NE/Prabhupada 0035 - यो शरीरमा दुईवटा जीवहरू छन्

Revision as of 15:23, 26 November 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0035 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 2.1-11 -- Johannesburg, October 17, 1975

भगवान श्रीकृष्ण गुरु भईदिनु हुँदै, वहाँले आफ्नो आज्ञादिन सुरु गर्नु भयो। तम् उवाच ऋिषकेश। ऋषिकेश, भगवानको अर्को नाम ऋषिकेश हो। ऋषिकेश भन्ने सब्दमा दुईवटा अर्थ छन- ऋषिका भन्नुको अर्थ हो ईन्द्रीयहरू, र ईशा भनेको त्यस्को मालिक। यसै कारण श्रीकृष्ण ईन्द्रीयहरूका मालिक हुनुहुन्छ, सबैका ईन्द्रीयहरूको। यो बिषयमा गीताको १३ अध्यायमा बताईएको छ- क्षेत्रज्ञंचपीमाम् विद्धी सर्व क्षेत्रेसु भारत (भ गी १३।३)

यो सरिरमा दुईवटा जीवहरू स्थापित भएका हुन्छन। एउटा चैं आफै हो- भिन्न आत्मा, र अर्को चैं परमात्मा, श्रीकृष्ण। ईश्वरा सर्वभूतानाम् ह्रदेशा अर्जुन तिष्ठति (भ गी १८।६१) यसो हुदा के भने, यो सरिरको मालिक त परमाहात्मा हुँन् । मालई यो सरिर प्रयोग गर्नलाई दिईएको मात्र हो, यस कारण मेरा ईन्द्रियहरु खास गरेर मेरा होईनन्। मैले मेरो हात म आफैले बनाएको होईन। यो हात भगवान, एवं श्रीकृष्णले बनाईदिनु भएको हो, उन्को भौतिक प्रकृति द्धारा। र मलाई यो हात मेरोलागि प्रयोग गर्नलाई दिईएको हो, जस्तै केहि खान, काम गर्न- ईत्यादि। तर वास्तवमा यो मेरो हात होईन। यदि मेरो हात नचल्ने प्यारालईज भयो भने, म भन्न थाल्द छु कि ' मेरो हात" भनेर-- म हात चलाउन सक्दिन, कारण मालिकले मेरो हातको शक्ति वापस लैजानु भयो।

जस्तै भाढामा कसैले बस्नलाई घर लिएको छ भने तिमीले भने र अनि त्यो घरको मालिकले तिमीलाई त्यस घरबाट निकाल्दियो भने त्यो घर त्यहादेखि प्रयोगमा ल्याउन पाउनु हुन्न। यसै गरि यो शरिर हामीले त्यति दिनसम्म प्रयोग गर्न सक्नेछौं जतिदि‍न वास्तविक मालिक ऋषिकेशले मलाई यस शरिरमा बस्न दिनुहुने छ। यहि कारण श्रीकृष्णको नाम ऋषिकेश पनि हो। अनि यो कृष्णभावनाम्मृत अभियानको अर्थ चाही हामीले श्रीकृष्णबाट यी ईन्द्रियहरू पाएका हौं। यिनिहरू श्रीकृष्णका लागि प्रयोगमा ल्याउनु पर्छ। यदि श्रीकृष्णका लागि प्रयोगमा लगाउन छोडेर यदि हामिले आफ्नै मोजमजाका लागि ईन्द्रियहरूलाई चलाउन थाल्यौ भने-- त्यो नै हाम्रो जीवनको दु:खदायी परिस्थिति हुनेछ।

जस्तै भनु तिमिहरू एउटा ठाँउमा बसेका छौ जस्को भाडा तिर्नु पर्नेछ भने-- र अनि यदि तिमिले यो त मेरो आफ्नै निजी सम्पति हो भनेर भाडा तिर्यौन भने त्यहाँ समस्या हुने छ। यसैगरि ऋषिकेश भनेको सबैथोकको मालिक श्रीकृष्ण हुनुहुन्छ। मालई त त्यो सम्पति प्रयोग गर्नलाई दिईएको मात्र हो। यो बक्तब्य भगवत गीतामा दिईएको छ।

ईश्वर: सर्वभूतानाम् ह्रदेशा अर्जुन तिष्ठति। ब्रह्मायान सर्व भूतानी यान्त्रारूढानि मायया।।
(भ गी १८।६१)

यन्त्रा भनेको मसीन हो। यो मसीन श्रीकृष्णले मलाई प्रयोग गर्न दिनु भएको मात्र हो। किनभने, मैले यस्तै चाहना गरेको थिएँ कि ' यदि मैले यस्तो मसीन पाएँ भने म यसरि मोजमजा गर्ने थिएँ' भनेर । यसै कारण श्रीकृष्णले तिमिहामी सबैको ईच्छा गराईदिनु हुन्छ। तथास्तु भनेर। यदी हामीले, यदि त्यस्तो मसीन पाएपछि अब अरू पशुहरुको रगत सिधै पिउनु सक्छु' भनेर सोच्न थाल्यौ भने- ठिकै छ, तेसो भए बाघको शरिर तैले पाउने छस र रगत पिउनु भनेर श्रीकृष्णले बाग शरिरे मसीन दिनु हुनेछ। यस्तो भईरहेको छ।

यहि प्रष्ट पार्नलाई श्रीकृष्णको नाम ऋषिकेश हो। अनि हामिले यदि 'यो शरिरको मालिक म आफै हुईन' भन्ने चै राम्रैसंग बुझ्यौं, र यस शरिरको प्रभुत्व श्रीकृष्ण हुनुहुन्छ भन्ने बुझ्नु पर्छ। मैले यो किसिमको शरिर त मैले मेरो ईन्द्रियतृप्तिका लागि चाहेको हुनाले पाएको हुँ। उहाँले दिनु भयो तर म यस्मा खुशी छुईन। यसै कारण यो मसीन यस्कै स्वामिका लागि प्रयोगमा ल्याउन सिक्नु पर्दछ। यहि हो भक्ति भनेको। ऋषिकेन ऋषिकेश सेवानम् भक्ति उच्चते (सी सी १९।१७०)यि ईन्द्रियहरुको स्वामी कृष्ण, यो शरिरको मालिक ऊहाँ हुनालेनै र यदि हामिले यो शरिर श्रीकृष्णको सेवाकै निमित्त प्रयोग गर्यौ भने मात्र हाम्रो मानिविय जीवन सार्थक बन्ने छ।