NE/Prabhupada 0041 - वर्तमान जीवन अशुभताले भरिएको छ

Revision as of 11:26, 29 November 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0041 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 9.1 -- Melbourne, June 29, 1974

पूर्ण ज्ञान। यदि तपाईं भगवत-गीता पढ्ने हो भने, तपाईंले पूर्ण ज्ञान प्राप्त गर्नुहुनेछ। भगवानले के भन्नुहुन्छ ? इदं तु ते गुह्यतमं प्रवक्षयाम्यनसूयवे (भ गी ९।१)भगवान कृष्ण, अर्जुनलाई सिकाउँदै हुनुहुन्छ। त्यसैले उहाँ नवौं अध्यायमा भन्नुहुन्छ, "मेरो प्रिय अर्जुन, मैले अब तिमीलाई सबैभन्दा गोप्य ज्ञान बोल्दै छु, "गुह्यतमं । तमं मतलब अत्युक्ति हो। सकारात्मक, तुलनात्मक र अत्युक्ति | संस्कृतमा, तर-तम। तर तुलनात्मक हो, र तम भन्नाले अत्युक्ति।

त्यसैले यहाँ भगवान भन्नुहुन्छ, पुर्ण पुरुषोत्तम व्यक्तित्व भन्नुहुन्छ, इदं तु ते गुह्यतमं प्रवक्ष्यामि: "अब म तिमीलाई सबैभन्दा गोप्य ज्ञान बोल्दै छु।" ज्ञानं विज्ञान सहितं। ज्ञान भन्नाले पूर्ण ज्ञान, कल्पना होइन। ज्ञानं विज्ञान सहितं (भ गी ९।१)। विज्ञान भन्नाले "व्यावहारिक प्रदर्शन।" त्यसैले ज्ञानं विज्ञान सहितं यज्ज्ञात्वा (भ गी ९।१)। तिमीले यो ज्ञान सिक्यौ भने, यज्ज्ञात्वा मोक्षसे अशुभात्। असुभात्। मोक्षसे मतलब तिमीले मुक्ति प्राप्त गर्छौ , र अशुभात् भन्नाले, "अशुभ।" अशुभ।

हाम्रो वर्तमान जीवन, वर्तमान क्षणमा, वर्तमान जीवन मतलब जबसम्म हामीसंग यो भौतिक शरीर छ, यो अशुभताले भरिएको छ। मोक्षसे अशुभात (भ गी ९।१)। अशुभात् मतलब अशुभता।