NE/Prabhupada 0078 - केवल श्रद्धासाथ सुन्ने प्रयास गर्नुहोस्
Lecture on SB 1.2.16 -- Los Angeles, August 19, 1972
यहाँ, शुश्रूषोः श्रद्दधानस्य वासुदेव-कथा रुचिः (श्री भा १।२।१६ )| यो भन्दा पहिलाको श्लोकमा भनिएको छ, यद् अनुध्यासिना युक्ताः (श्री भा १।२।१५ ) एकले सधैभरी स्मरण गरिरहनु पर्दछ। यो तरवार हो | यो कृष्णभावनामृतको तरवार तपाईहरू सबैले लिनुपर्छ । यति गर्नुभयो भने तपाईहरुले मुक्ति पाउनुहुनेछ। यहि तरवारले गाँठो काटिदिन्छ। अब, यो तरवार हामीहरुले कसरि पाउछौं त? यस्तो प्रकृया पनि यहि बताईएको छ- त्यो के भने तपाईहरूले केवल श्रद्दापुर्वक सुन्ने प्रयास गर्नुहोस । त्यो तरवार तपाईहरुले पाउनुहुनेछ। यति हो।
वास्तवमा, हाम्रो कृष्ण भावनामृत अभियान फैलिरहेको छ। सुनेर नै हामीले यस्तो तरवार एक देखि अर्को पाईरहेका छौं। तपाईहरूलाई थाहै छ कि मैले न्यु योर्कमा यो अभियान सुरु गरेको हुँ। मसँग वास्तवमा यस्तो केहि तरवार थिएन । जस्तै कुनै धार्मिक सिद्वान्तमा कसैले एक हातमा धार्मिक ग्रन्थ लिँदछन अनि अर्को हातमा तरवार:"तिमीहरुले यो धर्म स्वीकार गर होईनभने तिमीहरुको टाउको काटीदिन्छु ।" त्यो पनि अर्को किसिमको प्रचार हो। तर मसंग पनि तरवार थियो, तर त्यस्तो किर्सिमको तरवार होइन | यो तरवार- मानिसहरूलाई सुन्ने मौका दिनु हो। बस। वासुदेव कथा रुची (श्री भा १।२।१६ )।
जब मानिसहरुको यो कथामा रुची लागछ...रुची | रुची भनेको स्वाद हो। "ओहो ! यहाँ कृष्ण कथा भईरहेछ। म पनि सुन्नुपर्यो।" यो तरवार तपाईहरुले लिनुपर्छ, तत्काल | त्यो तलवार तपाईहरुको हातमा छ | वासुदेव कथा रुची:(श्री भा १।२।१६ )। तर रुची कसलाई आउँछ? यो स्वाद? किनकि, यो कुरा मैले धेरै पल्ट तपाईहरुलाई बताईदिएको छु, यो स्वाद, सक्खर जस्तै । सबैलाई थाहा छ कि सक्खर गुलीयो हुन्छ, तर त्यो सक्खर कमलपित्त लागेको मान्छेलाई दिनुभयो भने उस्लाई त्यो तितो लाग्छ। सबैलाई थाहा छ कि सक्खर गुलीयो हुन्छ भनेर तर त्यो कमलपित्त रोग लागेकालई, उसलाई त्यहि सक्खर तितो लाग्छ। सबैलाई थाहा छ। यो तथ्य हो |
त्यसैले रुचि, वासुदेव कथा, कृष्ण कथा सुन्नका लागि रुचि, यो भौतिक रोगले पिडीत मानिसलाई चाख्न मन पर्दैन। यो रुची, स्वाद | यो रुची, स्वाद पाउनलाई प्राथमिक कार्यहरू छन्। के हो त्यो ? पहिलो काम सराहना गर्नु:"ओहो ! यो त राम्रो छ।" आदौ श्रद्धा, श्रद्दधान | त्यसैले श्रद्धा, सराहना गर्नु, यहि हो सुरुवात। अनि साधु सङ्ग(चै च मध्य २२।८३ ) । अनि मिसिनु:"ठिक छ, यिनीहरू श्रीकृष्णका बारेमा जप गर्छन् र कुरा गर्छन्। म पनि जानु पर्यो र अझ धेरै सुन्नु पर्यो।" यस्तो धारणालाई भनिन्छ साधु सङ्ग। भक्तहरुको साथमा सङ्ग गर्नु । यो भयो दोस्रो स्तर । तेस्रो स्तर हो भजनक्रिया। जब कोहि यस्तो राम्रो सङ्गगर्दछ उसलाई लाग्न थाल्छ,"म शिष्य बनुँ कि?" हामीहरुले यसै गरेर निवेदनहरू पाउँदछौं,"प्रभुपाद, कृपया मलाई पनि हजुरको शिष्यको रुपमा स्वीकार्नुहोस् |" यो हो भजन क्रियाको सुरुवात। भजन क्रिया भनेको भगवान श्रीकृष्णको सेवामा लाग्नु हो। यो हो तेस्रो स्तर।