NE/Prabhupada 0004 - कुनै पनि अर्थहिनतामा समर्पित नहुनुहोस्

Revision as of 07:01, 22 July 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0004 - in all Languages Category:NE-Quotes - 1967 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 10.2-3 -- New York, January 1, 1967

प्रक्रिया यस्तो छ..... श्रीमद् भगवद गीतामा पनि यसको वर्णन गरीएको छ | तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया (भ गी ४।३४) | यदि तपाई यस दिव्य विज्ञान बुझ्न चाहनुहुन्छ भने तपाईले यो सिद्धान्त पालन गर्नुपर्छ । त्यो के हो ? तद् विद्धि प्रणिपातेन | तपाई शरणागत हुनुपर्छ । उही कुरा: जस्तै नमन्त एव । जबसम्म तपाई विनम्र बन्नुहुन्न, तपाई समर्पित पनि बन्न सक्नुहुन्न । र कहाँ ? प्रणिपात। यस्ताे व्यक्ति कहाँ भेट्नुहुनेछ जो "यहाँ त्यस्ता व्यक्ति हुनुहुन्छ जसमा म शरणागत हुन सक्छु " ? त्यसकाे अर्थ हामीले समर्पण कहाँ गर्ने भनेर सानाे परीक्षण गर्नुपर्छ । त्यति ज्ञान त तपाईसँग हुनैपर्छ |

कुनै मुर्ख मानिसमा शरणागत नहुनुहाेस् | र मानिस कति बुद्धिमान वा मुर्ख छ, कसरी पत्ता लगउन सकिन्छ ? याे पनि शास्त्रमा वर्णन गरीएकाे छ | यसकाे उल्लेख कठाेपनिषमा गरीएकाे छ । तद् विद्धि प्रणिपातेन परि ......(भ गी ४।३४) कठ उपनिषदमा भनिएको छ कि तद्-विज्ञानार्थं स गुरुम् एवाभिगच्छेत् श्रोत्रियं ब्रह्म​-निष्ठम् (मु उ १|२|१२) श्रोत्रियम् अर्थात् त्याे व्यक्ति जाे गुरू शिष्य परम्पराबाट अाएकाे छ | र गुरू शिष्य परम्पराबाट आउनुकाे प्रमाण के हाे ? ब्रह्म-निष्ठम्। ब्रह्म-निष्ठम् अर्थात् परम सत्यकाे विषयमा ऊ पूर्ण विश्वस्त हुन्छ। त्यसकारण त्यहाँ तपाईले समर्पण गर्नुपर्छ | प्रणिपात। प्रणिपात अर्थात् प्रकृशष्ट रूपेण निपातम् , बिना कुनै सन्देह | यदि तपाईले त्यस्ताे व्यक्ति भेट्नुहुन्छ भने त्यहाँ समर्पित हुनुहोस् ।

प्रणिपात | र उहाँकाे सेवा गर्ने प्रयास गर्नुहोस् , उहाँलाई खुसी पार्ने प्रयास गर्नुहोस् , र उहाँलाइ प्रश्न सोध्नुहोस् | सम्पूर्ण कुरा प्रकट हुनेछ । तपाईले त्यस्ताे अाधिकारिक व्यक्ति भेट्नुपर्छ र उहाँमा नै समर्पित हुनुपर्छ | उहाँमा समर्पित हुनुकाे अर्थ स्वयं भगवानमा समर्पित हुनु हो किनभने उहाँ भगवानकाे प्रतिनिधि हुनुहुन्छ | तर तपाईलाई प्रश्न गर्ने अधिकार छ, समय नष्टको निमित्त होइन, तर केही जान्नकाे लागि | त्यसलाई परिप्रश्न भनिन्छ | यी विधि हुन् |

अत: सबैकुरा त्यहाँ छन् | हामीले केवल यसलाई स्वीकार गर्नुपर्छ | तर यदि हामी यी प्रक्रिया स्वीकार नगरी केवल नशामा झुमेर समयकाे नाश गर्छौं र अर्थहीन तथा वाहियात क्रियाकलापमा संलग्न भइरहन्छौं भने याे बुझ्न कहिल्यै सम्भव हुँदैन | तपाईले कहिल्यै परमेश्वरलाई बुझ्नुहुनेछैन | किनभने देवताहरू तथा महान् ऋषिहरू पनि भगवानलाई बुझ्न सक्दैनन् | हाम्रा साना प्रयास के नै हुन् ? त्यसकारण यी पद्धति हुन् । र यदि तपाई पालन गर्नुहुन्छ, असम्मूढः, यदि तपाई सिद्धान्तकाे पालन गर्नुहुन्छ र सुस्त तर पक्का हुनुहुन्छ भने, असम्मूढः कुनै शंका बिन, यदि तपाई..... प्रत्यक्षावगमं धर्म्यं | यदि तपाई पालन गर्नुहुन्छ, तपाईले स्वयं बुझ्नुहुनेछ , " हाे मैले केही बुझिरहेकाे छु |"

यस्ताे हाेइन कि तपाईले अन्धो रुपमा पालन गर्नुहुन्छ | जब तपाईले नियमकाे पालना गर्नुहुनेछ, तपाईले बुझ्नुहुनेछ । जस्तै यदि तपाईले पैष्टिक भाेजन ग्रहण गर्नुहुन्छ भने तपाईले अाफुलाई शक्तिशाली र सन्तुष्ट अनुभव गर्नुहुन्छ । तपाइँले अरू कसैलाई साेध्नुपर्दैन । तपाईले अाफै अनुभव गर्न सक्नुहुन्छ । त्यसैगरि, यदि तपाई सही मार्गमा अाउनुहुन्छ र सिद्धान्तकाे सही पालना गर्नुहुन्छ भने तपाईले बुझ्नुहुन्छ , " हाे मैले प्रगति गरीरहेकाे छु |" प्रत्यक्ष .... नवौं अध्यायमा उहाँले भन्नुभएकाे छ : प्रत्यक्षावगमं धर्म्यं सुसुखं । र याे अत्यन्त सरल छ । र तपाईले आनन्द साथ याे कार्य गर्न सक्नुहुन्छ । र याे प्रकृया के हाे त? हामी हरे कृष्ण जप्छौं र कृष्ण-प्रसाद ग्रहण गर्छाै तथा श्रीमद् भगवद्-गीताकाे अध्ययन गर्छौं , राम्राे संगीत सुन्छौं । के याे धेरै गाह्राे छ ? के याे धेरै गाह्राे छ ? छैन |

अत: यस प्रक्रियाबाट तपाई असम्मूढः: बन्नुहुनेछ । कसैले तपाईलाई ठग्न सक्दैन । तर यदि तपाई स्वयं ठगिन चाहनुहुन्छ भने धेरै ठगहरु छन् । त्यसकारण ठग र ठगिएकाको समाज नबनाउनुहाेस् । केवल परम्पराकाे पालन गर्नुहोस् जसकाे वर्णन वैदिक साहित्यमा गरीएकाे छ र जसकाे सुझाव श्रीकृष्णले दिनुभएकाे छ । अाधिकारिक स्राेतबाट यसलाई बुझ्ने प्रयास गर्नुहाेस् र यसलाई अाफ्नाे जीवनमा उतार्नुहोस् । त्यसपछि असम्मूढः: स मर्त्येषु । मर्तेषु अर्थात् ... मर्त्य अर्थात् जाे मर्नकाे लागि याेग्य छन् । उनीहरू काे हुन् ? ब्रह्माबाट तुच्छ कमिलासम्म सबै बद्ध जीव , सबै मर्त्य हुन् । मर्त्य अर्थात् ती जीवको मर्ने एउटा समय छ । त्यसकारण मर्त्येषु । मर्ने जीवहरूमा ऊ सबैभन्दा बुद्धिमान बन्छ । असम्मूढ: स मर्त्येषु । किन ? सर्व पापै: प्रमुच्यते । ऊ सम्पूर्ण पापहरूबाट मुक्त हुन्छ ।

यस संसारमा , भाैतिक संसारमा , मेरो भनाइको अर्थ, हामी सबैले जानेर नजानेर सदा पाप गरीरहेका हुन्छौं । अत: हामी पापका प्रतिफलबाट मुक्त हुनुपर्छ । र यसबाट कसरी मुक्त हुन सकिन्छ ? यसकाे वर्णन पनि श्रीमद् भगवद्-गीतामा गरिएको छ । यज्ञार्थात् कर्मणोऽन्यत्र लोकोऽयं कर्मबन्धनः (भ गी ३।९) | यदि तपाईले केवल कृष्णकाे लागि कर्म गर्नुहुन्छ , यज्ञ अर्थात् विष्णु वा कृष्ण । यदि तपाई केवल कृष्णकाे लागि कर्म गर्नुहुन्छ भने तपाई कर्मकाे प्रतिफलबाट मुक्त हुनुहुन्छ । शुभाशुभ फलै: । हामीले सधैं शुभ वा अशुभ कार्य गर्छाै । तर जाे कृष्णभावनाभावित छन् र त्यही रूपमा कार्य गर्छन् , उनीहरूले शुभ वा अशुभकाे चिन्ता लिनु पर्दैन किनभने उनीहरु परम शुभ, कृष्णकाे सम्पर्कमा हुन्छन् । तसर्थ सर्व पापै: प्रमुच्यते । ऊ पापका सम्पूर्ण प्रतिफलबाट मुक्त हुन्छ ।

यही नै प्रक्रिया हाे । र यदि हामी याे प्रक्रिया अङ्गाल्छौं र अन्त्यमा कृष्णकाे सम्पर्कमा अाउछौं भने हाम्राे जीवन सफल बन्दछ । याे प्रक्रिया निकै नै सरल छ र यसकाे पालन सबैले गर्न सक्छन् । धेरै धेरै धन्यवाद ।