NE/Prabhupada 0019 - तपाईले जे पनि सुन्नुहुन्छ, त्यो अरुलाई सुनाउनुपर्छ

Revision as of 06:42, 25 July 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0019 - in all Languages Category:NE-Quotes - 1967 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Jagannatha Deities Installation Srimad-Bhagavatam 1.2.13-14 -- San Francisco, March 23, 1967

मानौं तपाई मलाई जान्न चाहनुहुन्छ वा मेरो बारेमा जान्न चाहनुहुन्छ, तपाले कुनै मित्रलाई सोध्न सक्नुहुन्छ, "स्वामीजी कस्तो हुनुहुन्छ ?" उसले केही बताउला वा अरुले केहि बताउलान् | तर जब म आफ्नो बारेमा तपाईलाई बताउँछु "मेरो अवस्था यो छ र म यो हुँ", त्यो नै पूर्ण हो | त्यो नै पूर्ण हो | यदि तपाई परमपिता पूर्ण परमेश्वरकाे बारेमा जान्न चाहनुहुन्छ भने तपाईले न अनुमान गर्न सक्नुहुन्छ, न त ध्यान नै गर्न सक्नुहुन्छ | यो सम्भव छैन किनभने तपाईका इन्द्रियहरु अपूर्ण छन् | त्यसकारण सही बाटो के हो ? केवल उहाँबाट सुन्नुहाेस् । उहाँले भगवद् गीता भन्नुभएको छ | श्रोतव्यः "केवल सुन्ने प्रयास गर" | श्रोतव्यः र कीर्तितव्यस् च | (श्री भ २।१।५) यदि तपाईले कृष्ण भावनामृतको कक्षामा केवल सुन्ने प्रयास गर्नुहुन्छ र बाहिर गएर बिर्सनुहुन्छ भने त्यो राम्रो होइन | त्यसले तपाईलाई प्रगति गर्न मदत गर्दैन | तब के गर्ने त ? कीर्तितव्यस् च:" तपाईले जे पनि सुन्नुहुन्छ, त्यो अरुलाई सुनाउनुपर्छ |" त्यो नै पूर्णता हो |

त्यसकारण हामीले भगवद्-दर्शन पत्रिका प्रकाशन गरेका छौं | विद्यार्थीलाई अनुमति छ कि उनीहरुले जे सुनेका छन्, त्यसमा विचारशील भएर लेख्न सक्छन् | कीर्तितव्यस् च | केवल श्रवण मात्र होइन | "ओहो ! मैले लाखौं वर्ष देखि सुन्दैछु, तर पनि मैले बुझ्न सकिरहेको छैन" - किनभने तपाईले जप्नुहुन्न, तपाईले श्रवण गरेका कुरा दोहर्याउनुहुन्न | तपाईले दोहर्याउनुपर्छ | कीर्तितव्यस् च | श्रोतव्यः कीर्तितव्यस् च ध्येयः | र तपाईले उहाँलाई नसमझिकन, कसरी उहाँको बारेमा लेख्न वा बोल्न सक्नुहुन्छ ? तपाई कृष्णको बारेमा सुन्दै हुनुहुन्छ; तपाईले सोच्नुपर्छ, तब मात्र तपाईले बोल्न सक्नुहुन्छ | अन्यथा सक्नुहुन्न । त्यसकारण श्रोतव्यः कीर्तितव्यस् च ध्येयः र पूज्यस् च | तपाईले पूजा गर्नुपर्छ | त्यसकारण हामीलाई पूजनको लागि विग्रहको आवश्यकता पर्छ | हामीले सोच्नुपर्छ, हामीले बोल्नुपर्छ, हामीले सुन्नुपर्छ,हामीले पूजन गर्नुपर्छ , पूज्यस् च ... अनि के कहिलेकाहिं गर्ने ? होइन | नित्यदा: निरन्तर, सधैं | नित्यदा, यो नै प्रक्रिया हो | त्यसकारण जसले यो विधिलाई ग्रहण गर्छ, उसले परम सत्यलाई बुझ्न सक्छ | यो श्रीमद्-भागवतमको स्पष्ट घोषणा हो |