NE/Prabhupada 0001 - करोडमा फैलनुहोस्

Revision as of 05:18, 22 July 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0001 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on CC Adi-lila 1.13 -- Mayapur, April 6, 1975


श्रीचैतन्य महाप्रभुले सबै आचार्यहरुलाई भन्नु भयो कि नित्यानन्द प्रभु, अद्वैत प्रभु, र श्रीवासादी गौर भक्तवृन्द सबैजना श्रीचैतन्य महाप्रभुका आदेशको प्रतिपालन गर्नेहरु हुनुहुन्छ। यसै कारण आचार्यहरूको प्रकृया अनुसारको मार्गदर्शनलाई अनुसरण गर्नुहोस् । यसो गर्नाले तपाईको जीवन सक्षम हुनेछ। अनि आचार्य बन्नुका लागि पनि त्यति कठिन छैन। सबभन्दा पहिलाचाही तपाई आचार्यको अती आज्ञाकारी दास बन्नु पर्छ। उहाँले जे जसो भन्नु हुन्छ सोहि प्रकारले तुरुन्तै गरिदिनु पर्छ। उहाँलाई प्रसन्न गराउन खोज्नु र अनि कृष्णभवनालाई प्रचार गर्नु। त्यति गरे हुन्छ। यसो गर्नु त्यति मुस्किलको काम होईन। तपाईले आफ्नो गुरुका आज्ञालाई राम्रोसंग पालना गर्नु र कृष्णभावनाअमृतलाई प्रचार-प्रसार गर्नु पर्छ। भगवान श्रीचैतन्यको यहि हो आज्ञा। आमार आज्ञा गुरु हना तार, यहि देश यारे देख तारे कह कृष्ण उपदेश। "मेरो आज्ञापालन गर्यौ भने तिमी पनि गुरु बन्ने छौ।" अनि यदि हामीले आचार्य पद्धती कडा गरी अनुसरण गर्यौं भने भईहाल्छ। र सकभर श्रीकृष्णका उपदेशहरु प्रचारप्रसार गर्नलाई पुरा प्रयास गर्नुपर्छ |

यारे देखा तारे कह कृष्ण उपदेश (चै च मध्य ७।१२८) |

कृष्ण उपदेश- दुई किसिमका छन। उपदेश भनेको आदेश | श्रीकृष्ण भगवान स्वयंले दिनुभएका उपदेश, त्यो पनि कृष्ण उपदेश नै हो। भगवान श्रीकृष्णका बिषयमा पाईएका उपदेशहरू पनि कृष्ण उपदेश नै हुन। कृष्णश्य उपदेश - ईती कृष्ण उपदेश (चै च मध्य ७।१२८)।

समास शाश्ती तत् पुरूष समास। र श्रीकृष्ण विषया उपदेश, त्यो पनि कृष्ण उपदेश नै हो । वहु वृही समास | यो संस्कृत व्याकरणको विश्लेषण गर्ने तरिका हो |

यस कारण कृष्ण उपदेश नै भगवत गीता हो। श्रीकृष्ण भगवान स्वायंले नै उपदेश दिनुभएको छ | त्यसैले जसले कृष्ण उपदेशको प्रचार गर्दै हुनुहुन्छ, केवल कृष्णले भन्नुभएको कुरा दोहोर्याउनुहोस, र तपाई आचार्य बन्नुहुन्छ | यो मुस्किलको काम होईन। यी सबै उल्लेख गरिएका छन। हामीले केवल सुगाले जस्तो दोहोर्याउनुपर्छ | सुगाले जस्तै गरी अलिक होईन- उसले अर्थ नबुझिकन केवल आवाजको तरंगमात्र फैलाउछ। तर तपाईले त्यसको अर्थ पनि बुझ्नुपर्छ | होईन भने कसरी व्याख्या गर्नुहुन्छ ?

यसरि नै हामि कृष्ण उपदेश प्रचारप्रशार गर्न चाहन्छौं | तपाईले कृष्ण उपदेशहरू कुनै प्रकारले उल्टो व्याख्या नगरि राम्रो प्रकारले दोहोर्याउन तयार हुनुहोस् । अनि भविष्यमा....... जस्तै भनु तपाईसंग अहिले दस हजार छ | त्यसलाई हामीले लाखको परिमाण बनाउन सकिन्छ। यस्तै चाहिएको हो। लाखदेखि अर्ब, अनि अर्बलाई बडाएर खर्ब।

भक्तहरु: हरीबोल! जय!

यसो गरेपछि आचार्यहरूको अभाव हुने छैन, अनि मानिसहरूले सजिलै कृष्णभावना बुझ्न सक्ने छन। त्यसैले त्यो संगठन बनाउनुहोस । कृतिम भई नफुल्नुहोस | आचार्यहरूका आज्ञालाई अनुशरण गर्नुहोस् । अनि आफुलाई शुद्ध र प्रौढ बनाउने प्रयास गर्नुहोस् । अनि माया विरुद्ध संघर्ष गर्न निकै सजिलो हुनेछ | हो | आचार्यहरु मायाका गतिविधि विरुद्ध युद्ध घोषणा गर्नुहुन्छ |