NE/Prabhupada 0132 - वर्गहीन समाज बेकार समाज हो
Lecture on BG 7.1 -- Hyderabad, April 27, 1974
भगवद गीतामा हामीले मानवीय समस्याक सब समाधान पाउँछौं, सब समाधान | चातुर्-वर्ण्यं मया सृष्टं गुण-कर्म-विभागशः (भ गी ४।१३) | जबसम्म तपाईले सम्पूर्ण मानव समाजलाई चार वर्गमा विभाजन गर्नुहुन्न, ब्राह्मण, क्षत्रिय, वैश्य, र शुद्र..... तपाईले विभाजन गर्नुपर्छ | तपाईले भन्न सक्नुहुन्न "वर्गहीन समाज |" त्यो बेकार समाज हो | वर्गहीन समाज भनेको बेकार समाज हो | "यहाँ मानव सभ्यता छ" भनेर देख्न एक बुद्धिमान उच्च वर्गको, आदर्श वर्गको मानिस हुनुपर्छ | त्यो हो ब्राह्मण | चातुर्-वर्ण्यं मया सृष्टं गुण-कर्म....(भ गी ४।१३)| जबसम्म मानिसले आदर्श मानिस देख्दैनन्, तिमीहरुले कसरी अनुसरण गर्छन् ? यद् यद् आचरति श्रेष्ठः, लोकस् तद् अनुवर्तते (21|भ गी ३|२१) | ब्राह्मणलाई शरीरको दिमागसँग तुलना गरिएको छ | जबसम्म दिमाग हुँदैन, यो हात र खुट्टाको के काम ? यदि कसैको दिमाग खुस्किएको छ, पागल, उसले केहि गर्न सक्दैन | त्यसैले वर्तमान समयमा, किनकि सारा मानव समाजमा ब्राह्मण योग्य मानिसको कमि छ...... यो मतलब होइन......ब्राह्मण केवल भारतका हिन्दुका लागि होइन | सारा मानव समाजको लागि | कृष्णले कहिल्यै भन्नुहुन्न कि चातुर्-वर्ण्यं मया सृष्टम् (भ गी ४।१३) भारतको लागि हो, वा हिन्दुको लागि, वा एक वर्गका मानिसको लागि | सारा मानव समाजको लागि, धेरै आदर्श बौद्धिक मानिस हुनुपर्छ, ताकि मानिसले अनुसरण गरुन् | दिमाग, समाजको दिमाग | त्यो भगवद गीताको शिक्षा हो | तपाईले भन्न सक्नुहुन्न को "हामी दिमाग बिना गर्न सक्छौं |" मानौं तपाईको शरीरबाट दिमाग काटियो, तपाईको टाउको काटियो, तब तपाई सकिनुहुनेछ | हात र खुट्टाले के गर्छन यदि दिमाग छ, यदि दिमाग छैन ? त्यसैले वर्तमान समयमा सारा मानव समाजमा दिमागको कमि छ | तसर्थ, यो अराजक परिस्थितिमा छ | त्यसैले खाँचो छ, जसरी भगवद गीतामा वर्णित छ | मानव समाज, सारा मानव सभ्यतामा, यस प्रकारले सुधार हुनुपर्छ, कि.... बौद्धिक वर्गका मानिस छन्, प्राकृतिक रुपले | प्रथम श्रेणीका बौद्धिक वर्गका मानिस छन्, दोस्रो श्रेणीका बौद्धिक, तेस्रो श्रेणी, चौथो श्रेणी, त्यस्तै | त्यसैले प्रथम-श्रेणीका बौद्धिक मानिस, तिमीहरु ब्राह्मण हुनुपर्छ, ब्राह्मण योग्यतामा, र तिनीहरु कृष्ण भावानाभावित हुनुपर्छ | तब तिनीहरुले सम्पूर्ण समाजलाई सहि बाटोमा मार्गनिर्देशन गर्न सक्छन् | यो हो कृष्ण भावनामृत अभियान |
त्यसैले यहाँ कृष्णले भन्नुहुन्छ कसरी कृष्ण भावानाभावित हुने | यो ब्राह्मणको लागि हो, वा बौद्धिक वर्गका मानिस | यो कृष्णद्वारा व्याख्या गरिएको छ | त्यो के हो ? मय्य् आसक्त-मनाः "मन म, कृष्णमा आशक्त हुनुपर्छ |" यो सुरुवात हो | कुनै प्रकारले हामीले...... हाम्रो मन केहि अरु कुरामा आशक्त छ | मन अनाशक्त हुन सक्दैन | हामीसँग यति धेरै इच्छा छन् | त्यसैले मनको कार्य- आशक्त हुनु | तसर्थ, म केहि स्वीकार्छु, मा केहि नकार्छु | यो मनको कार्य हो | त्यसैले तपाई शुन्य बन्न सक्नुहुन्न, तपाई इच्छाविहीन बन्न सक्नुहुन्न | त्यो सम्भव छैन | हाम्रो विधि.....जस्तै अरु, तिनीहरु भन्छन्,"तपाई इच्छाविहिन बन्नुहोस् |" त्यो मुर्ख प्रस्ताव हो | को इच्छाविहिन बन्न सक्छ ? यो सम्भव छैन | यदि म इच्छाविहिन हुन्छु, तब म मृत मानिस हुन्छु | मृत मानिसको इच्छा हुँदैन | त्यसैले त्यो सम्भव छैन | हामीले इच्छालाई शुद्धिकरण गर्नुपर्छ | त्यो चाहिएको छ | इच्छालाई शुद्धिकरण | सर्वोपाधि-विनिर्मुक्तं तत्-परत्वेन निर्मलम् (चै च मध्य १९।१७०)| यसलाई शुद्धिकरण भनिन्छ निर्मलम् | तत्-परत्वेन | तत्-परत्वेन भनेको जव भगवान भावानाभावित, कृष्ण भावानाभावित, तब इच्छाहरु शुद्ध हुन्छन् |
त्यसैले हामी इच्छाविहिन स्थानमा आउने होइन, तर शुद्ध इच्छाको स्थानमा आउनुपर्छ | त्यो चाहिएको छ | तसर्थ यहाँ भनिएको छ, मय्य् आसक्त-मनाः : "तिमि आफ्नो मन इच्छाविहिन बनाउन सक्दैनौ, तर तिमी ममा आफ्नो मन लगाउ |" त्यो चाहिएको छ | मय्य् आसक्त-मनाः पार्थ | यो योग विधि हो | यसलाई भक्ति योग भनिन्छ, र यसलाई प्रथम-श्रेणीको योग भनिन्छ | त्यो भगवद-गीतामा व्याख्या गरिएको छ, कि योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना (भ गी ६।४७) | योगी, प्रथम-श्रेणीको योगी, योगिनाम् अपि सर्वेषां.... "विभिन्न प्रकारका योग-विधि छन्, तर जो मानिसले यस भक्ति योग स्वीकारेको छ, उसले सधैं मेरो स्मरण गरिरहन्छ |" जस्तै यो युवा र युवतीहरु, तिनीहरुलाई सधैं कृष्णलाई स्मरण गर्ने सिकाईदै छ, "हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे/ हरे राम हरे राम राम राम हरे हरे |" त्यसैले यदि तपाई भगवद गीता पढ्नुहुन्छ र हरे कृष्ण जप्नुहुन्छ, तत्काल तपाईले सम्पूर्ण विज्ञान जान्नुहुन्छ, कसरी कृष्णमा आशक्त हुने | यसलाई भनिन्छ मय्य् आसक्त-मनाः । मय्य् आसक्त-मनाः पार्थ योगं युञ्जन्, योगको अभ्यास गर्नु...यो हो भक्ति योग | मद्-आश्रयः | मद्-आश्रयः भनेको "मेरो निर्देशनमा," वा "मेरो सुरक्षामा |" आश्रय |