गर्ने प्रयास नगर्नुस् | यो मूर्खतापूर्ण हो | यो संभव छैन |

त्यसकारण हामीले गुरु समक्छ जानु पर्छ | तद-विज्ञानानार्थम् स गुरुम् एवाभिगच्छेत्,समित-पाणिः अश्रोत्रियम ब्रह्म-निष्ठां(मु उ १।२।१२) यो नै विधि हो |