NE/Prabhupada 0009 - एक चोर जो भक्त बने

Revision as of 10:38, 24 July 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0009 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 1.2.12 -- Los Angeles, August 15, 1972

भगवद् गीतामा कृष्ण भन्नुहुन्छ : नाहं प्रकाशः सर्वस्य योग​-माया-समावृतः (भ गी ७।२५)" म हरेक व्यक्तिकाे समक्ष प्रकट हुन्न । म याेगमायाद्वारा ढाकिएकाे छु । " त कसरी तपाई भगवानलाई देख्न सक्नुहुन्छ? तर याे पाखण्डता चलिरहेकाे छ , कि " के तपाई मलाई भगवान् देखाउन सक्नुहुन्छ ? के तपाईले भगवान् देख्नुभएको छ ? " भगवान् खेलाैनाजस्तै बन्नुभएकाे छ । "भगवान् यहाँ हुनुहुन्छ । उहाँ भगवानकाे अवतार हुनुहुन्छ । " न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः (भ गी ७।१५) उनीहरू पापी हुन् , पाखण्डी हुन् , मूर्ख हुन् , मनुष्यमा तुच्छ हुन् । उनीहरू जिज्ञासा राख्छन् किः " के तपाई मलाई भगवान् देखाउन सक्नुहुन्छ ? " तपाईसँग के याेग्यता छ कि तपाई भगवान् देख्न सक्नुहुन्छ ? याेग्यता यहाँ छ । त्याे के हाे ? तच् छ्रद्दधाना मुनयः (श्री भ १।२।१२) । सर्वप्रथम त व्यक्ति श्रद्धालु हुनुपर्छ । श्रद्धालु । श्रद्दधानाः | ऊ वास्तवमा भगवानलाई देख्नकाे लागि अातुर हुनुपर्छ । एउटा तुच्छ कुराको रुपमा होइन, " के मलाई भगवान् देखाउन सक्छाै ? " मानौं भगवान जादुजस्तै हुनुहुन्छ । हाेइन । ऊ निकै नै गम्भीर हुनुपर्छ । "हाे , यदि भगवान् हुनुहुन्छ भने ... हामीले देखेका छाैँ , हामीलाई भगवानकाे बारेमा जानकारी छ । त मैले देख्नैपर्छ । "

यस सन्दर्भमा एउटा कथा छ । याे निकै नै सन्देशमुलक छ; यसलाई सुन्ने प्रयास गर्नुहाेस् । एउटा अनुभवी कथावाचक भागवत् कथा वाचन गरीरहेका थिए , र उनी व्याख्या गर्दै थिए कि कृष्ण विविध रत्नहरूबाट सुसज्जित हुनुुहुन्छ , उहाँलाई गाई चराउनकाे लागि वनमा पठाइन्छ । त्यस प्रवचनमा एक चाेर पनि थियाे । उसले विचार गर्याे "वृन्दावन गएर त्यस केटालाई किन नलुटाैँ ? " ऊ बहुमुल्य रत्नहरूबाट सुसज्जित भएर वनमा छ । म त्यहाँ जान्छु र त्यस बालकलाई समाएर सारा गहना लुट्न सक्छु । " याे उसकाे मनसाय थियाे । ऊ गम्भीर भयाे कि , " मैले त्यस बालकलाइ खाेज्नैपर्छ । " अनि रातारात म कराेडपति बन्नेछु । कति धेरै गहना । "

त्यसकारण ऊ त्यहाँ गयाे , तर उसकाे याेग्यता याे थियाे कि , " मैले कृष्णलाइ देख्नैपर्छ , मैले कृष्णलाई देख्नैपर्छ । " याे चिन्ता , याे उत्सुकताले नै वृन्दावनमा उसले कृष्णको दर्शन पाउँ सम्भव भयो | उसले कृष्णलाई ठीक त्यही रूपमा देख्याे जुन रूप कथाकारले वर्णन गरेका थिए । उसले देख्याे , " अाेहाे , तिमी कति राम्राे छाै , कृष्ण | " र उसले चापलुसी गर्न थाले । उसले विचार गर्याे कि " चापलुसी गरेर मैले सारा रत्न चाेर्नेछु । " त जब उसले अाफ्नाे वास्तविक प्रयाेजनकाे प्रस्ताव राख्याे , "के म तिम्राे अाभुषण लिन सक्छु ? तिमी त निकै नै धनी छाै ? " " हुँदैन, हुँदैन, हुँदैन | मेरी अामा रिसाउनुहुनेछ । म दिन सक्दिनँ ...... " कृष्ण बालकको रुपमा प्रस्तुत हुनुभयो । त ऊ कृष्णकाे लागि अझ धेरै अातुर भयाे । कृष्णको सत्संगमा ऊ पहिले नै पवित्र भइसकेकाे थियाे । र अन्त्यमा कृष्णले भन्नुभयो, "ठीक छ , तिमी याे लिन सक्छाै । " ऊ तत्काल कृष्णको भक्त भयो । किनभने कृष्णको सत्संगको प्रभावबाट ...

त्यसकारण जसरी भए पनि हामी कृष्णकाे सम्पर्कमा आउनुपर्छ । जसरी भए पनि । त्यसपछि हामी पवित्र हुनेछौं ।