NE/Prabhupada 0047 - कृष्ण परम हुनुहुन्छ

Revision as of 06:05, 30 November 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0047 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

योग प्रणालीहरू विभिन्न किसिमका छन, भक्ति योग, ज्ञान योग, कर्म योग, हठ योग, ध्यान योग। धेरै धेरै योग पद्यतिहरू छन। तर ती मध्ये भक्तियोग सबभन्दा उत्तम हो। यो अन्तिम अध्यायमा बताईएको छ। म तिमीहरुको सामु सातौं अध्याय पढिरहेछु | छैटौँ अध्यायको अन्तिममा भगवान श्रीकृष्णले भन्नुहुन्छ,

योगिनामपि सर्वेषां
मद्गतेनान्तरात्मना
श्रद्धावान्भजते यो मां
स मे युक्ततमो मत:
(भ गी ६।४७ )

योगिनामपि सर्वेषां--जस्ले योगपद्यतिको अभ्यास गर्दछ, ऊ योगी हो। कृष्णले भन्नु भयो, योगिनामपि सर्वेषां: "सबै योगिहरू मध्ये..." यो कुरा मैले पहिला पनि भनेको छु | विभिन्न किसिमका योगिहरू छन। "सबै योगिहरू मध्ये..." योगिनामपि सर्वेषां-- सर्वेषां भनेको "सबै योगिहरू मध्ये' |" मद्गतेनान्तर आत्मनाः "जसले आफुभित्र मेरो मनन गरिरहन्छ।" हामीले श्रीकृष्णको मनन गर्न सक्दछौं | हामीसँग श्रीकृष्णको रूप छ। श्रीकृष्णको विग्रहलाई हामि पुजाअर्चना गर्दछौं। यदि हामिले श्रीकृष्णको विग्रह रुपलाई अर्चना गरेर आफैलाई व्यस्त राख्दछौं भने, जुन श्रीकृष्णदेखि अभिन्न छ, या विग्रह नभएको स्थितिमा, यदि हामिले श्रीकृष्णका नामको जप गर्यौं भने ती पनि श्रीकृष्णनै हुन। अभिन्नत्वान् नाम नामिनो: (चै च १७।१३३ )।

कृष्ण परम हुनुहुन्छ। यसै कारण श्रीकृष्ण र उनको नाममा केहि फरक छैन। श्रीकृष्ण र उनका विग्रह बिच केहि फरक छैन। श्रीकृष्ण र उनको तस्वीर बिच केहि फरक छैन। श्रीकृष्ण र उनका विषयवस्तुहरूको बिचमा केहि फरक छैन। श्रीकृष्णका बारेमा सबै प्रसँगहरू श्रीकृष्ण नै हुन् | यहि हो परम ज्ञान। तपाईहरूले चाहे श्रीकृष्णको नाम जप गर्नुहोस या चाहे पुजा अर्चना गर्नुहोस- सबै कृष्णनै हुन। भक्तिमय सेवाका विभिन्न रुपहरु छन्।

श्रवणं कीर्तनं विष्णु
स्मरणं पाद सेवनं
अर्चनं वन्दनं दास्यं
सख्यं अात्म निवेदनं
(श्री भ ७।५।२३ )

श्रीकृष्णका बारेमा गर्नुहोस गर। सुन्ने काम पनि श्रीकृष्ण नै हुनुहुन्छ। हामीहरु अहिले पनि श्रीकृष्णका बारेमा सुन्न चाहिरहेका छौं । यो सुन्ने काम पनि श्रीकृष्ण नै हुनुहु्न्छ। यी युवा युवतीहरुले जप गरिरहेका छन | जप गर्नु पनि श्रीकृष्ण नै हुनुहुन्छ। श्रवणम् कीर्तनम् | त्यसपछि स्मरणं | जब तपाई कृष्णको जप गर्नुहुन्छ, यदि तपाईहरुले श्रीकृष्णको तस्विरको याद गर्नुभयो भने ती पनि श्रीकृष्णनै हुनुहुन्छ। यदि तपाईहरूले श्रीकृष्णको तस्वीर देख्नुभयो | ती पनि श्रीकृष्ण हुनुहुन्छ । श्रीकृष्णका विग्रह देख्नुहुन्छ | ती पनि श्रीकृष्ण हुनुहुन्छ । तपाईहरुले श्रीकृष्णका बारेमा केहि सिक्नुहुन्छ | ती पनि श्रीकृष्ण हुनुहुन्छ ।

जे भए पनि,

श्रवणं कीर्तनं विष्णु
स्मरणं पाद सेवनं
अर्चनं वन्दनं दास्यं
सख्यं अात्म निवेदनं
(श्री भ ७।५।२३ )

यी नौ मध्ये, यदि तपाईले कुनै स्वीकार्नुहुन्छ भने तत्काल श्रीकृष्णसँग सम्पर्क हुन्छ। तपाईहरुले सके नौवटा स्वीकार्नुहोस या आठ, सात, वा छ, अथवा चार, तीन, दुई या कमसेकम एक, दृढ भएर स्वीकार गर्नुभयो भने र.... जस्तै यो जप । यसमा केहि खर्च लाग्दैन। हामीले संसारभरि नै जप गरिरहेका छौं | हामीले जप गरेको सुनेर तपाईले जप गर्दा हुन्छ। केहि खर्च हुने छैन। र जप गर्नुभयो भने केहि घाटा हुने छैन। त्यसैले.... जप गर्नुभयो भने तत्कालै श्रीकृष्णसंग सम्पर्कमा हुनेछ । यहि हो फाइदा । तत्काल। किनभने श्रीकृष्णको नाम र कृष्ण अभिन्न... अभिन्नत्वान् नाम नामिनो: (चै च १७।१३३ )। यी वैदिक शास्त्रका विवरणहरू हुन्।

अभिन्नत्वान् नाम नामिनोह नाम चिन्तामणि: कृष्ण:। श्रीकृष्णका नामहरू चिन्तामणि हुन। चिन्तामणि भनेको अध्यात्मिक। चिन्तामणि-प्रकर-सदमसु कल्प-वृक्ष-लक्षावृतेषु (ब्र स ५-२९)। यी वैदिक वर्णनहरु हुन्। श्रीकृष्ण जहाँ बस्नुहुन्छ, त्यस स्थानको वर्णन गरिएको छ चिन्तामणि-प्रकर-सदमसु कल्प-वृक्ष-लक्षावृतेषु सुरभीर् अभिपालयन्तं (ब्र स ५।२९) | त्यसैले नाम, श्रीकृष्णको नाम पनि चिन्तामणि, अध्यात्मिक हो। नाम चिन्तामणि: कृष्ण:। उहा उही श्रीकृष्ण हुनुहुन्छ व्यक्ति । नाम चिन्तामणि: कृष्णश चैतन्य (चै च १७।१३३ ) । चैतन्य भनेको मृत नभएको, तर जीवित । श्रीकृष्णसँग पारस्परिक भेट हुँदा तपाईहरूले जे लाभ पाउनुहुन्छ सोहि लाभ उहाँको नाम जप्दा पाउनुहुन्छ । यस्तो पनि सम्भवन छ | तर यो विस्तारै आभास हुने हो।

नाम चिन्तामणि: कृष्णश् चैतन्य-रस-विग्रह: | रस विग्रह भनेको आनन्द हो, आनन्दको खानी। जब तपाई हरे कृष्ण जप्नुहुन्छ, क्रमिक रुप ले तपाई केहि दिव्य आनन्दको अनुभव गर्नुहुन्छ | जस्तै यी युवा युवतिहरू, जप गर्दा, तिनीहरू नाच्दछन खुसि भएर। उनिहरूलाई कसैला अनुसरण गरेनन | तर तिनीहरू पागल होईनन कि तिनीहरू जप्छन | वास्तवमा तिनीहरूले आनन्दको अनुभव गरिरहेका छन, चिन्मय आनन्द | त्यसैले तिनीहरु नाचिरहेछन | यो कुकुर नाच होइन | होइन | यो वास्तविक अध्यात्मिक नृत्य हो, आत्माको नाच। यहि कारणले उहाँलाई रस विग्रह भनिन्छ, आनन्दका खानि |

नाम चिन्तामणि: कृष्णश् चैतन्य-रस-विग्रह: पूर्ण: (चै च १७।१३३ ) पुर्ण, पुरा- श्रीकृष्णभन्दा केहि प्रतिशत कम होईन |होईन | सतप्रतिशत। पुरा। पुर्ण। पुर्ण भनेको पुरा। पूर्ण: शुद्ध: । शुद्ध भनेको विशुद्ध | भौतिक संसारमा दूषितकरण हुन्छ। भौतिक, जुनै नाम जप्नुहोस, यो भौतिक रुपले प्रदुशित भएको कारणले, धेरैबेर जपीरहन सकिदैन। यो अर्को अनुभव हो। तर यो हरे कृष्ण महामन्त्रको जप चौबिसै घण्टा गरे पनि तपाई कदापि थाक्नुहुन्न। यहि हो परिक्षण। तपाईहरु जपिरहनुहोस । यी युवा युवतिहरू चौबिसै घण्टा जप गर्न सक्दछन, केहि नखाई नपिई | यो अति राम्रो छ। किनभने यो पुर्ण छ, अध्यात्मिक। शुद्ध । शुद्ध भनेको विशुद्ध | भौतिक कल्मसबाट मुक्त । भौतिक मोजमजा, आनन्द कुनै आनन्द.... भौतिक जगतको उच्चतम आनन्द यौन सम्बन्ध हो । तपाईहरुले यसको मजा चौबिस घण्टा लिन सक्नुहुदैन | यो सम्भव छैन | केहि क्षणभर मात्र मजा मजा लिन सक्नुहुन्छ। त्यहि हो। तपाईलाई आनन्द लिन कर गरे पनि तपाईले मान्नुहुदैन: "भयो, पुग्यो |" त्यो भौतिक हो ।

तर आध्यात्मिक भनेको त्यसको अन्त्य हुँदैन। तपाईहरुले नित्य आनन्द लिन सक्नुहुनेछ, चौबिस घण्टा | त्यो हो अध्यात्मिक आनन्द | ब्रह्म सौख्यं अनन्तं (श्री भ ५।५।१ ) । अनन्तं । अनन्तंको मतलब हो अंतहीन ।