NE/Prabhupada 0049 - हामी प्रकृतिको नियमले बाँधिएका छौं: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0049 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
(No difference)

Revision as of 07:06, 11 September 2016



Invalid source, must be from amazon or causelessmery.com

Arrival Talk -- Aligarh, October 9, 1976

संकीर्तन साह्रै गौरवशाली छ। यो श्री चैतन्य महाप्रभुको आशिर्वाद हो। परं विजयते श्री-कृष्ण-संकीर्तनम् | यो उहाँको आशिर्वाद हो: यस युगमा केवल संकीर्तनबाट | वैदिक ग्रन्थ, वेदान्त-सुत्रमा यसको पुष्टी गरिएको छ। शब्दाद् अनावृत्ति । अनावृत्ति, मोक्ष । हाम्रो अहिलेको स्थिती बन्धन हो । हामीहरू सबै प्रकृतिको नियमले बाँधीएका छौं। हामीहरुले मूर्खतापूर्वक स्वतन्त्रता घोषणा गर्नसक्छौं- त्यो हाम्रो मूर्खता हो- तर वास्तवमा हामीहरू प्रकृतिको नियमले बाँधिएका छौं।

प्रकृतेः क्रियमाणानि
गुणैः कर्माणि सर्वशः
अहङ्कार विमूढात्मा
कर्ताहम्....
(भ गी ३।२७)

हामीहरू प्रकृतिको नियमले बाँधिएका छौं, तर जो मूर्ख छन्, विमुढात्मा, झुटो प्रतिष्ठाको प्रभावमा, त्यस्ता मानिसहरू आफु स्वातन्त्र छु भनेर सोच्दछन्। होइन | वास्तवमा त्यसो होइन। त्यसैले यो भ्रम हो | यो भ्रमलाई शुद्धिकरण गर्नुपर्दछ। जीवनको लक्ष्य यहि हो। तसर्थ श्रीचैतन्य महाप्रभुले सिफारिस गर्नुहुन्छ कि यदि तपाई हरे कृष्ण महामन्त्र जप्नुहुन्छ भने जप गर्दाको पहिलो फाइदा चेतो दर्पण मार्जनम् (चै च अन्त्य २०।१२ ) हुनेछ । किनकि भ्रम भनेको हृदयबाट आउने हो । यदि हाम्रो हृदय सफा छ भने चेतना सफा हुन्छ र गलत धारणा हुनेछैन।

त्यसैले चेतनालाई शुद्ध पार्नुपर्दछ। र हरे कृष्ण मन्त्रको जप गरेको यो पहिलो नतिजा हो। कीर्तनाद् एव कृष्णस्य मुक्त​-सङ्ग परं व्रजेत् (श्री भ १२।३।५१ ) | केवल कृष्णको पवित्र नाम जपेर, कृष्णस्य , हरे कृष्ण | हरे कृष्ण, हरे राम, उही कुरा हो | राम र कृष्ण नाममा केहि फरक छैन | रामादि मूर्तिषु कला नियमेन तिष्ठन् (ब्र स ५।३९) त्यसैले तपाईलाई आवश्यक छ |

वर्तमान परिस्थितिमा गलत धारणा व्याप्त छ, कि, "म यो भौतिक प्रकृतिको वस्तु हुँ" "म शरीर हुँ"। "म भारतीय हुँ," "म अमेरिकी हुँ," "म ब्राह्मण हुँ," :म क्षत्रीय हुँ", इत्यादी... धेरै किसिमका उपाधीहरू छन्। तर हामी ती कुनै होइनौं। यो हो सफाइ | चेतो दर्पण। जब हामीहरुले स्पष्ट बुझ्छौं कि " म भारतीय होइन, म अमेरिकी होइन, म ब्राह्मण होइन, म क्षत्रिय होइन" मतलब "म यो शरीर होइन"- तब चेतना अहं ब्रह्मास्मि हुनेछ | ब्रह्मभूत: प्रसन्नात्मा न शोचति न कांक्षति (भ गी १८।५४) | यो चाहिएको छ | यो जीवनको सफलता हो |