NE/Prabhupada 0064 - सिद्धि भनेको जीवनको पूर्णता

Revision as of 07:58, 29 November 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0064 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 6.1.15 -- Denver, June 28, 1975

केचित अर्थात् कुनै व्यक्ति। "अत्यन्तै दुर्लभ " "कुनै व्यक्ति " अर्थात् "अत्यन्त दुर्लभ " वासुदेव-परायन: बन्न सजिलो छैन। हिजो मैले बर्णन गरेको थिए को भगवान श्री कृष्ण भन्नु हुन्छ कि

यतताम् अपि सिध्धानाम् कश्चिद् वेति माम् तत्वतह मनुश्यानाम् सहस्रेशु कश्चिद यतति सिध्धये (भ गी ७।३ )

सिद्धि अर्थ हुन्छ जीवन को पूर्णता। सामान्यतया उनीहरु योगमर्ग को अस्ट सिद्धि को रुप मा लिन्छन् । अनिमा, लघिमा, महिमा, प्राप्ति, सिध्धि, ईशित्व, वशित्व, प्राकाम्य। त यिनीहरुलाई सिद्धि भनिन्छ , योग सिद्धि योग सिद्धि अर्थात् तपाई एकदम सानो भन्दा पनि सानो बन्न सक्नु हुन्छ हाम्रो आकार वास्तवमा निकै नै सानो छ। योग सिद्धिद्वारा , यो भौतिक शरीर भए तापनि , एउटा योगी सबैभन्दा सानो आकारमा आउन सक्छ , र तपाइले उसलाई जहासुकै बन्द गरेर राख्नुहोस् , उ बाहिर आउने छ। यसलाई अनिमा सिद्धि भानिन्छ। त्यसैगरि , महिमा-सिद्धि, लघिमा-सिद्धि हुन्छ। तपाई कपास पोछा भन्दा पनि हलुका हुन सक्नु हुन्छ। योगीहरू , उनीहरु निकै नै हलुका हुन्छन।

अझै भारतमा योगीहरू छन् । यद्द्यापी , हाम्रो बचपनमा हामीले केहि योगी देखेका थियौं , उनी हाम्रो पितालाई भेट्न आउने गर्थे । त उनले भने कि उनी कुनै पनि स्थानमा केही सेकंडमा पुग्न सक्छन । र कहिलेकाहि उनीहरु बिहानै जगन्नाथ पुग्थे , रामेश्वरम् , हरिद्वार पुग्थे , र गंगाजल र अन्य नदीमा स्नान गर्दथे। यसलाई लाघिमा सिद्धि भनिन्छ ।

तपाई निकै नै हलुका बन्नु हुन्छ। उनले भन्ने गर्थे कि "हामी हाम्रो गुरुसंगै बसिरहेका छौ र स्पर्श गरि रहेका छौ। हामी यहाँ बसिरहेका छौ , र केहि सेकेन्ड को अन्तरमा हामी अर्कै स्थानमा बस्छौं। यसलाई लाघिमा सिद्धि भनिन्छ। त योद सिद्धि विभिन्न प्रकार मा हुन्छन। सर्वसाधारण यी योग सिद्धि देखेर भ्रमित हुन्छन। तर श्री कृष्ण भन्नु हुन्छ यतताम् अपि सिध्धानाम् : (भ गी ७।३ ) "यी सिद्धहरु मध्ये , उनीहरु जसले योग सिद्धि प्राप्त गरेका छन् , यतताम् अपि सिध्धानाम् कश्चिद् वेति माम् तत्वतह (भ गी ७।३ ) " कुनै व्यक्तिले मलाई बुझ्न सक्लान् । "

त कुनै व्यक्तिले केहि योग सिद्धि प्राप्त गर्लान , तापनि भगवान श्री कृष्णलाई बुझ्न सम्भव छैन। यो सम्भव छैन। कृष्णलाई केवल ती व्यक्तिले बुझ्न सक्छन जसले आफ्नो सर्वस्व श्रीकृष्णको लागि समर्पित गरेका छन् । त्यसकारण श्रीकृष्ण चाहनुहुन्छ , माग्नुहुन्छ , सर्व-धर्मान् परित्यज्य माम् एकम् शरणम् (भ गी १८।६६ ) कृष्णलाई केवल उहाँका सुद्ध भक्तले बुझ्न सक्छन , अरु कसैले पनि सक्दैनन् ।