NE/Prabhupada 0039 - आधुनिक नेता कठपुतली जस्तै छन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0039 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0019: LinkReviser - Revised links and redirected them to the de facto address when redirect exists)
 
Line 7: Line 7:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0038 - ज्ञान वेदबाट लिइएको हो|0038|NE/Prabhupada 0040 - यहाँ एक सर्वोच्च व्यक्ति हुनुहुन्छ|0040}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 19: Line 22:


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750313SB.TEH_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750313SB.TEH_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 41: Line 44:
महाराज युधिष्ठीरलाई अनुसरण गरेर आजकलका राजाहरुले पनि देखाउनुपर्छ कि कसरी राजशासनबाट देश राम्रो हुन्छ। शास्त्रमा उपदेशहरू छन्, र यदि राजाले पालना गर्छन् भने उनले त्यसो गर्न सक्नेछन् । ऊसँग त्यसो गर्ने शक्ति छ। उनी पूर्ण राजा भएकाले, तथा कृष्णका प्रतिनिधि भएकाले, कामं ववर्ष प्रजन्यः ([[Vanisource:SB 1.10.4|श्री भा १।१०।४]] | प्रजन्यः भनेको वर्षा । वर्षा नै जीवनका सबै आवश्यकताहरूको आपुर्ती गर्ने आधारभुत वस्तु हो।  
महाराज युधिष्ठीरलाई अनुसरण गरेर आजकलका राजाहरुले पनि देखाउनुपर्छ कि कसरी राजशासनबाट देश राम्रो हुन्छ। शास्त्रमा उपदेशहरू छन्, र यदि राजाले पालना गर्छन् भने उनले त्यसो गर्न सक्नेछन् । ऊसँग त्यसो गर्ने शक्ति छ। उनी पूर्ण राजा भएकाले, तथा कृष्णका प्रतिनिधि भएकाले, कामं ववर्ष प्रजन्यः ([[Vanisource:SB 1.10.4|श्री भा १।१०।४]] | प्रजन्यः भनेको वर्षा । वर्षा नै जीवनका सबै आवश्यकताहरूको आपुर्ती गर्ने आधारभुत वस्तु हो।  


यसै कारण कृष्णले भगवद् गीतामा भन्नुहुन्छ, अन्नाद् भवन्ति भूतानि पर्जन्याद् अन्न​-सम्भवः ([[Vanisource:BG 3.14|भ गी ३।१४]]) | यदी तिमीले सबै मानिस र पशुहरूको सुख चाहन्छौ भने.... त्यहाँ पशुहरू पनि छन्। तिनीहरु ... यी धुर्त राज्यप्रमुखहरू कहिलेकहीं केवल मानिसहरूका लागि मात्र लाभ पुर्याएको जस्तो देखाउँछन् तर पशुपंक्षिलाई कुनै लाभ हुँदैन । किन? किन यो अन्याय ? तिनीहरू पनि यहि भूमीमा जन्मिएका हुन् | तिनीहरू पनि जीवीत प्राणिहरू हुन्। तिनीहरु जन्तु होलान् | तिनीहरुको बुद्धि छैन । बुद्धि छ तर मानिसहरूको जति हुँदैन, तर त्यसको मतलब के पशुलाई मार्ने कसाईखाना बनाउनुपर्छ ? के यो न्याय हो ?  
यसै कारण कृष्णले भगवद् गीतामा भन्नुहुन्छ, अन्नाद् भवन्ति भूतानि पर्जन्याद् अन्न​-सम्भवः ([[Vanisource:BG 3.14 (1972)|भ गी ३।१४]]) | यदी तिमीले सबै मानिस र पशुहरूको सुख चाहन्छौ भने.... त्यहाँ पशुहरू पनि छन्। तिनीहरु ... यी धुर्त राज्यप्रमुखहरू कहिलेकहीं केवल मानिसहरूका लागि मात्र लाभ पुर्याएको जस्तो देखाउँछन् तर पशुपंक्षिलाई कुनै लाभ हुँदैन । किन? किन यो अन्याय ? तिनीहरू पनि यहि भूमीमा जन्मिएका हुन् | तिनीहरू पनि जीवीत प्राणिहरू हुन्। तिनीहरु जन्तु होलान् | तिनीहरुको बुद्धि छैन । बुद्धि छ तर मानिसहरूको जति हुँदैन, तर त्यसको मतलब के पशुलाई मार्ने कसाईखाना बनाउनुपर्छ ? के यो न्याय हो ?  


तिनीहरूलाई मात्र होईन, राज्यमा आएका जो कोहिलाई राजाले रक्षा दिनुपर्छ। किन भेदभाव गर्ने? जसले बास लिन्छ ," महासय, म तपाईको देशमा बाँच्न चाहन्छु," उसलाई सुविधाहरू दिनुपर्छ। किन "होइन, हुँदैन, तिमी आउन पाउँदैनौ । तिमी अमेरिकन हौ , तिमी भारतीय हौ । तिमी यो र त्यो हौ " भन्ने ? होइन। यस्ता धेरै कुराहरू छन्।  
तिनीहरूलाई मात्र होईन, राज्यमा आएका जो कोहिलाई राजाले रक्षा दिनुपर्छ। किन भेदभाव गर्ने? जसले बास लिन्छ ," महासय, म तपाईको देशमा बाँच्न चाहन्छु," उसलाई सुविधाहरू दिनुपर्छ। किन "होइन, हुँदैन, तिमी आउन पाउँदैनौ । तिमी अमेरिकन हौ , तिमी भारतीय हौ । तिमी यो र त्यो हौ " भन्ने ? होइन। यस्ता धेरै कुराहरू छन्।  


जब तिनीहरूले वास्तवमा सिद्धान्तको अनुसरण गर्छन्, वैद्धिक सिद्धान्तको, तब आदर्श राजा राम्रो नेता बन्न सक्दछ। यसो गर्दा प्रकृतिले पनि मद्त गर्नेछिन्। यसै कारणले महाराज युधिष्ठीरका कार्यकालमा, कामं ववर्ष पर्जन्यः सर्व​-काम​-दुघा मही ([[Vanisource:SB 1.10.4|श्री भा १।१०।४]] | मही, पृथ्वी। पृथ्वीबाट तिमीहरूले आफुलाई चाहिने सबै वस्तुहरू पाउँछौ । आकाशबाट केहि पनि झर्दैन। आकाशबाट त पानी झर्दछ। तर तिनीहरूलाई विज्ञान थाहा छैन कि कसरी पृथ्वीमा आवश्यक वस्तुहरू विभिन्न व्यवस्थाबाट उपलब्ध हुँदैछन् | कुनै विषेश सर्तमा र सौर नक्षत्रीय प्रभावद्वारा पानी वर्षीन्छ। तब धेरै वस्तुहरु उत्पन्न हुन्छन्, बहुमुल्य पत्थर र मोतीहरु | उनीहरूलाई यी सब कसरी उपलब्ध भइरहेको छ भन्ने केहि थाहा छैन।  
जब तिनीहरूले वास्तवमा सिद्धान्तको अनुसरण गर्छन्, वैद्धिक सिद्धान्तको, तब आदर्श राजा राम्रो नेता बन्न सक्दछ। यसो गर्दा प्रकृतिले पनि मद्त गर्नेछिन्। यसै कारणले महाराज युधिष्ठीरका कार्यकालमा, कामं ववर्ष पर्जन्यः सर्व​-काम​-दुघा मही ([[Vanisource:SB 1.10.4|श्री भा १।१०।४]]) | मही, पृथ्वी। पृथ्वीबाट तिमीहरूले आफुलाई चाहिने सबै वस्तुहरू पाउँछौ । आकाशबाट केहि पनि झर्दैन। आकाशबाट त पानी झर्दछ। तर तिनीहरूलाई विज्ञान थाहा छैन कि कसरी पृथ्वीमा आवश्यक वस्तुहरू विभिन्न व्यवस्थाबाट उपलब्ध हुँदैछन् | कुनै विषेश सर्तमा र सौर नक्षत्रीय प्रभावद्वारा पानी वर्षीन्छ। तब धेरै वस्तुहरु उत्पन्न हुन्छन्, बहुमुल्य पत्थर र मोतीहरु | उनीहरूलाई यी सब कसरी उपलब्ध भइरहेको छ भन्ने केहि थाहा छैन।  


यदि राजा धार्मिक छ भने मात्र उसलाई सहायता गर्न प्रकृति सहमत हुनेछिन् । र यदि राजा वा सरकार पापी छन् भने प्रकृतिले सहकार्य गर्नेछैनन्।
यदि राजा धार्मिक छ भने मात्र उसलाई सहायता गर्न प्रकृति सहमत हुनेछिन् । र यदि राजा वा सरकार पापी छन् भने प्रकृतिले सहकार्य गर्नेछैनन्।

Latest revision as of 12:45, 10 June 2018



Lecture on SB 1.10.3-4 -- Tehran, March 13, 1975

युधिष्ठिर जस्ता आदर्श राजाले यो भुमी र समुद्र मात्र होइन, सारा जमिन, समुद्र, सारा लोकको नै शासन गर्न सक्छन् । यहि हो आदर्श।

(पढ्नु हुँदै) "ज्येष्ठ अधीपत्य अथवा जेठो भई जन्मेको आधारमा अधिकार पाउने आधुनिक अंग्रेजी कानुन त्यस समयमा पनि प्रचलित थियो जब महाराज युधिष्ठिरले जल र थल सबैमाथि शासन गरेका थिए ।

यसको मतलब सबै ग्रहहरू लगायत समुद्रहरू माथि पनि शासन हो।

(पढ्नु हुँदै) त्यस समयमा हस्तिनापुरका राजा, जुन अहिले नयाँ दिल्लीको छेउमा पर्छ, संसार, समुद्र सहितका सम्राट थिए , महाराज परिक्षित, महाराज युधिष्ठिरका नातीका कालसम्म। उनका भाईहरुले राज्यमन्त्री र सेनापतिको अोहदा सम्हाल्दथे, र धार्मीक राजा र उनका भाईबन्धुहरू बिच राम्रो समझदारी हुन्थ्यो। महाराज युधिष्ठिर आदर्श राजा वा भगवान् श्रीकृष्णका प्रतिनिधि थिए...."

राजा कृष्णका प्रतिनिधि हुनुपर्दछ |

"...भूमण्डलको शासन गर्नलाई र देवलोकका राजा इन्द्रसँग तुलना गर्न योग्य थिए, जसलाई देवलोकका राजाका प्रतिनिधिको रुपमा मानिन्छ। देवताहरू जस्तै इन्द्र, चन्द्, सूर्य, वरुण, वायु इत्यादि विभिन्न ग्रहरूको शासन गरिरहेका प्रतिनिधी राजाहरू हुन् । त्यसैगरी महाराज युधिष्ठिर पनि भूमण्डलको शासन गर्ने एक राजा थिए । महाराज युधिष्ठिर आधुनिक प्रजातन्त्रका बुद्धिहीन राजनैतिक नेताहरू जस्ता थिएनन् । महाराज युधिष्ठिरलाई भिष्मदेव र अच्युत भगवानले उपदेश दिनु भएको थियो, यसै कारण सबै विषयमा उनको पूर्ण ज्ञान थियो। आजकलका आधुनिक निर्वाचित राज्यप्रमुखहरू खेलौना जस्ता मात्र हुन् किनकि तिनिहरूसँग राजाको जस्तो शक्ति छैन। तिनिहरू महाराज युधिष्ठर जस्तै प्रबुद्ध भए तापनि, संवैधानिक स्थितीले गर्दा उनीहरुले आफ्नो विचार अनुसार केहि पनि गर्न सक्दैन। यसै कारण यस संसारका राज्यहरू झगडा गरिरहन्छन्, मतभेद र अरू स्वार्थ भएको कारण । तर राजा युधिष्ठीरसँग स्वघोषित सिद्धान्त थिएन। उनले केवल उपदेश पालन गर्नुपर्थ्यो, अच्युत भगवान् र उहाँका प्रतिनिधीहरूको र भिष्मदेव जस्ता आधिकारिक व्यक्तित्वको । शास्त्रमा भनिएको छ कि जसले पनि प्रबुद्ध अधिकारीको अनुसरण गर्नुपर्छ र आफ्नो स्वार्थ र उत्पादित सिद्धान्त नराखी भगवानको अनुसरण गर्नपर्छ त्यसैले महाराज युधिष्ठीरले सागरहरू लगायत सारा संसारको राज्य चलाउन सम्भव भएको थियो किनभने सिद्धान्तहरू अच्युत र सर्वव्यापि परिचालन लायकका थिए। हामीहरूले अच्युत अधिकारीको अनुसरण गर्दामात्र एक राज्य भएको संसारको धारणा सम्भव हुनेछ। अपूर्ण मानिसले सबैलाई स्वीकृत हुने सिद्धान्त सिर्जना गर्न सक्दैन। प्रबुद्ध भएको र अच्युतले मात्र यस्तो कार्यक्रम बनाउन सक्नेछन्, जुन सबै ठाँउमा र सबैले संसारभरि कार्यनवयन गर्न लायकको हुन्छ। सत्ता चलाउने त व्यक्ति हो अव्यक्त सरकार होइन। यदि त्यो सम्बन्धित व्यक्ति प्रबुद्ध छ भने मात्र सरकार पनि राम्रो हुन्छ। सम्बन्धित व्यक्ति मुर्ख छ भने, सरखार मुर्खहरूको शासन गर्ने ठाउँ मात्र हुनेछ। त्यो प्रकृतिको नियम हो | यहाँ त्यस्ता मुर्ख राजा या राज्यप्रमुखहरुका धेरै कथाहरू छन्। यसै कारण, राज्यप्रमुखहरू महाराज युधिष्ठिरजस्ता तालिम प्राप्त हुनुपर्दछ र ऊसँग संसारमाथि शासन गर्ने पूर्ण शक्ति हुनुपर्दछ। एउटा राज्य भएको संसारको परिकल्पना महाराज युधिष्ठीर जस्ता प्रबुद्ध राजाको सत्ता भएमात्र सम्भव हुन्छ । महाराज युधिष्ठीर जस्ता राजाद्वारा यो संसार चलाइएको हुँदा त्यसबेला जनताहरू खुशी थिए।"

महाराज युधिष्ठीरलाई अनुसरण गरेर आजकलका राजाहरुले पनि देखाउनुपर्छ कि कसरी राजशासनबाट देश राम्रो हुन्छ। शास्त्रमा उपदेशहरू छन्, र यदि राजाले पालना गर्छन् भने उनले त्यसो गर्न सक्नेछन् । ऊसँग त्यसो गर्ने शक्ति छ। उनी पूर्ण राजा भएकाले, तथा कृष्णका प्रतिनिधि भएकाले, कामं ववर्ष प्रजन्यः (श्री भा १।१०।४ | प्रजन्यः भनेको वर्षा । वर्षा नै जीवनका सबै आवश्यकताहरूको आपुर्ती गर्ने आधारभुत वस्तु हो।

यसै कारण कृष्णले भगवद् गीतामा भन्नुहुन्छ, अन्नाद् भवन्ति भूतानि पर्जन्याद् अन्न​-सम्भवः (भ गी ३।१४) | यदी तिमीले सबै मानिस र पशुहरूको सुख चाहन्छौ भने.... त्यहाँ पशुहरू पनि छन्। तिनीहरु ... यी धुर्त राज्यप्रमुखहरू कहिलेकहीं केवल मानिसहरूका लागि मात्र लाभ पुर्याएको जस्तो देखाउँछन् तर पशुपंक्षिलाई कुनै लाभ हुँदैन । किन? किन यो अन्याय ? तिनीहरू पनि यहि भूमीमा जन्मिएका हुन् | तिनीहरू पनि जीवीत प्राणिहरू हुन्। तिनीहरु जन्तु होलान् | तिनीहरुको बुद्धि छैन । बुद्धि छ तर मानिसहरूको जति हुँदैन, तर त्यसको मतलब के पशुलाई मार्ने कसाईखाना बनाउनुपर्छ ? के यो न्याय हो ?

तिनीहरूलाई मात्र होईन, राज्यमा आएका जो कोहिलाई राजाले रक्षा दिनुपर्छ। किन भेदभाव गर्ने? जसले बास लिन्छ ," महासय, म तपाईको देशमा बाँच्न चाहन्छु," उसलाई सुविधाहरू दिनुपर्छ। किन "होइन, हुँदैन, तिमी आउन पाउँदैनौ । तिमी अमेरिकन हौ , तिमी भारतीय हौ । तिमी यो र त्यो हौ " भन्ने ? होइन। यस्ता धेरै कुराहरू छन्।

जब तिनीहरूले वास्तवमा सिद्धान्तको अनुसरण गर्छन्, वैद्धिक सिद्धान्तको, तब आदर्श राजा राम्रो नेता बन्न सक्दछ। यसो गर्दा प्रकृतिले पनि मद्त गर्नेछिन्। यसै कारणले महाराज युधिष्ठीरका कार्यकालमा, कामं ववर्ष पर्जन्यः सर्व​-काम​-दुघा मही (श्री भा १।१०।४) | मही, पृथ्वी। पृथ्वीबाट तिमीहरूले आफुलाई चाहिने सबै वस्तुहरू पाउँछौ । आकाशबाट केहि पनि झर्दैन। आकाशबाट त पानी झर्दछ। तर तिनीहरूलाई विज्ञान थाहा छैन कि कसरी पृथ्वीमा आवश्यक वस्तुहरू विभिन्न व्यवस्थाबाट उपलब्ध हुँदैछन् | कुनै विषेश सर्तमा र सौर नक्षत्रीय प्रभावद्वारा पानी वर्षीन्छ। तब धेरै वस्तुहरु उत्पन्न हुन्छन्, बहुमुल्य पत्थर र मोतीहरु | उनीहरूलाई यी सब कसरी उपलब्ध भइरहेको छ भन्ने केहि थाहा छैन।

यदि राजा धार्मिक छ भने मात्र उसलाई सहायता गर्न प्रकृति सहमत हुनेछिन् । र यदि राजा वा सरकार पापी छन् भने प्रकृतिले सहकार्य गर्नेछैनन्।